
काठमाडौंः चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–भारतको सीमा विवादमा चीन पर्न नचाहेको भन्दै दुई पक्षले समाधान गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनका राष्ट्रपति सीले यस्तो बताएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसमक्ष भारत–चीनबीच हालै लिपुलेक मार्ग हुँदै सीमा व्यापार सम्बन्धी भएको समझदारीको प्रसङ्ग उठाएका थिए। प्रधानमन्त्री ओलीले सो भूभाग नेपालको क्षेत्रभित्र पर्ने उल्लेख गर्दै यस विषयमा नेपाल सरकारले कडा आपत्ति जनाएको चीनका राष्ट्रपति सीसमक्ष बताएका थिए।
जवाफमा राष्ट्रपति सीले लिपुलेक मार्ग परम्परागत रुपमा प्रयोगमा हुँदै आएको नाका भएको बताए। तर नेपाल–भारतको सीमा विवादमा चीन कसैको पनि पक्षधर नहुने स्पष्ट पारेको सचिव राईले जानकारी दिए। राष्ट्रपति सीले लिपुलेकमाथि नेपालको दाबीमा कुनै कमी हुन नदिइने बताएका हुन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर