

गोविन्द्र राज तिमिल्सेना,बाजुराः गौमुल गाउँपालिका वडा नम्बर १ माडीकी मैना बोहराले आफ्नै घरमा राडीपाखी बुनिरहनु भएको छ।गाउँमै व्यवसायीक रुपमा आत्मनिर्भर बन्न उहाँले विगत देखि राडीपाखी बुन्दै आउँनु भएको छ ।राडीपाखी बेचेर राम्रो आम्दानी समेत हुने गरेको जसले घरखर्च चलाउन सहज हुने उहाँले बताउनुभयो ।
गौमुलमा हरेक महिलाहरु पेशा व्यवसायमा जोडिनु भएको छ। यहाँका उद्यमी महिला,बुढाबुढी मात्रै होइन् माडी लगायत गाउँपालिकाका सवै गाउँका अन्य स्थानीयले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादन गरिरहेका छन् । कृषि खेतीबाट राम्रोसँग हातमुख जोर्न नपुगेपछि यहाँका प्रत्येक नागरिक व्यवसायीक रुपमा पेशामा आबद्ध छन्।
गौमुलका स्थानीयको मुख्य पेशा भेडा पालन,जडीबुटी व्यवसाय हो।भेडाको ऊनबाट कम्बल, फेरुवा, पाखी, बुनेर उनीहरुले जीविकोपार्जन गरिरहेका छन् ।राडीपाखी व्यवसायमा गौमुलका महिलाहरुको आकर्षण बढ्दो छ ।
बुनिरहेका बोल्या,कम्बल पाखी स्थानीय बजार तथा गाउँ घरमा दुई हजार देखि पाँच हजारसम्म विक्री हुने गरेको मैना बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भेडाको ऊन,त्यस्तै अल्लो भागो निकालेर बुनाई गर्दा धेरै दुःख हुने गरे पनि व्यवसायीक रुपमा आत्मनिर्भर हुन पेशा राम्रो हुने गरेको छ ।”
गाउँपालिकाका अधिकांश परिवारको मुख्य पेसा,पशुपालन ९भेडा,बाख्रा० व्यवसाय गरिरहेका छन् ।भेडाबाख्रा बाट ऊन निकालेर उनीहरुले बोल्या,काम्ला लगायतका राडीपाखी बुन्ने गरेका छन्। गाउँपालिकाका बस्तीमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । भेडाको ऊनबाट स्थानीय पहिरन लिउ, फेरुवा, पाखो, कम्मल लगायत सामग्री उत्पादन हुने गरेको छ ।
एउटा बोल्या,कम्बल बनाउन न्युनतम १०र११ दिन जती लाग्ने गरेको कला रोकायाले बताईन् । उनले भनिन्, “ राडीपाखी व्यवसाय झन्झटिलो भए पनि व्यवसायीक रुपमा राम्रो छ । आफ्नो घरमा भेडा पाल्न,अल्लो,भागोको धागा निकाल्न सकिएको खण्डमा राडीपाखा व्यवसाय फस्टाउने देखिन्छ । ”
अहिले समय परिवर्तनको दौरानमा मानिसहरु पनि परिवर्तित हुदै विलासी जीवन जिउने हुँदा यस्ता परम्परागत सीप,प्रविधि,सामाग्रीहरु लोप हुँदै गईरहेको प्रती उहाँले दुस्ख व्यक्त गरिन्। प्रायस् मानिसहरु विदेशी चिजमा भर पर्ने हुँदा लत्ताकपडा पनि विदेशकै प्रयोग गर्नाले गाउँघरमा भेडाको ऊनबाट उत्पादित सामान प्रयोग नहुने गरेको उनको भनाइ छ।
पछिल्लो समय चरन क्षेत्रको अभावमा ग्रामीण भेगमा भेडा पाल्न छोडिएको छ । जसले गर्दा राडीपाखी व्यवसायसमेत संकटमा परेको छ । एक दशक अघी जिल्लाका ग्रामिण क्षेत्रमा प्रशस्त रुपमा भेडापालन गर्दै आए पनि पछिल्ला दिनहरुमा समय र चरन अभावका कारण व्यवसाय छोडिदै गएको छ
भेडाको मासु, ऊन, दूध र घ्यूबाट राम्रो आम्दानी गर्दै गर्न सकिन्छ । भेडाको दूध गाईभैंसीको भन्दा पोसिलो मानिन्छ । त्यसैगरी भेडाको घ्यू औषधिको रूपमा प्रयोग गरिने हुँदा ग्रामीण क्षेत्रमा यसको महत्व धेरै छ ।भेडाको उनबाट गुणस्तरीय राडीपाखी बनाउन सकिन्छ । पछिल्लो समय चरन क्षेत्रको अभावमा भेडापालक किसान भेडीगोठ रित्याउन बाध्य छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर