
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का दलबहादुर बोहरा दुई दशकदेखि पूर्वपश्चिम राजमार्गको बनहरा पुल मुनी बिताउदै एका छन्।

डडेल्धुराको आलितालमा पहिरोले घर खेत बगाएपछि विस्थापित भएका बोहरा विसं २०६२ देखि बनहरा पुलको ओत लागेर बस्न थालेका हुन्। “सम्पत्तिका नाममा केही छैन। गरिखान मजदुरी गर्न कहिले मिल्छ, कहिले मिल्दैन।” बोहराले दुःखेसो गर्दै भने, “यो पुल मुनि ओत लागेर बस्न थालेको २० वर्ष भयो।”
बोहरा मात्रै होइनन्, २८ परिवारले पुलमुनि जीवन बिताउँदै आएका छन्। यहाँ बसोबास गर्नेले पुल छेउमै पाल टाँगेर टहरा बनाएका छन्। बनहरा नदीमा आउने बाढीबाट बच्न अग्लो स्थानमा पाल टाँगेर अस्थायी रूपमा बस्ने ठाउँ बनाएको बोहराले बताए। “हिउँदमा जेनतेन दिन बित्छ। तर, वर्षादको समय निकै कष्टपूर्ण हुन्छ” उनले भने, “बाढी आउने डरले राजमार्गको अग्लो स्थानमा पाल टाँगेर बसेका छौँ।”
उनले मुलुकमा व्यवस्था परिवर्तन भए पनि सरकारले आफूहरूको सुरक्षित बासको व्यवस्था गर्न नसकेको गुनासो गरेका छन्। “वर्षादमा बाढीको डर, जङ्गली जनावरको र सर्पको डरैडरमा बस्नुपरेको छ, बालबच्चा जोगाउनै मुस्किल छ।” उनले भने, “गाउँगाउँमा सिंहदरबार आयो भन्छन् हामीले त्यो महसुस गरेका छैनौँ।” राजमार्ग छेउमै टहरा बनाएर बस्नुभएका लक्ष्मण विष्टको अवस्था उस्तै छ। “राजमार्गमा सङ्घीयदेखि स्थानीय तहका जिम्मेवार पदाधिकारी गाडीमा ओहरदोहर गरिरहन्छन् ।
हाम्रो पीडा कसैले बुझदैनन”, विष्टले भन, “वडा र नगरपालिकामा हामीलाई सुरक्षित बासको व्यवस्था गरिदेउ भन्छौँ कसैले सुन्दैनन्।” उनले सरकारले आफूहरूको सुरक्षित स्थानमा बस्ने व्यवस्थापन गरिदिए मजदुरी गरेर जीविकोपार्जन गर्ने बताए।प्राय ः मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका सुकुम्वासी पछिल्लो समय मजदुरी गर्न नपाएको गुनासो गर्छन्।
“म १७ वर्षको उमेरमा रोजगारीका लागि भारत गएको हुँ। त्यहाँ केही सीप नचलेर यहाँ आएँ”, सुकुम्वासी बस्तीका प्रेमबहादुर साउदले भने, “अहिले यहाँ मजदुरी गरौँ भने पनि पाइँदैन परिवारको साँझ बिहानको छाक टार्ने मुस्किल छ।” उहाँ १३ वर्ष भारतमा मजदुरी गरेर नेपाल फर्किए।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर