• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रकृतिको अनुपम उपहार “विरेखोला झरनामा” सरसफाई

एमाले बडीमालिका नगर कमिटीद्धारा विरेखोला झरनामा सरसफाई ।। तस्विर सौजन्यः राजेश पायल विक
खप्तड मालिका न्युज July 18, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,बाजुराः  प्रकृतिको अनुपम उपहार, घुमफिरको प्रमुख गन्तव्य “विरेखोला झरना” मा सरसफाई गरिएको छ । विहिवार एमाले बडीमालिका नगर कमिटीको आयोजनामा विरेखोलामा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।

बाजुराको बडीमालिका नगरपालिका ६ र ८ को सीमा क्षेत्रमा पर्ने यो झरनामा बर्षातको समयमा घुम्न आउँने पर्यटकको संख्यामा बृद्धि हुदै गएपछी झरना क्षेत्र वरपर फोहर बढेकोले सरसफाई गरिएको एमाले बडीमालिका नगर कमिटीले जनाएको छ । बर्षातको समयमा झरना अवलोकन गर्ने पर्यटकहरुलाई बाटोमा चारैतिर जंगल उम्रिएकोले हिड्न असहज भईरहेको अबस्थामा एमाले बडीमालिका नगर कमिटीले सरसफाई गरेको हो ।

दिनानुदिन आन्तरिक पर्यटकको घुँइचोले झरना आसपास क्षेत्रमा फोहर बढेको जनगुनासो पछी नगर कमिटीको टिम गएर सरसफाई गरेको एमाले बडीमालिका नगर कमिटी अध्यक्ष राजेश पायल विकले बताउँनुभयो । उनले भने,“सुन्दर प्रकृतिको काखैमा सजिएका आन्तरिक पर्यटकको चाङ लाग्ने विरेखोला झरनामा सरसफाई गरिएको छ। घुम्न आउँने पर्यटकलाई सहज वातावरणमा रमाउँन सकियोस् भन्ने उदेश्यका साथ नगर कमिटीको टिमले सरसफाई गरेको हो । ”

सरसफाई पश्चात यहाँ घुम्ने आउँने आन्तरिक तथा बाह्य पर्यटकको लागी सहज हुने विकले बताएका छन् । साथै यस्ता सम्भावना बोकेका ठाउँहरुमा पर्यटकको घुँइचोले फोहर बढ्ने हुँदा सरसफाई जस्ता कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताए । सरसफाई कार्यक्रमले विरेखोलाको पर्यटन,पर्बद्धन तथा प्रचार प्रसारमा टेवा पुग्ने विश्वास समेत लगिएको विकको भनाई छ ।

बिरेखोला झरना बर्षातको समयमा आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र मध्ये एक हो । विविधता र सौन्दर्यताले युक्त प्राकृतिक सम्पदाहरुको मिश्रणले बिरेखोला सिंगारिएको छ। अग्लो छाँगाबाट पछारीएर भुईमा लडिबुडी खेलिरहेको त्यो झरनाको सुन्दर दृश्यले त्यहाँ घुम्न जाने पर्यटकको मन निकै लोभ्याउँने गरेको नगर कमिटी अध्यक्ष विकको भनाई छ । सरसफाई कार्यक्रममा सिंगो एमाले नगर कमिटीको टिम लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समय विरेखोला आन्तरिक तथा बाह्य पर्यटकको घुमफिरको प्रमुख गन्तब्य बनेको छ । बर्खाको समयमा निरन्तर रुपमा बगिरहेको बिरेखोला झरनामा हरेक दिन दर्जनौँ आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न जाने गरेका छन् । पर्यटकहरु बिरेखोलाको प्राकृतिक सुन्दरता,झरनाबाट खस्ने पानी संग लडिबुडी खेल्न र दुःख भुलेर सुन्तुष्ट भएर फर्किन्छन् ।झरनाको चिसो पानीमा रमाइलो गर्न छिमेकी जिल्ला अछाम, डोटी ,डडेलधुरा लगायतका शुदुरपश्चिमका जिल्लाहरुबाट समेत पर्यटक आउने गर्छन् ।स्थानीय लोकसंस्कृति संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विरेखोलामा हिजो लाइफ देउडा समेत गरिएको थियो ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑