
खप्तड मालिका न्युज,बाजुराः आवतवाजतको सहजताका लागी ठुलीसाँघुमा काठेपुल निमार्ण गरिएको छ । ठुलीसाँघुको पुल भत्काएर नयाँ निर्माणको जिम्मा लिएको ठेकेदार फरार भएपछि आवत जावत ठप्प बनेको अबस्थामा पुल निमार्ण नहुँदासम्म सहजताको लागी बडीमालिका नगरपालिका द्धारा काठेपुल निमार्ण गरिएको हो ।

बर्षातको समयमा बाउली खोलामा पानीको बहाफ उच्च रहने हुँदा दैनिक आवतजावत गर्ने मानिसहरुलाई समस्या हुँदै आईरहेको थियो। काठेपुल निमार्ण पछि दैनिक मानिसको आवतजावतमा सहज हुने बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए ।उनले भने,“ पुल निमार्णको लागी पुरानो पुल भत्काएर ठेकेदार फरार भएको थियो । पुरानो पुल भत्काए पछी स्थानीयलाई वारपार गर्न सकस हुदै आएको अबस्थामा नगरपालिका द्धारा काठेपुल निमार्ण गरिएको हो । ”
स्थानीयलाई आउजाउ गर्न मुस्कील हुनुका साथै गौमुल गाउँपालिकाका नागरिक सिंगो सदरमुकामसँग टाढा हुने अवस्था आएपछि नगरपालिकाले आफ्नै पहलमा काठेसाँघु निर्माण गरिएको खड्काले बताउनुभयो ।पक्की पुल नबन्दा सम्मको लागी काठेसाँघु निर्माण गरिएको जसले गर्दा स्थानीयलाई आउजाउमा सहज हुने विश्वास लगिएको खड्काले बताएका छन् ।
गौमुल गाउँपालिकाको सिंगो पालिका, बडीमालिकाकै वडा नम्बर १, २ र ३,खप्तड छेडेदह गाउँपालिकाका केही वडा त्यस्तै बडीमालिका नगरपालिका ९ को उखाडी, चौराटा टोलका स्थानीयको आवत जावत गर्ने प्रमुख बाटो ठुलीसाँघु हो । पुल नहुँदा स्थानीयलाई समस्या भईरहेको अबस्थामा बडीमालिकाले पुल निमार्ण पश्चात सहजता मिल्ने स्थानीयको भनाई छ । नगरपालिकाले हप्तादिन लगाएर काठेसाँघु निमार्ण गरेको नगर प्रवक्ता धर्मराज पाध्यायले बताए ।
ठुलीसाँघुमा मोटरेवल पक्की पुल निर्माणका लागि महाकाली पुल योजना महेन्द्रनगरले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ फागुन १० गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८१ फागुन ९ गते निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । तर तीन वर्ष वितिसक्दा पनि काम अलपत्र अबस्थामा छ । पुल १६ करोड २१ लाखमा सम्झौता गरिएको थियो ।ठुलीसाँघु र बाउली खोलामा पुल निमार्ण सम्पन्न नहुँदा बर्षेनी स्थानीय र यातायातका साधनहरुले सास्ती खेप्दै आईरहेका छन् ।
बडीमालिका नगरपालिकाका नगर प्रमुखज्यूको निरन्तर प्रयासपछि ठेकेदारले अलपत्र पारेको ठुलीसाँघु पुल निर्माण कार्य हालका लागि मोटरसाइकल आवतजावत गर्न मिल्ने गरी अस्थायी काठेसाँघु पुल निर्माण कार्य सम्पन्न गरिएको हो । ठुलीसाँघु पुलको सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भए पनि पक्की पुल निर्माणको लागी नगर प्रमुख खड्का निरन्तर प्रयासमा लागी रहनु भएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर