
धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको छ।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वन मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री शाहले बिहिवार उनलाई पद मुक्त गरेका बताइएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले वन मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको बताएको छ। वन मन्त्रीको पदबाट चौधरीलाई हटाएर उनले मन्त्रालयको जिम्मेवारी आफू मातहतमा राखेका हुन्। अनुदानमा पावर टिलर वितरणमा आर्थिक अनियमितता गरेको र किसानलाई ठगेको गुनासो आएपछि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन भनेका थिए। तर, वन मन्त्री चौधरीले अटेरी गरेपछि मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर