
खप्तड मालिका न्युज,बाजुरा: सदरमुकाम मार्तडी बजारमा सिसी क्यामरा जडान गरिएका छन्।बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न बडीमालिका नगरपालिका द्वारा सिसी क्यामरा जडान गरिएको हाे।

नगरपालिकाकाे नीति कार्यक्रम अनुरुप बजार क्षेत्र भित्र हुने चोरी डकैती जस्ता कार्यलाई नियमन गर्ने उदेश्यका साथ सिसि क्यामरा जडान गरिएकाे बताईएकाे छ।२०७९ को स्थानीय तहको निर्वाचनपछि खड्का नेतृत्वको सरकारले ल्याएको पहिलो निती तथा कार्यक्रम ३ वर्षपछि लागू भएको छ।
सिसि क्यामरा जडान पछि बजार क्षेत्रकाे शान्ति सुरक्षा तथा चाेरी डकैती जस्ता कार्यकाे नियमन गर्न सहज हुने नगर प्रवक्ता धर्मराज पाध्यायले बताए ।बजारकाे लाेकतान्त्रिक चाेक,डिभिजन वन कार्यालय,डिआर मस्ट लगायत जाेखिम क्षेत्रमा १३ वटा सिसि क्यामरा जडान गरिएको पाध्यायले बताएका छन्।
अहिले केही स्थानमा जडान कार्य भए पनि अर्काे आर्थिक बर्षमा अन्य स्थानमा जडानकाे कार्य थप गरिने नगरपालिकाले जनाएको छ।बजारमा शान्ति अमनचयन,अन्य नकारात्मक घटनाकाे न्युनिकरण गर्न सिसि क्यामराले ठुलाे सहयाेग गर्ने भएको छ ।



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर