
खप्तड मालिका न्युज,बाजुराः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बडीमालिका नगरपालिकाबाट सहभागी ९ विद्यालय मध्ये ३ विद्यालय निलमा परेका छन् । निल हुनेमा सदरमुकाम नजिकै बडीमालिका नगरपालिका वडा नम्बर ७ रजातोलीमा रहेको ज्ञानोदय माध्यामिक विद्यालय,जिल्लीमा रहेको लक्ष्मी माध्यामिक विद्यालय त्यस्तै बडीमालिका नगरपालिका ६ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय रहेका छन् ।ति विद्यालयबाट सहभागी कुनै पनि विद्यार्थी उत्तिर्ण हुन सकेनन् ।

ज्ञानोदय मावि रजातोलीबाट परिक्षामा सहभागी ११ जना नै अनुउत्तिर्ण भएका छन् । त्यस्तै लक्ष्मी माध्यामिक विद्यालयबाट सहभागी १० जना विद्यार्थी पनि अनुउत्तिण भए भने यता नेरा माविबाट सहभागी १६ जना नै अनुउत्तिर्ण भएका छन् । नतिजा हेर्दा सबैभन्दा उत्कृष्ट क्रियटर जोन ऐकेडेमी देखिएको छ । उक्त विद्यालयबाट सहभागी सत प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । क्रियटर जोन ऐकेडेमीबाट १२ जना विद्यार्थी परिक्षामा सहभागी थिए । त्यस्तै मालिका नमुना माध्यामिक विद्यालयको नतिजा पनि सन्तोषजनक देखिएको छ । बिद्यालयबाट सहभागी १७४ जना मध्ये १५२ जना उत्तिर्ण भएका छन् भने २२ जना ननग्रेडेडमा परेका छन् ।
त्यस्तै जाल्पादेवी मावि खेतिपातल पिनालेखबाट ११ जना उत्तिर्ण भएका छन् भने ६ जना ननग्रेडेडमा परेका छन ।सत्यबादी मावि भौनेराबाट सहभागी ११ जना मध्ये ६ जना उत्तिर्ण भएका छन् भने ५ जना ननग्रेडेडमा परेका छन् । चोयाकोट मावि रजालीबाट सहभागी ९ जना मध्ये २ जना उत्तिर्ण भएका छन् भने ७ जना ननग्रेडेडमा परेका हुन् । कैलाशेश्वरी माविबाट सहभागी ४ विद्यार्थी मध्ये ३ जना उत्तिर्ण भएका छन् भने १ जना ननग्रेडेडमा परेका छन् । समग्रमा करिब ७०.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् ।
सदरमुकाम नजिकैका विद्यालयको नतिजा भने निकै चिन्ताजनक देखिएको छ । तिन विद्यालय निलमा परिरहँदा यतिवेला सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी भईरहेको छ ।निल परेका बिद्यालयमा शैक्षिक स्तर निकै कमजोर रहेको ठहर गरिएको छ । पहिले बर्ष बडीमालिका ७ का दुई विद्यालय निलबाट जोगिएका थिए तर अहिले भने निलमा चित्त बुझाएका छन् ।
बडीमालिकाकै तिन विद्यालय यसरी शानदार तरिकाले शुन्यमा देखिदा प्रश्न उठ्न थालेको छ । एउटै पालिका भित्र क्रियटरले सत प्रतिशत त्यस्तै मालिका नमुनाले ८७.३६ प्रतिशत नतिजा ल्याउँदा ज्ञानोदय,लक्ष्मी र नेरा मावि शुन्य नतिजा ल्याउन सफल भएका छन् ।अधिकारको लागी आन्दोलन गर्ने शिक्षक,नेता गाली गर्ने अभिभावक,र शैक्षिक मुद्धालाई सबै भनेर सर्वोपरि ठान्ने गफ हाक्ने सम्बन्धित वडाका जनप्रतिनिधि,समग्र पालिका यतिवेला लज्जास्पद हुनु परेको छ ।
जिल्लाभरको (एसईइको) नतिजा हेर्दा ५१.७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाभरका सामुदायिक र संस्थागत गरी ७० विद्यालयबाट सहभागी मध्ये एक हजार १ सय ९९ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । एसईई परीक्षामा साधारण धारतर्फ एक हजार एक सय ११ र प्राविधिक धारतर्फबाट ८८ जना विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ ।
साधारणबाट एक हजार एक सय ५ र प्राविधिकबाट १४ गरी एक हजार एक सय १९ जना नन ग्रेडमा परेका छन् । एसईई परीक्षामा सहभागी ग्रेडवृद्धितर्फका ६ सय १ जना मध्ये ३ सय ७० जना उत्तीर्ण भएका छन् ।२०८० सालको एसईई परीक्षाको नतिजा भन्दा २०८१ सालको एसईई परीक्षामा सुधार आएको शिक्षा विकास तथा समन्वय एकाई बाजुराले जनाएको छ ।२०८१ सालको एसईईमा दुइ हजार २१६ जना सहभागि भएका मध्ये एक हजार १९९ जना उत्तिर्ण भएका छन् । २०८० सालमा २ हजार ८३४ जना एसईईमा सहभागि भएका थिए । ती मध्ये एक हजार ५ जना मात्र उत्तिर्ण भएका थिए ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर