
गणेश राज तिमिल्सेना,असार १३,बाजुराः बडीमालिका नगरपालिकामा सञ्चालित पत्रकार क्षमता अभिबृद्वि “डिजिटल मिडिया तथा मोबाईल जर्नालिजम”तालिम प्रभावकारी बनेको छ । तालिमबाट जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत करिब ३० जना बढि पत्रकार लाभान्वित भएका छन् ।

गत बुधबारबाट सञ्चालन भएको पत्रकार क्षमता अभिबृद्वि तालिम “डिजिटल मिडिया तथा मोबाईल जर्नालिजम”मोजोको शुक्रबार एक औंपचारीक कार्यक्रमका विच समापन गरिएको हो।तालिम प्रभावकारी बनेको अपेक्षा गरिएको छ । सहभागीहरुले सक्रिय रुपमा दिएको जिम्मेवारी छोटो समयमै गर्न सकेको कारण तालिम प्रभावकारी बनेको अपेक्षा लगिएको हो ।
बडीमालिका नगरपालिकाको आर्थिक सहयोग तथा पत्रकार महासंघ बाजुराको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।डिजिटल मिडियाको प्रयोगले सार्वजनिक जीवनमा पारिरहेको प्रभाव र हात–हातमा हुने मोबाइललाई ‘मोबाइल पत्रकारिता’ मा कसरी सदुपयोग गर्न सकिन्छ त्यसबारे जानकारी गराउँन तालिमको आयोजना गरिएको थियो।
तालिममा मोबाइल डिभाइसलाई फोटो तथा भिडियो लिने र त्यसलाई अनलाइन तथा टेलिभिजन पत्रकारितामा कसरी उपयोग गर्ने लगायत अहिलेको डिजिटल मिडियाले पारेको प्रभाव साथै भिडियो सम्पादन,सामाजिक सञ्जाल,समाचारको रुपरेखा,कथा लेखन,अडियो सम्पादन,भिडियो सम्पादन,भिज्युअल स्टोरी टेलिङ लगायत बिषयमा प्रशिक्षण गराईएको थियो।तालिमको प्रशिक्षण भीषण राईले गरेका थिए ।
वर्तमानमा अवस्थामा डिजिटल मिडियाको अभ्यासलाई बहु-दृष्टिकोणात्मक ढङ्गले निर्देशित गर्न र आम पत्रकारलाई डिजिटल माध्यम मार्फत पत्रकारीताको क्षेत्रमा कलम चलाउन सहज होस् भन्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम सिंहले बताए ।
उनले भने,“अहिलेको प्रविधिमैत्री युगमा डिजिटल मिडियाको महत्व, त्यसले पारेको प्रभाव, मोवाईलबाटै कसरी पत्रकारीता क्षेत्रमा कार्य गर्न सकिन्छ लगायत विषयमा क्षमता विकास गर्न तालिमको आयोजना गरिएको हो।”
मोवाइल पत्रकारीतासँगै मोवाइलबाटै अनलाइन सञ्चार माध्यममा समाचार प्रकाशित तथा लेखन तरिका,समाचार सम्पादन,फोटो भिडियो इडिटिङ,सम्पादन,अडियो रेकर्डिङ जस्ता विषयमा पत्रकारहरुको क्षमता विकास होस् भन्ने उदेश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
डिजिटल मिडियाबाटै पत्रकारकारिता क्षेत्रबाट ठुलो भुमिका निर्वाह गर्न सकिने हुँदा वर्तमान समयमा यसको महत्त्वपूर्ण भुमिका रहेको कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए ।साथै उनले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न समेत आग्रह गरे।पत्रकारीतालाई सत्य,तथ्य र निश्पक्ष बनाउन आवश्यक रहेको कुरामा उनले जोड दिए।
“डिजिटल मिडिया तथा मोबाईल जर्नालिजम”सम्बन्धी तालिमले पत्रकारीता गर्न ठुलो सहयोग पुर्याउने कार्यक्रममा सहभागी पत्रकारले बताएका थिए । ।साथै तालिममा सिकेका ज्ञान,सीप आफ्नो दैनिक व्यवहारमा लागू गरिने समेत उनीहरुले प्रतिबद्दता समेत व्यक्त गरे ।तालिमबाट सिकेका कुरा दैनिक व्यवहारमा लागू गरि पत्रकारीतालाई थप सशक्त बनाउँने सहभागी पत्रकारहरुको भनाई थियो ।
पत्रकार महासङ्घ बाजुराका अध्यक्ष पदम बहादुर सिहको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहनु भएको थियो।त्यस्तै कार्यक्रममा बडीमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी विशिष्ट अतिथि रहनु भएको थियो।
कार्यक्रम प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण वली,तालिम प्रशिक्षक भिषण राई,प्रेस युनियन बाजुराकी अध्यक्ष सङ्गीता तिमिल्सेना,प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय,समाजवादी प्रेस सङ्गठन बाजुराका अध्यक्ष उमेश शाही,प्रेस सेन्टर बाजुराका अध्यक्ष राजेन्द्र विक लगायत अतिथि रहेका थिए ।
तालिममा सहभागी सम्पुर्णलाई प्रमाण पत्र प्रदान गरिएको थियो। साथै रिपोर्टमा उत्कृष्ट हुने रेडियो बुढिनन्दाकी सर्मीला कुमारी रोकाया र बडीमालिका खवरका समाचारदाता टेक बहादुर बुढालाई डाईरी उपहार स्वरुप सम्मान गरिएको थियो।कार्यक्रममा जिल्ला स्थिति विभिन्न सञ्चार माध्यममा कार्यरत ३० जना बढी पत्रकारको सहभागीता थियो। कार्यक्रमको सञ्चालन पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेले गरेका थिए ।
वर्तमान समयमा प्रत्येक नागरिकमा मोवाइलको पहुँच पुगेसँगै पत्रकारिताको ट्रेन परिवर्तन भएको देखिन्छ । अहिले श्रब्य वा पठनीय सामग्री मात्र नभई श्रब्यदृश्य सामग्रीतर्फ पाठकको रुची बढी देखिएको पाइन्छ । डिजिटल मिडियाले अहिले संसार साघुँरो बन्दै गएको छ ।
फोटोफिचर….






खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर