• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

छाउपडी प्रथा सुधाराेन्मुख,बाँकी रहेका छाउगाेठ तत्काल हटाउन आग्रह

खप्तड मालिका न्युज June 26, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,असार १२,बाजुरा: समाजमा जराे गाड्दै बसेकाे सामाजिक प्रथा छाउपडीकाे अन्त्य गर्न छाउगाेठकाे अनुगमन गरिएको छ ।विहिवार बडीमालिका नगरपालिका वडा.नम्बर ७ मा छाउगाेठकाे अनुगमन गरिएको हाे ।

अनुगमनका क्रममा छाउपडी प्रथा सुधाराेन्मुख अवस्थामा रहेकाे पाईएकाे हाे । बाँकी छाउगाेठ तत्काल हटाउन आग्रह समेत गरिएको छ। वडाकाे गाेपीसेरा, रजाताेली,माउलेख सुन्काना पाेखरा लगायत ठाउँमा छाउगाेठकाे अवस्था बारे अनुगमन गरिएको हाे।बडीमालिका नगरपालिकाले बाँकी रहेका वडालाई छाउपडी गोठमुक्त गर्ने अभियान सञ्चालन गरे संगै अनुगमनकाे कार्यलाई तिब्रता दिईदै आएकाे छ ।

याे भन्दा अघि उपप्रमुख नन्दा थापाको टोलीले गरेको अनुगमनका क्रममा बडीमालिमा ७ मा अन्य वडाको भन्दा बढी छाउगोठ रहेको पाइएको थियाे । समाजमा जरो गाडेर बसिरहेको छाउपछी प्रथालाई अन्य गर्न जिल्लाका बिभिन्न पालिकाले अभियान सञ्चालन गरे पनि सदरमुकाम नजिकै रहेको बडीमालिका ७ मा भने छाउपडी प्रथा केही मात्रामा कायमै रहेको छ ।

समाजमा कुरितिका रुपमा रहेको छाउपडि प्रथालाई अन्त्य गर्नका लागि नगरपालिकाले छाउपडी गोठमुक्त वडा घोषणा गर्न बाँकी रहेका सेवा क्षेत्र भित्रका वडाहरुलाई छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी गरेकाे हाे ।वडीमालिका ७ मा पहिलाे भन्दा अहिले छाउगाेठकाे संख्यामा भने कमी आएकाे छ ।अनुगमनमा तुलनात्मक रुपमा केही ठाउँमा छाउगाेठ भेटिए पनि क्रमिक रुपमा सुधाराेन्मुख अवस्था रहेकाे पाईएकाे हाे।

छाउपडी प्रथा अन्त्य गर्न स्थानीय सरकार र सरोकारवाला निकायहरूको संयुक्त टोलीले बिहीबार विभिन्न स्थानमा अनुगमन गरी बाँकी रहेका गोठहरू तत्काल हटाउन सम्बन्धित परिवारलाई निर्देशन दिईएकाे बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

उनले भने,“पहिले भन्दा अहिले धेरै सुधार भएको छ। बाँकी रहेका गोठहरू तत्काल हटाउन हामीले आग्रह गरेका छाै ”।छाउपडी प्रथाले समाजमा नराम्रो असर पार्दै गएकाेले यसलाई निर्मुल गर्न अभियान नै थालनी गरिएको पाध्यायले बताउनुभयो ।गाेपीसेरा बाहेक अन्य ठाउँमा छाउगाेठकाे अवस्था सुधाराेन्मुख रहेकाे उहाँले बताउनुभयो ।

पटक पटक घरभित्रै सुरक्षित रुपमा बस्न आग्रह गरिरहेका छाै,कतिपयले सुधार गरिसकेका छन् कतिपय अझै महिलाहरु महिनावारी भएको बेला छाउगाेठमा बसिरहेका छन्।अब भने अनुसार,नगरेकाे खण्डमा कारबाही प्रक्रिया अगाडि बढाईने समेत अध्यक्ष पाध्याले बताए ।समाज बदल्न र समाजलाई सकारात्मक बाटाेमा डाेर्याउन सबैले जिम्मेवार बन्नुपर्ने कुरामा पाध्याले जाेड दिए ।

घरभित्र बस्दा देविदेवता रिसाउने डरले महिनाबारी भएको बेला प्रायः महिलाहरु छाउगाेठमै बस्ने गरेकाे स्थानीय शुभराज पाध्याले बताए ।उनले भने,“अझै पनि महिनावारी भएका कतिपय महिलाहरु छाउगोठमै बस्ने गरेका छन्,तर पहिलोकाे भन्दा अहिले धेरै सुधार आएकाे छ  ”।वडा सरकारले पटक पटक सुझाव सल्लाह दिईरहदा छाउपडी प्रथा सुधार हुँदै गएकाे उनकाे भनाइ छ।

घर भित्र बसाल्दा देवीदेउता रिसाउने जसले गर्दा घरमा अनिष्ट हुने,गाईबस्तुको गोरस दिदा गाईबस्तु बिरामी हुने ब्याउन नसक्ने यावत् अन्धविश्वासले यहाँका महिलाहरुलाई महिनावारी भएका बेला छुट्टै बसाल्ने गरिएको तिमिल्सेनाले बताए।अन्य वडाकाे भन्दा यहाँ छाउपडी प्रथा धेरै छ,यसबारे यहाँका धामीझाँक्री,अन्य स्थानीय र सराेकारवाला निकायले ध्यान दिन जरुरी रहेकाे उनले बताए ।

महिनावारी भएको वेला घरभित्रै बस्दा देवी देउता रिसाउने,अनिष्ट हुने जस्ता अन्धबिश्वासलाई चिर्दै गाउँलाई छाउपडी गोठमुक्त बनाउन सबैले हातेमालो गरेर अगाडी बढेको खण्डमा छाउपडी प्रथालाई निर्मुल गर्न सकिने सराेकारवाला निकायकाे भनाइ छ ।

अनुगमनमा बडीमालिका नगरपालिका ७ का वडाध्यक्ष धर्मराज पाध्याय, बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखा सहायक महिला निरीक्षक बिन्दु बडाल र शोभा शाही, वडा सदस्य डवल विक, लोकेन्द्र रोकाया, वडा सचिव सरिता ठगुन्ना प्रहरी र पत्रकारको सयुक्त टोलीले अनुगमन गरेकाे हाे।

बडीमालिकाले पालिका भित्र रहेका ६ वटा वडालाई यस अघि नै छाउपडी गोठमुक्त वडा घोषणा गरिसकेको छ । बाँकी रहेका १, ७ र ८ नम्वर वडालाई यस आर्थिक बर्षभित्र छाउपडी गोठमुक्त वडा घोषणा गर्न नगरपालिकाले गृहकार्य थालेको छ । यो आर्थिक वर्ष भित्र बाँकी रहेका वडालाई पनि छाउगोठ मुक्त बनाउन नगरपालिकाले तिव्र तयारी थालेको नगर उप-प्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

महिनावारी भएका बेला बस्नका लागि बनाइएका छाउगोठहरुलाई तत्काल भत्काएर घरभित्रै सुरक्षित तरिकाले बस्न र बसाउनका लागि घरपरिवारलाई सुझाव दिदै आएकाे थापाले बताईन् । उनले भनिन्,“बडीमालिका ७ मा यसकाे प्रभाव बढि छ । तर पहिलेकाे तुलनामा अहिले केहि कमी आएकाे हामी भेटाएका छाै। ”

समाजमा व्याप्त कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागी नगरपालिकाले प्रत्येक वडामा अनुगमन गरिरहेको थापाले बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑