• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुराका ९ वटै स्थानीय तहको बजेटः सबैभन्दा बढी बुढीगंगा,सबैभन्दा कम जगन्नाथ

खप्तड मालिका न्युज June 26, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुराः बाजुराका ९ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन्।आगामी आर्थिक बर्ष २०८२-८३ का लागि ९ बटै स्थानीय तहले बजेट ल्याएका हुन्।

४ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढि बुढीगंगा नगरपालिकाले बजेट ल्याएको छ । उक्त नगरपालिकाले ५३ करोड ९० लाख ८३ हजार ५९३ रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।१२ औं नगर अधिवेशनमा प्रस्तुत गरिएको उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको नगर उप-प्रमुख माया खड्का कुँवरले  बताएकी छन्।

त्यस्तै सबैभन्दा कम जगन्नाथ गाउँपालिकाले ३१ करोड ७२ लाख २४ हजार ६ सय ३२ रुपैयाको बजेट ल्याएको हो। दोस्रो गाउँ सभाको १६ औं अधिवेशनबाट उक्त बजेट पारित भएको उपाध्यक्ष मरुकला बिष्टले बताएकी छन्। त्यस्तै क्रमशः नगरपालिका तर्फ बडीमालिकाले नगरपालिकाले ५१ करोड ८२ लाख १८ हजार ३ सयको बजेट ल्याएको छ । चौथो नगर सभाको १७ औं अधिवेनमा उप-प्रमुख नन्दा कुमारी थापाले प्रस्तुत गर्नु भएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

त्रिवेणी नगरपालिकाले ४८ करोड ४६ लाख ८१ हजारको बजेट ल्याएको हो । नगरको १७ औं अधिशवेशनमा उप-प्रमुख कमला जोशी न्यौपानेले प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो। बुढीनन्दा नगरपालिकाले ४८ करोड १ लाखको बजेट ल्याएको हो । दोस्रो नगर सभाको ११ औं अधिवेशन बाट उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको उप-प्रमुख राम बहादुर बोहराले बताए ।

त्यस्तै गाउँपालिका तर्फ क्रमशः खप्तड छेडेदह गाउँपालिकाले ५० करोड ८ लाख ८६ हजार बजेट ल्याएको हो । १७ औं अधिवेशन बाट उक्त बजेट सर्वसम्मत रुपले पारित भएको उपाध्यक्ष विशु देवी नाथले बताएकी छन्। त्यसै गरी गौमुल गाउँपलिकाले ३९ करोड ५८ लाख ६२ हजारको बजेट ल्याएको हो। दोस्रो गाउँसभाको ७ औं अधिवेशनमा पेश गरेको उक्त बजेट सर्वसम्मतले पारित भएको उपाध्यक्ष सीता थापाले बताएकी छन्।

हिमाली गाउँपालिकाले ३९ करोड २७ लाख २७ हजारको बजेट ल्याएको हो। दोस्रो गाउँसभाको ७ औं अधिवेशन बाट उक्त बजेट पारित गरिएको उपाध्यक्ष राजकला सार्कीले बताएकी छन्।त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिकाले ३८ करोड ३ लाख ७६ हजार ६६१ रुपैयाँको बजेट ल्याएको हो। १६ औं अधिवेशनमा उपाध्यक्ष सुलोचना कुमारी भण्डारी बुढाले पेश गरेको उक्त बजेट सर्वसम्मत पारित भएको हो।

असार १० गते भित्र स्थानीय तहले आफ्नो बजेट प्रस्तुत गरिसक्ने प्रावधानका आधारमा बाजुरामा सबै स्थानीय तहले समयमै बजेट पारित गरेका हुन्। यहाँका स्थानीय तहले बढिजसो शिक्षा,स्वास्थ,कृषि र पुर्वाधारलाई पहिलो प्राथामिकतामा राख्दै बजेट ल्याएका छन्।

यहाँका स्थानीय तहले नागरिकहरुको आवश्यकताका आधारमा बजेट ल्याएका छन् । सबै स्थानीय तहले विशेष गरी शिक्षा,स्वास्थ,कृषि र पुर्वाधारलाई मुख्य प्राथामिकतामा राख्दै बजेट ल्याईएको बडीमालिका नगरपालिकाकी उप-प्रमुख नन्दा कुमारी थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सबै स्थानीय तहले स्वास्थ्य,शिक्षा,कृषि, सडक खानेपानी तथा पुर्वाधारलाई जोड दिने गरि बजेट ल्याएका छन्। बडीमालिका नगरपालिकाले पनि शिक्षा,स्वास्थ्य र पुर्वाधारलाई विशेष जोड दिदै बजेट ल्याएको हो।”

बडिमालिका नगरपालिकाले ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्षको लागी जनताको आवश्यकता आधारमा बजेट सार्वजनिक थापाले बताउँनुभयो ।

मानिसको मार्गदर्शक शिक्षा नै भएकोले बडीमालिकाले शिक्षा क्षेत्रमा बढि भन्दा बढि जोड दिएर बजेट सार्वजनिक गरेको समेत उहाँले बताउनुभयो । साथै गाउँमै केही उत्पादन गरेर यहाँको उत्पादित बस्तु बजारिकिकरण गरि आर्थिक क्षेत्र बलियो बनाउने वातावरण सिर्जना गर्ने गरि कृषि क्षेत्रलाई पनि मुख्य प्राथामिकतामा राखेर बजेट ल्याईएको उप-प्रमुख थापाले बताउनुभयो ।

स्वास्थ क्षेत्रका हिसाबमा नगरले “मनका कुरा”मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरि नगरबासीको स्वास्थ्य अवस्था बुझ्न उक्त अभियान सञ्चालन गर्ने नीति समेत लिएको बताएकी छन्।वडामा मानिसिक स्वास्थ साथी परिचालन,विद्यालय स्वास्थ परिक्षण,हरेक ३ महिनामा विद्यार्थीको स्वास्थ चेकजाँच,आयुर्वेद स्वास्थ सेवा,टोल स्वास्थ सेवा,मुटुरोग,आँखा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने नीति अपनाईएको नगर उप-प्रमुख थापाले बताएकी छन्।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑