
एजेन्सीः फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा आइतबार बिहान एक विवाह समारोहमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेहुलीसहित दुई जनाको मृत्यु भएको छ।

आक्रमणबाट अन्य तीन जना घाइते भएको अनुसन्धानमा संलग्न एक स्रोतले जनाएको छ। स्थानीय समयअनुसार बिहान ४ः३० बजेको समयमा गौल्ट गाउँमा आक्रमण भएको थियो। प्रारम्भिक जानकारीअनुसार दुलहा र दुलही पार्टीबाट निस्कँदै गर्दा नकाबपोश आक्रमणकारीले गोली चलाएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ।
आक्रमणकारीमध्ये एकको दुलाहा र दुलही बोक्ने गाडी सुरक्षाका लागि भाग्दै गर्दा त्यसले दिएकोे ठक्करबाट मृत्यु भएको र दुलहीको आक्रमणकारीको गोली लागी मृत्यु भएको थियो।
स्रोतका अनुसार गोली काण्डमा संलग्नको खोजीका लागि करिब १०० जना प्रहरी परिचालन गरिएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर