• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

त्रिवेणीमा स्वास्थ्य ऐन बनाउने जनप्रतिनिधीको प्रतिवद्धता

खप्तड मालिका न्युज June 20, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिकाले स्वास्थ्य ऐन ल्याउन गरी यो वर्षको आर्थिक वर्षको निती तथा कार्यक्रम र बजेट ल्याउने भएको छ ।
बिहीबार नगरपालिकामा गरिएको यौन तथा प्रजनन स्वास्थ्य अधिकार विषयक संवाद कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधीहरुले स्वास्थ्य ऐन ल्याउनका लागि यो आर्थिक वर्ष ०८२ / ०८३ को नीति तथा कार्यक्रममा समावेश गरी बजेटको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाएका छन् ।

नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा,उप प्रमुख कमला जैशी(न्यौपाने) सहितका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राख्दै स्वास्थ्य निती ऐन बनाउने बताएका छन् ।पीसविन नेपालद्धारा संचालित आभा परियोजानले नगरपालिकामा गरेको जनप्रतिनिधी र शाखाका प्रमुख र प्रशासकीय अधिकृत सहितको संवादमा संघ र प्रदेश ऐन नबाझिने गरी नगर स्वास्थ्य ऐन ल्याउन नितीगत रुपमा अघि बढ्ने बताएका छन् ।

नगर प्रमुख कर्णबहादुर थापाले नगरपालिकाको पहिलो प्राथमिकता नै स्वास्थ्य र शिक्षा भएकाले यसका लागि निती तथा कार्यक्रम बनाई बजेट समेत व्यवस्था गर्ने बताएका छन् ।उनले स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्यमा सहज रुपमा नागरिकलाई सेवा प्रदान गर्ने गरी स्वास्थ्य ऐन बनाउने बताए । पीसविन नेपाल आभा परियोजना जिल्लाका त्रिवेणी,बुढीगंगा,बडीमालिका र गौमुल गाउँपालिकामा लागु भएको छ ।

परियोजनाले शिक्षा,स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको आभा परियोजना संयोजक पदमबहादुर कठायतले बताएका छन् ।उनले परियोजनाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेकाले चार वटै पालिकामा स्वास्थ्य ऐन बनाएर यौन तथा प्रजनन स्वास्थ्यअधिकारको कार्य विधी बनाउन छलफल तथा संवादको आयोजना गरिएको जानकारी दिएका छन् ।

त्रिवेणी नगरपालिकामा बिहीबार आयोजना गरिएको यौन तथा प्रजनन स्वास्थ्य अधिकार संवाद कार्यक्रममा जिल्ला अस्पताल बाजुराकी अस्पताल नर्सिङ्ग निरिक्षक निशा रोकायाले जिल्लाको स्वास्थ्यको अवस्था  र त्रिवेणी नगरपालिकाको स्वास्थ्य क्षेत्रको विषयमा सहजीकरण तथा प्रस्तुती गरेकी थिइन् । उनले पालिकामा भएको संस्थागत सुत्केरी,गर्भवती महिलाको आइरन चक्कीको प्रयोग, र गर्भवती महिलाको नियमित चेकजाँचको विषयमा प्रस्तुती गरेकी थिइन् ।

यस्तै पत्रकार प्रेमबहादुर रौलेले आगामी आर्थिक वर्ष २०८२ / ०८३ मा स्वास्थ्य निती तथा ऐन बनाउन र यौन तथा प्रजनन स्वास्थ्य अधिकारको कार्य विधी बनाउनका लागि जनप्रतिनिधीहरु र शाखाका प्रमुखहरुसंग छलफल गरेका थिए । उनले स्वास्थ्य ऐन र यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि कार्य विधी बनाउने प्रतिवद्धता सहितका लागि प्रश्नोत्तरको सहजीकरण गरेका थिए ।

त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर उप प्रमुख कमला कुमारी जैशी(न्यौपाने),पालिकाका वडा अध्यक्ष,निमित्त प्रमुख प्रशासकी अधिकृत,कार्यपालिका सदस्य विषयगत शाखाका प्रमुख लगायत सहभागी थिए ।  नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा पीसविन नेपालकी कोषाध्यक्ष पार्वती जोशीले स्वागत मन्तव्य राखेको थिइन् । कार्यक्रमको संचालन  आभा परियोजना संयोजक पदमबहादुर कठायतले संचालन गरेको थिए ।मालिका टुडेबाट….

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑