• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

खप्तड मालिका न्युज June 19, 2025 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जनताको आशा र भरोसा संघ र प्रदेश सरकारका ठूला बजेटभन्दा पनि स्थानीय सरकारले प्रत्यक्ष रूपमा जनताको जीवनसँग जोडेर बनाएको बजेट रहने छ । बडिमालिकाका जनताले पनि संघिय र प्रदेश सरकारले गरेको बजेट भाषण भन्दा पनि अब आफ्नै स्थानीय सरकारले निकट समयमा गर्ने बजेट  कार्यक्रमसँग ल्याउन स्थानियले अपेक्षा गरेका छन्।

बडिमालिका नगरपालिकाले आर्थिक बर्ष २०८२।८३ को नयाँ बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने बेला आएको छ । स्थानीयवासीको मनमा यो वर्ष केही परिवर्तन आउनेछ र जनताको मन छुने बजेट विनियोजन हुनेछ भन्ने आशा र भरोसाका किरणहरु देखिएका छन्  । बजेट  रकमको विवरण मात्र होइन, यो त जनताको जीवन, सेवा र अवसरसँग प्रत्यक्ष जोडिएको विषय हो। विशेषतः हाम्रो जस्तो दुर्गम क्षेत्रको हकमा बजेट जीवन परिवर्तन गर्ने एक साधन हो।

आधारभूत सेवा—पहिलो प्राथमिकता
बडिमालिका नगरपालिकाका अधिकांश वडामा अझै पनि स्वास्थ्य चौकीहरु सामान्य औषधि विहीन अवस्थामा छन । विद्यालयहरुमा शिक्षक अभाव  छ , पिउने पानीको पहुँच सबै ठाउँमा प्रभावकारी छैन । यस्तो अवस्थालाई परिवर्तन गर्न बजेटले खास प्राथमिकता दिनुपर्छ भन्ने अपेक्षा सर्वसाधारणको रहेको छ। जनताको आधारभूत आवश्यकताहरु जस्तै बाटो, बिजुली र सञ्चार सेवाहरु शुधार नगरी अन्य विकास दीर्घकालीन हुन सक्दैन।

पारदर्शिता भरोसा निर्माणको खम्बा

नगरपालिकाको बजेट पारदर्शी हुनुपर्छ भन्ने अपेक्षा नागरिकको प्राकृतिक अधिकार हो। बजेट कहाँ र कसरी खर्च भयो भन्ने विषयमा सार्वजनिक सुनुवाइ, मासिक प्रगती रिपोर्ट र विभिन्न माध्यहरुबाट जनताले जानकारी पाउनु पर्ने मानव अधिकारको विषय पनि हो । यसका लागि स्थानीय तहमा प्रभावकारी अनुगमन तथा मूल्याङ्कन संयन्त्रहरू सक्रिय हुन आवश्यक छ। यदि बजेटले जनताका भावना विरुद्ध अन्धाधुन्ध खर्च गर्ने र कागजमा मात्र योजनाहरू पूरा हुने छन् भने त्यो जनताको विश्वासमाथिको धोका हुनेछ।

समावेशिता र न्यायपूर्ण बाडफाँट

सामाजिक समावेशिता बिना बजेट निष्पक्ष हुँदैन। दलित, महिला, अशक्त, सिमान्तकृत वर्ग, सामाजिक र आर्थिक रुवमा पछाडी परेका वर्ग र दुर्गम वडा र वस्तीलाई प्राथमिकता नदिई समान पहुँच सुनिश्चित गर्न सकिँदैन। बजेट बनाउने प्रक्रियामै जनताको प्रभावकारी र न्यायपुर्ण सहभागिता हुनु अत्यावश्यक छ। “हामीका लागि होइन, हाम्रै साथमा” भन्ने सोच आवश्यक छ।

स्थानिय रोजगारी र सीप विकास

बजेटले केवल भौतिक पुर्वाधार बनाउनमात्र नभई स्थानीय जनशक्तिलाई रोजगार दिन र उत्पादनमा आवद्ध गराउने क्षेत्रमा पनि लगानी बढाउनु पर्दछ । कृषि, पशुपालन, सीपमूलक क्षेत्र, व्यवसायमूलक क्षेत्रमा स्थानीय जनशक्तिलाई आवद्ध गर्ने र उनीहरुलाई लगानी गर्ने वातावरण सिर्जना गरी सहुलियत ऋणजस्ता कार्यक्रमहरू मार्फत बडिमालिकाका युवालाई रोजगारीको अवसर मिल्न सक्छ। बजेटले विदेश जाने बाध्यता कम गरेर घरमै जीवननिर्भर बनाउने उपायहरू खोज्नुपर्छ।

विपत् व्यवस्थापन र दीगो विकास
बाजुराको भूगोल विपत् जोखिमयुक्त छ। बाढी, पहिरो, दुर्घटना र महामारीले जनजीवन संकटमा पारिरहेको हुन्छ ।बजेटले आपतकालीन कोष, तयारी, उद्धार तथा राहत योजनामा विशेष ध्यान दिनुपर्छ। साथै, बनजंगल, पानी स्रोत र जैविक विविधता संरक्षण गर्न बजेटले दीगो सोच अपनाउनु अपरिहार्य छ।

अन्ततः जनताको अपेक्षा सधैं ठूलो हुँदैन । जनताका अपेक्षा भनेका बाटो राम्रो बनिदियोस्, स्वास्थ्य चौकीमा सिटामोल पाइयोस्, विद्यालयमा शिक्षक नियमित होस , छोराछोरीले आफ्नै गाउँमा रोजगार पाउन, घरमै बसेर इन्टरनेट चलाउन पाइयोस, सुख्खा जमिनमा सिँचाइ सुविधा होस, उन्नत जातको विउविजन र कृषि औजारहरु जनताका लागी अावसेक साधान हुन्।

जनताका सामान्य र आधाभूत आवश्यकता र अपेक्षा पुरा गर्न सक्ने सक्षम, उत्तरदायी र पारदर्शी बजेट नै जनताको चाहनामा छ। बजेट कागजमा मात्र नभई, जनताको जीवनशैलीमा परिवर्तन ल्याउने माध्यम होस् भन्ने सामाजिक चाहना हो।बडिमालिकाको बजेट सही योजनासँग, समावेशी सोचसँग, र जनउत्तरदायी नेतृत्वसँग मेल खाने गरी तय भयो र कार्यान्वयन भयो भने बडिमालिकाका जनताको आशा र भरोसा पुरा हुने नै छ।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑