• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 14, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

खप्तड मालिका न्युज June 18, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुराः पानी जीवनको आधार हो।वन,वनस्पति र जीवको उत्पत्ति पानीमै भएको तथ्य छ। जीवन जीउनका लागि पानी अत्यन्तै महत्त्वपूर्ण तत्त्व हो।पानीको महत्त्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्या भोगिरहेका छौं। पानीको महत्त्वलाई सबै सामु छर्लङ्ग पार्न र स्वच्छ पानीका स्रोतहरुको संरक्षण सम्बर्द्धन र दिगो विकासका लागि वकालत गर्न जरुरी देखिन्छ।

दुर-दराजका कतिपय गाउँबस्तीमा अहिले घर-घरमा पानीका धाराहरु निर्माण गरिएका छन्। बर्षौदेखि मुहान,खोलाकै पानीमा आश्रित यहाँका नागरिकको घर-घरमै खानेपानी धारा पुग्दा उनीहरु खुसिले गदगद् छन्।घण्टौ हिडेर डोकामा पानी ल्याउनुपर्ने बाध्यता टरेको छ।बर्षातको समयमा निकै दुस्ख पाईरहेका स्थानीयको मनमा अब समस्या नहोला भन्ने आशा पलाएको छ।

बर्षौ पछि घर-घरमै धारा निर्माण भए पछी जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ गोपीसेराका स्थानीय हर्षित छन्।प्रायः बर्षातको समयमा खोलाको धमिलो पानी खान बाध्य भएका गोपीसेरा टोलका स्थानीयका लागी वडाको समन्वयमा प्रदेश खानेपानी तथा सरसफाई सब डिभिजन डोटिको आर्थिक सहयोगमा एक घरमा एक धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् ।

गाउँमा गुणस्तरीय खानेपानी नहुँदा बर्षातको समयमा खोलाको धमिलो पानी ल्याएर खाने गरेका थियौ । अहिले घरको आगनमै स्वच्छ सफा खानेपानीको धारा निर्माण भएपछि खुसी लागेको स्थानीय मोती पाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बर्षौदेखि प्रायः सेरे खोलाकै पानीमा निर्भर थियौँ । टोलमा दुई चार धारा भए पनि राम्रोसँग पानी आउँदैन थियो। बर्षातको समयमा टाढा गएर मुहानको पानी ल्याएर खानुपर्ने बाध्यता थियो। अहिले घरको आँगनमै पानीको धारा निर्माण भए पछि खुसि लागेको छ ।’’

उहाँले घरमै धारा निर्माण भए पछि घर नजिकैको करेसाबाीमा तरकारी लगाउन,गाईवस्तुहरुलाई पानी खुवाउन,दैनिक सरसफाइ र लुगाकपडा धुन सहज भईरहेको पाध्यायले बताउनुभयो ।

पाध्याय मात्रै होईनन् सेराबासी सम्पुर्ण स्थानीय धारा निर्माण हुँदा खुसी छन्। घर-आँगनमा खानेपानी आउँदा निकै खुसी लागेको सुनकोषा पाध्याय बताउँनुहुन्छ । ‘बस्तीमा पानी नहुँदा हिलो धमिलो पानीले दैनिक गुजारा गरिरहेका थियौँ,’ पाध्यायले भनिन् , ‘अहिले वडाको समन्वयमा एक घर एक धारा निर्माण भए पछि सहज भएको छ।’ पहिले भएका दुई चार धारामा पनि पानी कतिवेला आउँछ भनेर कुर्नु पर्थ्यो अहिले त्यो अवस्था नहरेको उहाँ बताउँनुहुन्छ।

घर नजिकैको धारामा पानी आउँदा भगवान आए जस्तो महसुस भएको सेरावासी स्थानीयको भनाइ छ । सेरा बस्तिका २३ घरधुरीका लागी धाराहरु निर्माण गरिएको बम्कने खोला खिरिडा बिरिडा सेरा खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष टिकाराम पाध्यायले बताउनुभयो।

उहाँले भन्नुभयो, “गाउँदेखि झन्डै ६ किलोमिटर टाढा बम्कने खोला खानेपानीको मुहान छ । त्यसै मुहानबाट ल्याएको पानीले यहाँका २३ घरपरिवारको घर(घरमा धारा निर्माण गरिएको हो ।”

थलापारीको मुहानबाट ल्याएको पानी गाउँमाथि एक ट्याङ्की हालेको छ । अहिले त्यो ट्याङ्कीबाट यहाँका करिब २३ परिवारको घरमा निर्माण गरिएका धारामा नियमित पानी आउने गरेको पाध्यायले बताउनुभयो ।

सेरा बस्तिका स्थानीयको लागी वडाको समन्वयमा प्रदेश खानेपानी तथा सरसफाई सब डिभिजन डोटिको लगानीमा स्किममा १० लाख र ५ लाख गत बर्षको गरेर १५ लाखमा घर-घरमा खानेपानीको धारा निर्माण कार्य सम्पन्न गरि पानी वितरण गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सेरा बस्तीका २३ घरधुरीको लागी शुद्ध खानेपानीका धाराहरु निर्माण गर्न सफल भएका छौ। यहाँका स्थानीयको प्राथमिकताकै आधारमा खानेपानी,स्वास्थ्य,सडक,लगायत पुर्वाधारका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएका छौ ”।वडाभरिका स्थानीयको लागी “एक घर,एक धारा ”निर्माण अभियानमा आफु लागीरहेको वडाध्यक्ष पाध्यायले बताउनुभयो ।

साथै घर-घरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम भएको अध्यक्ष पाध्यायले बताए।अब नियमित सरसफाई तथा दिगोपनमा सबै मिलेर ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

आँगनमै खानेपानीको धारा आउला भनेर कल्पना समेत नगरेका यहीँका स्थानीय घरघरमै निर्माण गरिएका धारामा छताछुल्ल पानी आउँदा दङ्ग छन्।घरकै धारामा पानी आउँदा सेराबासीको ‘अहिले समयको पनि बचत भएको छ, बिहान घर धन्दा गरेर मेलापात गर्न पनि सजिलो हुन थालेको छ ।’ धारा निर्माण पछि स्थानीय बासिन्दाको दैनिकीमा समेत परिवर्तन आएको छ । सबैले धाराबाट खेर गएको पानीलाई प्रयोग गरी मौसमी, बेमौसमी तरकारी लगाई जीवनस्तरमा परिवर्तन ल्याउने कार्य समेत गरेका छन्।

कुनै ठाउँमा खानेपानीको राम्रो व्यवस्था भए पनि कतिपय ठाउँमा भने स्थानीय अझै खानेपानीको पहुँचमा छैनन्। नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको भएता पनी बाजुराका कतिपय स्थानीयहरूले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।सम्पुर्ण नागरिकलाई स्वच्छ ,गुणस्तरीय खानेपानीको पहुँचमा पुर्याउन यहाँका सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको देखिन्छ।

सम्बन्धित पोस्ट
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    समाचार

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑