
पार्वती बुढाथाेकी,जेठ २८,बाजुरा: छेडेदह गाउँपालिका वडा नम्बर १ का भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको छ ।

बुधबार एक कार्यक्रमका बिच वडा नम्बर १ मा रहेका सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको हाे। भूमि प्राप्तिका लागि परेको निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिए लगत्तै निस्सा वितरण गरिएको भुमि समस्या समाधान आयोग बाजुराका कम्प्युटर अपरेटर जय बहादुर रावत बताए ।
उनका अनुसार, पालिकाकाे ५ र ७ नम्बर वडामा याे भन्दा अघि नै निस्सा वितरण गरि सकिएकाे र बाकी रहेका वडाहरुमा पनि लगत्तै निस्सा वितरण गरिने बताएका छन् । बुधबार वडा नम्बर १ मा ४ वटा भुमिहिन दलित र २८ वटा अब्यवस्थित बसाेबासी गरि ३२ जनालाई निस्सा वितरण गरिएको कम्प्युटर अपरेटर रावतले बताए ।
भूमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसाेबासीहरुकाे लगत संकलन कार्यबिधी २०८१ काे दफा ९ काे खण्ड (घ) काे अनुसुची ६ बमोजिमकाे निस्सा वितरण गरिएको हाे ।
गाउँपालिकामा ‘निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ती जग्गा पहिचान गरेर भूमि आयोगलाई जानकारी दिएपछि नापजाँच गरेर लालपुर्जा वितरणको कार्य गरिने भुमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष जनक रोकायाले बताए ।
भूमिहीन सुकुम्वासीको हकमा नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा–जमिन नभएको तथा आफ्नो आय आर्जनका स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति वा परिवारलाई जग्गा उपलब्ध गराइने व्यवस्था रहेकाे छ।
वडा नम्बर १ का अध्यक्ष वीर बहादुर रावलकाे अध्यक्षतामा सञ्चालन भएको निस्सा वितरण कार्यक्रमकाे प्रमुख अतिथि भुमि समस्या समाधान आयोग अध्यक्ष जनक राेकाया रहनु भएको थियाे।त्यस्तै कार्यक्रममा वडा सदस्य,अमिन ललित थापा, कम्प्युटर अपरेटर जय बहादुर रावत लगायत अतिथि रहेका थिए। कार्यक्रमकाे संचालन गाउँपालिका भुमि शाखा संयाेजक शेर बहादुर बुढाले गर्नु भएको थियाे।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर