
गोविन्द्र राज तिमिल्सेना,जेठ २४,बाजुराः प्रायः शहरमा मात्रै सिमित विकासको लहर विकट गाउँका कुना कन्धरामा पुगेको छ ।पछिल्लो समय विकट गाउँ, समाज फेरिदै गएको छ । हरेक सेवा सुविधाले गाउँमा स्थानीयले विकासको अनुभूती पाएका छन्।

देशमा संघीयतापछि गाउँ विकासको फड्कोमा अगाडी बढेका छन्।विकट कुना कन्धराका बस्ती विभिन्न सेवा सुविधामा लम्किरहेका छन्।विभिन्न खाले सेवा-सुविधा गाउँमा पुग्दा दुर्गम बस्तीहरु विकासको लयमा देखिन्छन्।
विकट बस्तीहरुमा नयाँ भौतिक संरचना,शिक्षा,स्वास्थ,यातायात,सञ्चारको सहज पहुँच पुगेको छ । यातायातको सुविधाबाट प्रताडित दुर्गम गाउँ सडक बाटोमा जोडिएको छ। हरेक पुर्वाधारको सुविधा,नेट ईन्टरनेट तथा गाडी चढ्ने सुविधा नागरिकले घर-दैलोमा पाएका छन्। जसको प्रत्यक्ष एक उदाहरण बनेको छ । बाजुराको हिमाली गाउँपालिका।
जिल्लाका अन्य ९ पालिका मध्ये निकै नै विकट क्षेत्रमा रहेको पालिका हिमाली ।यहाँ रहेका सबै ७ वटा वडा प्रायः चट्टान मुनी छन् । अग्लो चट्टानको पहरामा यहाँका बस्तीहरु लयबद्द रुपमा स्थापित छन्। यो पालिका जिल्लाका अन्य पालिकाको भन्दा एक अति विकट पालिकाको रुपमा चिनिन्छ । हरेक समस्याहरुलाई टाल्दै हिमाली गाउँपालिका विकासको फड्कोमा छ।
बाजुराका नौ स्थानीय तहमध्ये भुगोल तथा अन्य सम्भावनाका हिसाबले हिमाली अगाडी छ । पछिल्लो समय नागरिक व्यवसायिक बन्न हरेक गतिविधिका सङ्लग्न छन् यहाँका नागरिक।रोजगार र सम्भावनामा पनि हिमालीका स्थानीय बढी जोडिएका छन् ।विकासको लयमा सङ्घीयता पछी हिमाली गाउँपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा अग्र-गाममा छ ।
कृषि क्षेत्रमा कृषकहरुलाई आत्मनिर्भर बनाउन बृक्षरोपण,७ वटै वडामा कृषि उपज संकलन केन्द्र संचालनमा छन्।“कृषि,शिक्षा,स्वास्थ्य,जडीबुटी,पर्यटन र जलस्रोत”पालिकाको नारा जस्तै पालिका भव्य रुपमा सु-सम्पन्न छ ।सबै वडामा सडक,विद्युत,सञ्चार,शिक्षाको अवस्था लोभलाग्दो छ।पर्यटनका हिसाबमा पालिकाका रमणिय स्थानको पर्यटन पर्बद्धन, खानेपानीका लागि लामो समयदेखि धिम रुम्दी लगायतका स्थानियले घण्टौ हिडेर पानी ल्याउनुपर्ने बाध्यताको अन्त्य,सबै पालिकाको टोल टोलमा खानेपानीको सुबिधा,रोपाई हुने प्रायः सबै ठाउँमा सिचाईको सुबिधा रहेको छ।
त्यस्तै संचार क्षेत्रको हिसाबमा सबै ठाउँमा ७ वटै वडा र करिब तेह्र,चौध वटा स्वास्थ्य चौकीमा इन्टरनेट सेवा जडान, अन्य स्थानमा पनि फोरजी सेवा संचालन गरिएको छ । लामो समयसम्म इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको पाडी गाउँ लगायत अन्य बस्तीलाई इन्टरनेटको सुविधामा धकेलिएको छ ।सुदूरपश्चिमका ८८ पालिकाको अवस्था हेर्दा कतिपय पालिकाका यस्ता सेवा सुविधा छैनन् । तर विकट ठाउँको पालिका धेरै हरेक सेवा-सुविधाबाट अगाडी छ हिमाली।
बार्षिक एक करोड बढि रकम बराबरको प्रत्येक परिवारलाई ४ बोट बिरुवा वाफत २० केजी चामल वितरण,सुहाउँदो वातावरणमा स्याउ दाते ओखर,कागती,अनार लगायतका ,फलफूल रोपण, खाद्य सुरक्षका लागी पालिकामा ६० हजार बढि बिरुवा वृक्षरोपण गरि करिब ३३ हजार बोट फल्न सुरु भएको गाउँपालिका अध्यक्ष गोविन्द्र वहादुर मल्लले रेडियो पौरखीको कार्यक्रम आजको सन्दर्भमा बोल्दै बताए ।
हिमालीलाई फलफूलमा आत्मनिर्भर बनाउन गाउँपालिकाले१ लाख बढि बोट स्थानीयलाई वृक्षरोपणको लागी दिएको,पुर्वाधारको हिसावमा पालिका अगाडी रहेको अध्यक्ष मल्लले बताए ।अधुरा कार्यलाई पूरा गर्न सङ्घ तथा प्रदेश सरकारलाई समन्वय सहकार्य गरिएको छ।पहिलो कार्यकाल बाटै हरेक सेवा सुविधामा पालिकालाई सम्पन्न बनाउन आफु लागीरहेको छु। मल्लले बताए ।
नगदे तथा रैथाने बालीको उत्पादन,प्रशोधन,प्याकिङ,बजारिकरण कसरी गर्ने भन्ने उदेश्यले १ करोड ९७ लाख लगानी गरेर उद्योग सञ्चालन,२०० टन क्षमताको शीत भण्डार गृह निर्माण,छिमेकी जिल्ला मुगु,हुम्ला लगायतका नागरिकलाई शीत भण्डार गृहले सहयोग पुगिरहेको समेत मल्लले बताए ।वृक्षरोपण गरिएका बोट-बिरुवा वचाए वाफत चामल वितरण गर्ने गरिएको समेत उनले बताए ।
पालिकामा गहुँ ,कोदो,चिनो,लगायत उत्पादित सामाग्री कुट्ने मेसिन पालिकाले खरिद गरेको,स्थानीय रैथाने बालीनालीको संरक्षणमा पालिकाले विशेष नीति लिएर अगाडी बढेको,साथै उज्यालो हिमाली बनाउन विच्छ्यामा कादुरी सस्थाको सहयोगमा १४ करोड लगानीमा विजुली उत्पादन गरिएको जसले त्यहाँका नागरिक झरो बाल्ने समस्याबाट मुक्त भएको मल्लले बताउनुभयो।पालिकाको क्युडी गाउँ बाहेक अन्य सबै वडामा विजुली बाल्ने सपना पूरा गरिएको समेत मल्लले बताउनुभयो।
हिमालीलाई समृद्ध बनाउन ९फलफूल,पशुपालन र जडीबुटी०तीन कुरालाई पहिलो प्राथामिकता राखेर अगाडी बढिएको समेत उनले बताए । कृषि,जडीबुटी र पशुपालन पेशालाई व्यवासियक बनाएर अगाडी बढेको खण्डमा हिमाली नै अमेरिका,युरोप एसिया हुने समेत अध्यक्ष मल्लले बताए ।हिमालीको प्रमुख आधार कृषि,जडीबुटी र पशुपालन भएकाले आफुले पहिलो कार्यकाल बाटै उक्त क्षेत्रमा विशेष लगानी गर्दै आएको मल्लले बताउनुभयो।
रानिशैनको पर्यटन प्रबर्द्धन गर्न पालिकाबाट ६९ जनाको टोली गएर कार्यपालिकाको बैठक बसाली त्यसको प्रचार,प्रसार,त्यहाँको जडीबुटीको संरक्षण,सिमा सुरक्षा लगायतका विषयमा सवाल जवाफ गरिएको अध्यक्ष मल्लले भने,रानिसैनको प्रचार,प्रसार,पर्यटन प्रबर्द्धन गर्न बजेट बिनियोजन गरिएको छ ।पछिल्लो समय त्यहाँ हुने चोरी निकासी,जडीबुटिको ओसार पसार सम्पुर्ण कार्य रोकिएको छ। रानिशैनको पर्यटन प्रबर्द्धन गरि धेरै भन्दा धेरै पर्यटक भित्र्याई अर्थतन्त्रमा बलियो सुधार गर्न पालिका कटिबद्ध रहेको छ।
आफुले पहिलो कार्यकाल बाटै कृषि क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै आएकोले कृषि क्षेत्रमा थप सहजता होस् भन्ने उदेश्यका साथ गाउँपालिकाको केन्द्र धुलाचौरमा चिस्यान केन्द्र स्थापना,व्यवसायिक कृषक बन्नुपर्छ भनेर कृषकहरुलाई प्रोत्साहन गर्ने, खाद्य सुरक्षाका लागि वृक्षारोण कार्यक्रम लगायतका बिभिन्न कार्यहरु सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मल्लको भनाइ छ । किसानले उत्पादन गरेको बस्तुहरु बजारसम्म पुर्याउनको लागी पालिकाले कृषि एम्बुलेन्स खरिद गरेर संचालनमा ल्याएको छ । पहिलो कार्यकालमा कृषि क्षेत्र र विकाश निमार्णमा जोड दिदै आएको र अहिले पनि त्यति नै प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गरिदै गएको मल्लले भने।
पहिला यातायातको लागी गाउँ सम्म पुग्नको लागी रोडहरु थिएन्,अहिले १,२ र ३ वडाहरु बाहेक अन्य वडामा सडक सञ्जालको पहुँच पुर्याइको छ । बाँकी रहेका वडाका गाउँबस्तीमा सडक जोड्न धमाधम सडक निमार्ण कार्य जारी रहेको छ । गाउँपालिकाका ४, ५, ६ र ७ वटा वडा गत वर्षबाट नै सडक सञ्जालको पहुँचमा छन् । सडक सञ्जालको पहुँचमा नपुगेका १,२ र ३ वडामा सडक सञ्चालनको लागी निरन्तरकार्य भईरहेको मल्लले बताएका छन् ।
१,२ र ३ वडाहरु निकै विटक क्षेत्र पर्ने भएकोले त्यहाँ अहिले सम्म सडक पुग्न सकेको छैन । यती बेला यी वडा पनि सडक सञ्जालले जोड्ने गरी पालिकाले निर्माणको कामलाई तीव्र दिदै आएको छ। हिमाली गाउँपालिका बाजुराका अन्य ८ वटा पालिकाको भन्दा निकै विकट पालिकामा पर्ने गर्दछ । यस पालिकाका सबै वडामा भिमकाय चट्टान रहेका छन् जुन चट्टान फोडेर सडक निकाल्न निकै कठिन रहेको छ । जस्तो सुकै कठिन अबस्थालाई पनि परास्त गर्दे सडक नपुगेका ठाउँमा सडक सञ्जाल जोड्न तदारुप्ताका साथ सडक निमार्ण कार्य भईरहेका छन् ।
गाउँपालिकाका अध्यक्ष मल्लको अथक प्रयास पछि ४, ५, ६ र ७ वडा सडक सञ्जालको पहुँच पुर्याइएको छ ।बाँकी रहेका तिन वटा पालिकामा सडक निमार्ण कार्यलाई तदारुप्ताका साथ निरन्तरता दिदै आइएको छ । पालिकाले गोलीगौडा चट्टान फोडेर दुर्गम गाउँमा बस्तीमा जोडेको छ।सडक सञ्जाल नजोडिनु भन्दा गाउँपालिकाको केन्द्र धुलाचौर पुग्नलाई पहिला स्थानीयलाई लामो समय लाग्ने गर्थो तर अहिले सडक सञ्जाल जोडिएका गाउँबस्तीका स्थानीयलाई सजिलै तरिकाले पालिका पुगेर घर फर्किन सकिने अबस्था रहेको गाउँपालिका उपाध्यक्ष राजकला सार्कीको भनाई छ ।
स्वास्थ्य क्षेत्रको हिसाबमा सात वटा वडा,गाउँपालिकाको केन्द्र धुलाचौर ,पाँडी, बोर्ता, क्युडी, बाम,गुम्बा लगायतका विकट बस्ती गरेर तेह्र चौध वटा स्वास्थ्य चौकी पालिकाको सहयोगमा स्थापना गरिएको,पालिकाका स्थानीयबासी तथा सबै गर्भवती महिला,वृद्ध र बालबालिकाहरुले सामान्य उपचार सेवा गाउँमै पाउने ब्यबस्था समेत गरिएको उपाध्यक्ष सार्कीले बताउँनुभयो । सहज स्वास्थ सेवा सुविधा पालिकाका नागरिकले पाईरहेको उनले बताईन् ।
त्यस्तै “परम्परागत कृषिमा आधुनिक प्रविधि,रैथाने बाली र फलफुल खेती मार्फत आत्मनिर्भर बनाउने हिमालीको निति” “आजको लगानी बोट भोलीको प्रतिफल नोट ” कर्णाली नदीको धुलाचौरदेखी पिलुचौरसम्म मोटरबोर्ड, तथा जेट स्कीम सञ्चालनको अध्ययन,बिभिन्न पर्यटन पर्बद्धनको लागी क्रियाकलापहरु,स्थानीय स्रोत साधनको उपयोग,प्रबिधिमा आधारित गुणस्तरीय शिक्षा,दुर्गम बस्तीमा घुम्ती शिविर,सबै वडामा बिभिन्न जनचेतनामुलक क्रियाकलाप सञ्चालन,युवा लक्षित रोजगार कार्यक्रम,बिजुली पुग्न बाँकी विकट बस्तीमा बिजुली पुर्याउने,बोल्डीक र धिममा प्रशारण लाइन बिस्तार,कर्णालीको पानी लिफ्टिङ प्रणालीद्धारा खानेपानी र सिचाईका निम्ती प्रयोग लगायतका कार्य गरिएको अध्यक्ष मल्लको भनाइ छ।
गाउँपालिकालाई समृद्ध बनाउन पालिकामा बिभिन्न विकाशे गतिबिधि,जनचेतनामुलक कार्यक्रम,कृषिमा पालिकालाई आत्मनिर्भर बनाउन रैथाने बालीको पर्वद्धनमा जोड,स्वास्थ्य उपचार नपुगेका ठाउँमा स्वास्थ्य उपचार सम्बन्धि सेवा,यातायातको सुबिधा अपुग भएका ठाउँमा यातायातको सुबिधा,जडीबुटीको संरक्षण तथा पर्बद्धनमा जोड,गाउँपालिकामा स्याउ खेतीलाई थप प्रभावकारी ढंगले अगाडी बढाउन स्याउ खेती पर्बद्धन कार्यक्रम,गाउँपालिकाको वडा नम्बर १ बाँममा स्थापना भएको उच्च घनत्वको स्याउ बगैचा,वडा नम्बर २ को गौरचौर,काँडागाँउ,र बढखौला,वडा नम्बर ३ को सिसेरा,भानडाडा,र गुम्बा,वडा नम्बर ४ को लेखबोर्ता,वडा नम्बर ५ को नदै,ग्याम्चु,आरुडाली,र वडा नम्बर ६ को झिनी,बालाफुगी,रवानीवाडा,पाडी गाउँमा ब्याबसायिक फलफुल खेतीको संरक्षण गर्ने प्रबृति समेत मिलाईएको मल्लले बताए ।
हिमालीले हरेक विकटतालाई झेल्दै गाउँपालिका बासीका आवश्यकता पूरा गरिरहेको हिमाली गाउँपालिका वडा नम्बर ५ का स्थानीय बिर्ख मलालले बताए । गाउँपालिकाले थुप्रै राम्रा कार्य गरेको बताउँदै मलालले पहिलेको जस्तो समस्या अहिले नरहेको बताएका छन्। पहिले गाउँ बिजुली थिएन्,यातायातको सुविधा थिएन्,नेट ईन्टरनेटको पनि सुविधा थिएन्,अहिले गाउँ झिलीमिलि छन्,सहज रुपमा सडकको पहुँच पुगेको छ,नेट ईन्टरनेको सुविधा पनि उत्तिकै छ। मलालले भने।
पालिकाले गाउँमा रहेका बरोजगार नागरिकलाई स्वरोजगार बनाउन विभिन्न खाले हातेहोजीयारी तालिम,कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न कृषिमा आधुनिकिकरण,फलफुल क्षेत्रमा पालिलाई आत्मनिर्भर बनाउन वृक्षरोपण तथा बोट हुर्काए बाफत प्रोत्साहनका कार्य गरिएको उनले बताए । समग्र पालिकाको कुषि,शिक्षा,स्वास्थ्य,पर्यटन पुर्वाधार तथा जडीबुटीको क्षेत्रमा पालिकाले महत्त्वपूर्ण कार्य गरिरहेको जसले गर्दा हिमालीका नागरिकले सहज रुपमा सेवा पाँउन सकेको स्थानीय मलालको भनाइ छ ।
हिमाली गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा चिनाउन पालिकाले पालिकामा रहेका नागरिकलाई व्यवसायिक बन्न हरेक तालिम दिईरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए ।माग्ने बाटो बन्द गरेर आफै कमाउने बाटो तिर लाग्नको निमित्त पालिकाले यस्तो खाले तालिम दिई रहेको अधिकृत भण्डारीले बताए ।केही सिप सिकेर गाउँमै लगानी गर्ने,गाउँको सिप गाउँमै देखाउने गरेर पालिकाले बेरोजगार युवाहरुलाई तालिम दिदै आएको भण्डारीको भनाइ छ ।
पहिलेको तुलनामा पछिल्लो समय गाउँपालिका क्रमिक रुपमा विकासमा लयमा अघि बढिरहेको उनले बताए ।शिक्षा,स्वास्थ,यातायात,सञ्चार तथा भौथिक पुर्वाधारको हिसाबमा पालिका निकै अघि बढेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।गाउँपालिकाको लक्ष्य ‘उज्यालो हिमाली’ सङ्गै यहाँको शिक्षा,स्वास्थ ,यातायात खानेपानी,बिद्युत,सञ्चार लगायत पुर्वाधारका क्षेत्रमा क्रमिक रुपमा सुधार हुदै गएको उनको भनाइ छ।
पालिकामा कृषि,शिक्षा स्वास्थ सङ्गै पुस्तौदेखी अँध्यारोमा बस्दै आएका बिच्छ्याबासी लगायत अन्य गाउँमा बिजुली जलेपछि यहाँका स्थानीय निकै खुसी भएका छन्। पालिमा विकट भए पनि बिकट पालिलाई सुगम तर्फ धकेल्न सिङ्गो पालिका लागीरहेको भण्डारीले भने। पालिकाका नागरिकको जिवन स्तर उकास्न ,यहाँको पुर्वाधारको विकास,यहाँको शैक्षिक स्थिति लगायत सामाजिक आर्थिक,क्षेत्रलाई बलियो बनाउदै लगिएको छ ।
गाउँपालिकाले आफ्नै लगानीमा विकट गाउँ बस्तीमा सडक,टोल टोलमा स्थानीय विद्युत जडान गरी उज्यालोको पहुँच पु¥याइएको छ । हिमालीका स्थानीय गाउँपालिकाको कामबाट सन्तुष्ट छन्।पालिकाले गाउँ-गाउँमा स्वास्थ उपचार सेवा पुर्याएको छ । अन्य कतिपय सुगम ठाउँका पालिकाले पनि यति राम्रो विकास गर्न सकेका छैनन्।
जनतालाई विकासको अनुभूति गराउने र उपलब्धि देखाउने कार्य हिमालीले गरेको छ । स्थानीय तह संस्थागत र बलियो हुनु नै विकासको बलियो प्रमाण भएकाले हिमाली सोही अनुरुप अगाडी बढेको छ ।गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधाबाट पनि यहाँका स्थानीय खुसि देखिन्छन्।हिमालीले आफ्नो काम कर्तव्य राम्रोसङ्ग सुधार गरेर अघि बढेको देखिन्छ।स्थानीय तह अस्तव्यस्त नभई हिमालीले बलियो बनाएको छ ।
पालिकाको जनताको सेवा-सुविधामा अग्रिम भुमिका हिमालीले हासिल गरेको छ । विकट पालिकालाई सुगमतातिर धकेल्न यहीँबाट जनप्रतिनिधि लगायत कर्मचारी र स्थानीयको ठुलो हात छ । पहिलो कार्यकाल बाटै पालिकाको विकास समृद्धिमा लागेका अध्यक्ष मल्ल दोस्रो कार्यकालमा पनि निर्वाचित भए । मल्ल काङ्ग्रेस बाट निर्वाचन प्रतिनिधि हुन् भने उपाध्यक्ष राजकला सार्की एमालेबाट निर्वाचित प्रतिनिधि हुन्। जो पालिकाको विकास समृद्धिमा तल्लिन छन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर