
बाजुराः खप्तड छेडेदह गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । आइतबार उक्त पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको हो । पालिकाका ७ वटै वडाका जन्मेदेखि ५९ महिनाका बालबालिकाहरुले सबै खाले खोप पाए .पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावतले बताए ।

उनका अनुसार,पालिकाका ७ वटै वडामा गरिएको खोपको सर्वेक्षण अनुसार सबै बालबालिकाहरुले खोप पााएको कोही पनि बालबालीका खोपबाट बञ्चित नभएको पाइएको हुँदा सोही अनुसार पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको रावतले बताए ।पालिकामा जन्मेदेखि १५ महिनाका तीन सय २३ बालबालिका र १६ महिनादेखि ५९ महिनाका १ हजार १ सय १७ बालबालिकाहरु नियमित रुपमा खोप पाएका छन्।
राष्ट्रिय खोप तालिका अनुसार लगाउनुपर्ने पुरा खोप बालबालीकाले पाइरहेकाले पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताउनुभयो । सबै बालबालीकाहरुले पुर्ण रुपमा नियमित रुपमा खोप पाई सकेकोले आइतबार एक कार्यक्रमका बिच पालिकालाई दिगोपना घोषणा गरिएको अध्यक्ष रावतले बताए ।
गाउँपालिकाका अध्यक्ष तथा पूर्ण खोप सुनिश्चितता दिगोपनाका अध्यक्ष दिलबहादुर रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दबहादुर रावत,७ वटै वडाका वडा अध्यक्ष,कार्यपालिकाका सदस्य,स्वास्थ्य कार्यालय बाजुराका खोप सुपरभाइजर खडक गिरी लगायत अतिथी रहेका थिए । कार्यक्रममा गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीका कर्मचारी,स्थानीय लगायतको सहभागीता रहेको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर