
गाेविन्द्र राज तिमिल्सेना,जेठ १६,बाजुरा: बडीमालिका नगरपालिमा वडा. नम्बर १ खेतीपातल पिनालेखमा अवस्थित जाल्पादेवी माध्यामिक विद्यालयकाे ६१ औं बार्षिकाेत्सव तथा अभिभावक भेला दिवस सम्पन्न भएको छ । शुक्रबार आयोजित उक्त विद्यालयकाे बार्षिकाेत्सव तथा अभिभावक भेला भव्य रुपमा सम्पन्न भएको हाे।

विद्यालय व्यबस्थापन समिति अध्यक्ष विश्वराज पण्डितकाे सभापतित्वमा भएको कार्यक्रममका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए ।
त्यस्तै विशिष्ट अतिथिमा नगर उप-प्रमुख नन्दा कुमारी थापा,बडीमालिका नगरपालिका १ का अध्यक्ष कृष्ण बहादुर कार्की,बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विक रहेका थिए ।
विद्यालयका शिक्षक कर्ण वहादुर थापाले सञ्चालन गरेकाे कार्यक्रममा विद्यालयका शिक्षक वीर वहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए ।विद्यालयका निमित्त प्रधानाध्यापक हेमराज पण्डितले आ. व. २०८१/८२ को विद्यालयको आर्थिक तथा शैक्षिक गतिविधिकाे प्रस्तुत गरेका थिए । विद्यालयले गरेका गतिविधिहरु माथी प्रकाश पार्दै निमित्त प्रधानाध्यापक पण्डितले अझै विद्यालयकाे शैक्षिक सुधारमा यहाँका अभिभावक,विद्यार्थी र सराेकारवाला निकायले जाेड दिनु पर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य,कृष्ण उपाध्याय,नेपाली काङ्ग्रेस बडीमालिका नगर सभापति गाेपाल कार्की,अभिभावक,विभिन्न विद्यालयका विद्यार्थी तथा पत्रकारकाे सहभागीता रहेकाे थियाे।समाराेहमा विगत देखि हालसम्म कार्यरत कर्मचारी,पुर्व विद्यार्थी तथा पत्रकारहरुलाई विद्यालयकाे शैक्षिक क्षेत्रमा पुर्याएकाे अतुलनीय याेगदानकाे कदर गर्दै सम्मान समेत गरिएकाे थियाे।
सम्मानित हुनेमा पुर्व शिक्षक धिर बहादुर दानी,पुर्व शिक्षक मीन वहादुर कार्की,पुर्व विद्यार्थी तथा कर्मचारी मीन बहादुर दानी, प्रेस युनियन बाजुराका उपाध्यक्ष जय बहादुर रावत,प्रेस युनियन बाजुराका पुर्व सचिव प्रशान्तराज जाेशी, सावित्री हमाल,र उमेश चन्द्र भण्डारी सम्मानित भएका हुन्।उनलाई अविर ,खादा ,र प्रशसा पत्रले सम्मानित गरिएको थियाे ।
उक्त बार्षिकाेत्सवमा अन्तर विद्यालय नृत्य,हिसाब दाैड,विद्यार्थीहरुले गीत, कविता, नृत्य लगायतका प्रतिभाहरु प्रस्तुती प्रस्तुत गरेका थिए ।कार्यक्रमा प्रथम,द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार समेत गरिएको हाे ।साथै बढी विद्यालयमा उपस्थित हुने, अनुशासित र लगनशील विद्यार्थीहरुकाे मान सम्मान समेत गरिएको हाे।
यसैगरी विद्यालयमा नियमित आई आफ्ना बालवालिकाको पढाइबारे चासो चिन्ता लिने, विद्यालयका गतिविधिहरुमा सहभागिता जनाई असल र जिम्मेवार अभिभावकको रुपमा भूमिका खेल्ने अभिभावकहरुई आभार प्रकट गरिएको थियाे।
विद्यालयकाे वार्षिकाेत्सव समाराेहका प्रमुख अतिथि बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले व्यानर वाचन गरेर बार्षिकाेत्सव कार्यक्रमकाे विधिवत रुपमा उद्घाटन गरेका थिए । उनले पालिका भित्र रहेका अन्य विद्यालयकाे तुलनामा यस विद्यालयले विद्यालयकाे शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलेकाे प्रती खुसि व्यक्त गरेका थिए ।
उनले कार्यक्रमलाई थप सम्वाेधन गर्दै अझै पालिकामा यस विद्यालयलाई अब्बल विद्यालयको रुपमा स्थापित गर्न सबैले लाग्नु पर्ने बताए।नयाँ शैक्षिक अवधारणा अनुसार अघि बढेर परिचित हुदै विद्यार्थी भाईबहिनीहरुलाई समाज र देशकाे असल कर्णधार बनाउंन अहम भुमिका स्थापित गर्न आवश्यक रहेकाे उल्लेख गरे ।नगरमा निजी तथा सामुदायिक विद्यालयहरु संचालनमा रहेको बताउंदै नगर प्रमुख खड्काले शिक्षक ,विद्यार्थी तथा अभिभावककाे त्रिपक्षिय सम्बन्धका साथै स्थानीय सरकारकाे साथ सहयाेगले विद्यालयकाे शिक्षा क्षेत्र सुधार हुने कुरामा समेत जाेड दिएका थिए ।
साथै विद्यालयकाे चाैतर्फि विकासमा नगर सरकाबाट हुने काम कर्तव्य बाट आफुहरु पछि नहट्ने बताएका थिए । शिक्षाले अन्धकार मार्गलाई उज्यालो मार्ग तर्फ डाेर्याउने हुँदा अहिलेकाे समयमा शिक्षा क्षेत्र निकै नै आवश्यक रहेकाे कुरामा नगर प्रमुख खड्काले जाेड दिएका थिए ।
शिक्षा क्षेत्र उज्यालाेकाे मार्ग दर्शक भएकोले शिक्षा क्षेत्रमा बालबालिकालाई अब्बल बनाउन आवश्यक रहेकाे कार्यक्रमका विशिष्ट अतिथि बडीमालिका नगरपालिकाकी उप-प्रमुख नन्दा कुमारी थापाले बताएकी हुन्। उनले विशेषगरी शिक्षामा गुणस्तरीयता कायम गर्न शिक्षक महत्वपूर्ण पाटोका रूपमा रहेको कुरा बताउँदै शिक्षकले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताएकी हुन्।
शिक्षक आफ्नो पढाउने कर्तव्यप्रति इमानदार नभएसम्म शिक्षाले फड्को मार्न नसक्ने साथै अनुगमन र समन्वयको जिम्मेवारी लिएर बसेको शिक्षा मन्त्रालय देखि स्रोत केन्द्रका अधिकारी समेत इमानदार बन्नु आवश्यक रहने कुरामा उनले जाेड दिईन्। पढ्ने विद्यार्थी र अभिभावकले समेत अध्ययनशील वातावरण निर्माणमा सहयोगी बन्नु पनि उत्तिकै जरुरी रहेकाे उनले बताएकी थिईन्।



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर