
गणेश बहादुर धामी,जेठ १२,बाजुरा: बाघकाे आक्रमणबाट गाैमुल गाउँपालिकामा १७ भेडा मरेका छन्।साेही पालिकाकाे वडा नम्बर ३ दल्लेरीका मदन बाेहराका १७ भेडाबाख्रा बाघले मारेकाे हाे।५६ मध्ये ११ भेडा र ६ बाख्रा बाघले मारेकाे हाे।

दल्लेरी गाेठ छानामा आइतबार राती भेडा बाख्रालाई बाघले आक्रमण गरि मारेकाे अवस्थामा फेला पारिएकाे स्थानिय नवीन बाेहराले बताए ।बाघले काेही भेडा बाख्रा मारेकाे,काेही खाएर छाेडेकाे बताईएकाे छ भने ५ वटा घाईते अवस्थामा फेला परेका हुन्।
भेडा, बाख्राहरुलाई बाघले आक्रमण गर्दा ३ लाख बढीको नोक्सानी भएको छ । आयस्रोतको रुपमा रहेका भेडा बाख्रा बाघले मारेपछि ठुलाे समस्या थपिएको पीडित मदन बोहराले बताएका छन् ।
गाैमुल गाउँपालिका लगायत जिल्लाका अन्य ८ वटै स्थानीय तहमा पछिल्लो समय बाघकाे आतङ्क बढ्दै गएकाे छ । बिशेष गरि गाैमुल गाउँपालिकामा बढिजसाे यस्ता घटना घट्ने गरेका छन्। गाैमुलका स्थानीयकाे व्यवसाय भनेकै भेडा बाख्रा पालन हाे।
बर्षेनी बाघले भेडा बाख्रा मार्न थालेपछि यहाँका स्थानीय चिन्तित बन्दै गएका छन्। बाघको आक्रमणबाट स्थानीयले ठुलो क्षति व्यहोर्नु पर्ने बाध्यता छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर