• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मार्तडीमा खानेपानीको समस्या,पानीका पाईप लाईन खाेज्दै स्थानीय

खप्तड मालिका न्युज May 26, 2025 मा प्रकाशित (१२ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गणेश बहादुर धामी,जेठ १२,बाजुरा: पृथ्वीकाे तापमानमा वृद्धि भए संगै पानीका मुहान सुक्न थाले पछि सदरमुकाम मार्तडीमा पानीकाे समस्या भएको छ । सुक्खा खडेरीका कारण मार्तडीमा खानेपानीको चरम अभाव भएको हाे । बर्षातकाे समय सुरु भए पनि खडेरीका कारण पानीको मुहान सुक्दा खानेपानीको चरम अभाव भएको स्थानीयले बताएका छन्।

केहि साता देखि सदरमुकाममा खानेपानीको अभाव भएको बडीमालिका नगरपालिका वडा नम्बर ८ थापा वाडाका स्थानीय धने थापाले बताएका छन्। उनले भने,“ सुख्खा खडेरीले मुहान सुक्नु भन्दा पनि बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र बडीमालिका नगरपालिकाले व्ययवस्थापन गर्न नसक्दा पानीकाे समस्या भएको हाे”।स्थानीयले पटक पटक खानेपानीकाे अभाव भएको जानकारी गराईरहदा पनि समस्या समाधान नभएको थापाले बताउनुभयाे।

खुख्खा खडेरीले गर्दा पानीका मुहान सुक्दै गएकाेले सदरमुकाम बासीलाई खानेपानीकाे आपूर्ति गर्न नसकिएकाे बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ।पालिकाले समितिलाई खानेपानीकाे आपूर्ति पूरा गर्न बजेट व्यवस्थापन गरे पनि खडेरीले गर्दा पानीकाे आपूर्ति गर्न नसकिएको बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक कर्ण रावलले बताए ।

उनले भने,“ पानीकाे आपूर्ति पूरा गर्न हामी लागीरहेका छाै, केहि दिनमै खानेपानीकाे समस्या समाधान हुन्छ ”। समितिका तर्फबाट सबै काम,कर्तव्य भईरहे पनि मुहानै सुक्न थालेपछि पानीकाे समस्या समाधानमा केहि समस्या भएको रावलले बताउनुभयाे।

सदरमुकाम मार्तडीमा खानेपानीकाे समस्या समाधान गर्न नगरपालिकाले प्रत्येक बर्ष बजेटकाे व्यवस्थापन गरिरहेकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए। पालिकाकाे तर्फबाट खानेपानीकाे समस्या समाधान गर्न सम्पुर्ण कार्य भईरहेकाे तर केहि सुख्खा खडेरी तथा उपभोक्ता समितिले व्यवस्थापन गर्न नसक्दा समस्या सिर्जना भईरहेकाे खड्काले बताउनुभयाे ।

सदरमुकाममा मार्तडीमा विगत लामाे समय देखि खानेपानीलाई व्यवस्थापन गर्न सकिएकाे छैन्।बजारकाे चारैतिर यत्रतत्र खानेपानीका पाईपहरु छरिएर रहेकाे अवस्थामा छन्,जसले गर्दा खानेपानीकाे व्यवस्थापनमा चुनाैतीमा देखिदै आएकाे छ । जिल्लाकै मुटु सदरमुकाममा खानेपानीकाे याे समस्याले यहाँका बजारबासी आजित भएका छन्।

सदरमुकाम मार्तडीमा करिब ५ सय बढि धाराहरु छन् ।खडेरीका कारण मुहान सुक्दै गएकाे र ट्याङ्कीमा पानी सञ्चित नभएका कारण बिहान बेलुकी भने अनुसारकाे खानेपानी उपलब्ध गराउँन नसकिएको बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दाबी गरेकाे छ। खानेपानीकाे समस्या हुँदा यहाँका बासिन्दालाई बाउली,भम्क,थापाबाडा,पाल्त लगायतका ठाउँबाट पानी ल्याएर खानुपर्ने बाध्यता छ ।

बृहत मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मार्तडीबासीलाई सफा,स्वच्छ पानी उपलब्ध गराउँन ट्रिटमेन्ट प्लान्ट जडान समेत गरेकाे छ। संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना धनगढी, कैलालीको २ करोड ५७ लाख ३७ हजार बढीको लागतमा श्री प्याराडाईज विल्डर्स प्रालिले ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानीको ट्याङ्की निर्माण गरेर हस्तान्त्रण गरेपछि अहिले ट्रिटमेन्ट फिल्टर सहितको पानी वितरण गरिएको छ।

ट्रिटमेन्ट फिल्टर सहितकाे ट्याङ्की निर्माण गरे पनि सफा स्वच्छ पानी धारामा नआउने गरेकाे स्थानीयकाे भनाइ छ । साथै पानी नागरिकको आधारभूत आवश्यकता भएकाले सदरमुकाममा भईरहेकाे पानीकाे समस्या समाधान तथा व्यवस्थापन गर्न स्थानीयले स्थानीय सराेकारवाला निकायसंग माग गरेका छन्। उचित श्राेतकाे मुहानकाे पहिचान गरि मुहानकाे संरक्षणमा ध्यान दिन पनि उनीहरुले आग्रह गरेका छन्।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑