
बाजुरा: बुढिगङ्गामा उप-प्रमुख कोसेली तथा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरर्गत ‘उप-प्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’लाई निरन्तरता दिईदै आएकाे छ। पालिकामा कोहि गर्भवती तथा सुत्केरी महिला छन् भन्ने थाहा पाउने बितिक्कै नगर उपप्रमुख माया कुँवर खड्का सुत्केरी तथा गर्भवतीको घर दैलामा पुग्ने गर्नु भएको छ ।

नगर उपप्रमुख कोसेली कार्यक्रम अन्तर्गत सुत्केरी,गर्भवतीलाई कोसेली बाड्नुका साथै गर्भवती र सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा पनि उपप्रमुख खड्काले छलफल गर्नुका साथै सिकाउनुहुन्छ । ,बुढीगंगा नगरपालिका–१ वडाको स्वास्थ्य चौकीबाट वितरण सुुरु गरिएको नगर उपप्रमुख कोसेली तथा बहुक्षेत्रिय पोषण कार्यक्रम’ निरन्तरता सङ्गै प्रभावकारी बन्दै गएकाे हाे।
नगरपालिकाले उपप्रमुख कोसेली तथा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’ सञ्चालन गरेको छ । नगरपालिकाको निती तथा कार्यक्रम अन्तर्गत यसपटक पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
यसपटक नगरपालिकाले आइतबार एक कार्यक्रमका बिच नगरपालिकाकाे वडा न १, २ र ३ नम्मर वडाबाट उपप्रमुख सुत्केरी कोशेली कार्यक्रम सुरु गरिएको नगर उप-प्रमुख माया कुवर खड्काले बताएकी छन । ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’ आइतबार वडा नम्बर १,२ र ३ वडाका गरेर जम्मा ४९ जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको उप-प्रमुख खड्काले बताउँनुभयाे।
नगर भित्रका सुत्केरी महिला तथा नवजात शिशु गरिव विपन्न आर्थिक अवस्था कमजोर स्वास्थ्य क्षेत्रको पहुँच भन्दा टाढा रहेकाहरुको स्वाथ्य सुधारमा सहयोग पुग्ने उदेश्यका साथ नगरपालिकाले उक्त कार्यक्रमलाई निरन्तरता दिईदै आएकाे उप-प्रमुख खड्काकाे भनाइ छ।
पालिकामा रहेका सुत्केरी महिला तथा गर्भवतीलाई कोसेलीमा १ क्यारेट अण्डा, २ केजी चना, २ पोका तेल, २ पोका नुन र फलफूल साथमा लगेर उपप्रमुख सुत्केरीको घरदैलोमा जानुहुन्छ । पालिका भरीका १० वटै वडाका सुत्केरी तथा गर्भवती महिलालाई काेसेली बितरण गरिदै आएकाे छ ।
नगर भित्र मातृ शिशु मृत्युुदर घटाउने,बालबालिकामा हुने कुपाेषण दर घटाउदै जाने उद्देश्यका साथ आर्थिक वर्ष २०८०/०८१ मा नगर सरकारले उपप्रमुख कोशेली कार्यक्रम लागु गर्ने नीति तथा कार्यक्रममा ल्याएको र अहिलेसम्म निरन्तरता दिदै आएकाे बताउनु भएकाे छ ।साथै उक्त कार्यक्रमकाे लागी नगरपालिकाले बजेट छुट्याएर उप–प्रमुख कोसेली कार्यक्रम सुरु गरिरहेकाे उप प्रमुख खड्काले बताईन्।
बुढीगङ्गा नगरपालिकामा कार्यक्रम लागू भए सङ्गै यहाँका सुत्केरी तथा गर्भवती आमाहरुलाई सहजता मिल्दै आएकाे छ । पाैष्टिक तत्वयुक्त खानेकुरा प्राप्त गर्न थालेपछि यहाँका आमा तथा बच्चाकाे स्वास्थ्य अवस्थामा पनि सुधार हुदै गएकाे हाे । आमा र बच्चाको स्वास्थका लागि पोषिलो खानेकुरा अति आवश्यक भएकाले नगरपालिकाले साे कार्यक्रमका लागी कार्यविधि बनाएर कार्यन्वयन गरेपछि उप-प्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम निरन्तर तथा प्रभावकारी हुदै आएको नगरपालिकाले जनाएको छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर