
बाजुरा: बडीमालिकाको पावन भूमि मार्तडीमा बडीमालिका भक्तियोग समागम-२०८२ सुरु भएको छ । बडीमालिका ८ स्थित खेलकुदमा एक औपचारिक कार्यक्रमकाबीच शनिबारबाट सुरु उक्त भक्तियाेग समागम सुरु भएको हाे।

बडीमालिका भक्तियोग समागम मूल समारोह समिति बाजुराको आयोजनामा सञ्चालन भएको भक्तियोग, कार्यक्रम स्थलदेखि बडीमालिका मन्दिर सम्मको कलस यात्रापछि विविध रुपमा सुरु भएको हो ।
श्रीमद्भागवत सप्ताहको उद्घाटन जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, बडीमालिका नगरपालिका उप-प्रमुख नन्दा कुमरी थापा, नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराका उपसभापति पदम बडुवा, बडीमालिका नगरपालिका ७ का वडाध्यक्ष धर्मराज पाध्याय लगायत अतिथिमा रहेका थिए ।
संस्कार संस्कृति, धर्म, बाल संस्कार र समग्र बाजुराको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालन गरिएको भक्तियोग कार्यक्रमम जेठ १८ गतेसम्म सञ्चालन हुने पुज्य सञ्जेल जी महाराजले बताएका छन् ।
बडीमालिका जस्ता थुप्रै धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार तथा प्रवद्र्धनका लागि बाजुरामा कार्यक्रम आयोजना गरिएको उनले बताए । पछिल्ला पुस्ताहरुले संस्कार, संस्कृति विर्सिदै गएको र बालबालिकाहरु कुलतमा फस्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै विशेष गरी बाल संस्कार कार्यक्रमलाई बढी जोड दिने उनले बताए । भक्तियोग समागमन कार्यक्रममा आदरपूर्वक चढाइएको संकलित भेटीबाट बडीमालिका भक्तियोग स्थापना गर्ने योजना रहेको उनको भनाइ छ ।
विश्व प्रसिद्ध सर्वोच्च सिद्ध शक्ती पिठ बडीमालिका भगवतीको पावन भुमी बाजुरा जिल्लाको यस सदरमुकाम मार्तडीमा यसै बाजुरा जिल्लाका सुपुत्र विश्व विख्यात धर्म गुरु अन्तराष्ट्रिय भागवत भुषण भक्ति योग फाउण्डेशन नेपालका संस्थापकाचार्य एवं परमाध्यक्ष श्री नारायण उपाध्याय परम् पुज्य सञ्जेल जी महाराजको पावन सन्धिध्यमा धर्म जागर, अध्यात्म चिन्तन्, आत्म शान्ति, संस्कृति संरक्षण, सुसंस्कारीत समाज निमार्णको पावन उद्देश्यका साथ उक्त भक्तियोग समागम सञ्चालन भएकाे भएको हो ।
भक्तियाेग समागममा श्रीमत्भागवत् सप्ताह कथा,गीता ज्ञान, आत्म चिन्तन, भक्ति संगीत, मन्त्र साधना, श्रृगारीक मन्त्र आरती, ग्रह विज्ञान विचार, धर्म विज्ञान विश्लेष्ण, योग शिविर बाल विकास, मातृपितृ भक्ती लगायत राष्ट्रिय चिन्तनका कार्यक्रम रहने आयोजक भक्तियोग फाउण्डेशन आयोजक मुल समारोह समिति मार्तडी बाजुराले जनाएको छ ।
त्यस्तै विहान ५ बजेदेखि ७ बजेसम्म योग विज्ञान शिविर,१००८ शालिग्राम पुजन तथा परिक्रमा, विहान ७ बजे भागवत् पुजा दैनिक रुद्री पाठ परायण, ११ बजेदेखि ४ बजेसम्म प्रवचन तथा विभिन्न भाषा भाषीका भजन किर्तन,श्रीमद्भागवतको दार्शनिक प्रवचन, बालबालीकाका लागी ५ बजेदेखि ६ बजेसम्म बाल संस्कार, गणेश चालिसा पाठ, साँझ ७ बजेदेखि १० बजेसम्म बृहत भागवत् चर्चा, राष्ट्रिय गित र दिव्य झाँकी प्रर्दशन लगायतका कार्यक्रम संचालन गरिने भएका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर