
बाजुराः जिल्लाको सदरमुकाम मार्तडीमा “श्री बडीमालिका भक्ति योग समागम” २०८२ हुने भएको छ । भक्तियोग फाउण्डेशन आयोजक मुल समारोह समिति मार्तडी बाजुराको आयोजनमा जेठ १० गतेदेखि १८ गतेसम्म मार्तडीमा इतिहासकै पहिलो “श्री बडीमालिका भक्ति योग समागम” हुने भएको हो ।

विश्व प्रसिद्ध सर्वोच्च सिद्ध शक्ती पिठ बडीमालिका भगवतीको पावन भुमी बाजुरा जिल्लाको यस सदरमुकाम मार्तडीमा यसै बाजुरा जिल्लाका सुपुत्र विश्व विख्यात धर्म गुरु अन्तराष्ट्रिय भागवत भुषण भक्ति योग फाउण्डेशन नेपालका संस्थापकाचार्य एवं परमाध्यक्ष श्री नारायण उपाध्याय परम् पुज्य सञ्जेल जी महाराजको पावन सन्धिध्यमा धर्म जागर,अध्यात्म चिन्तन्,आत्म शान्ति,संस्कृति संरक्षण,सुसंस्कारीत समाज निमार्ण र भक्ति योग धाम स्थापनाको पावन उदेश्यका साथ उक्त भक्ति योग समागम हुने भएको हो ।
योग समागममा श्रीमत्भागवत् सप्ताह कथा,गीता ज्ञान,आत्म चिन्तन,भक्ति संगीत,मन्त्र साधना,श्रृगारीक मन्त्र आरती,ग्रह विज्ञान विचार,धर्म विज्ञान विश्लेष्ण,योग शिविर बाल विकास,मातृपितृ भक्ती,लगायत राष्ट्रिय चिन्तनका कार्यक्रम रहने आयोजक भक्तियोग फाउण्डेशन आयोजक मुल समारोह समिति मार्तडी बाजुराले जनाएको छ । साथै विहान ५ बजेदेखि ७ बजेसम्म योग विज्ञान शिविर,१००८ शालिग्राम पुजन तथा परिक्रमा,विहान ७ बजे भागवत् पुजा दैनिक रुद्री पाठ परायण,११ बजेदेखी ४ बजेसम्म प्रवचन तथा विभिन्न भाषा भाषीका भजन किर्तन,श्रीमद्भागवतको दार्शनिक प्रवचन,बालबालीकाका लागी ५ बजेदेखि ६ बजेसम्म बाल संस्कार,गणेश चालिसा पाठ, साँझ ७ बजेदेखि १० बजेसम्म बृहत भागवत् चर्चा,राष्ट्रिय गित र दिव्य झाँकी प्रर्दशन लगायतका कार्यक्रम रहने छन् ।
उक्त “बडीमालिका भक्ति योग समागम”को जेठ १० विहान १० बजे कलस यात्रा गरेर मध्यान्ह १२ बजे कार्यक्रमको समृद्धघाटन गरिने बताइएको छ । साथै पहिलो पटक हुन लागेको भक्ती योग समागममा जिल्लाका समस्त गणमान्यहरुलाई निष्ठावान्,सामाजिक र धार्मीक कार्यक्रममा उपस्थितको लागी आग्रह समेत गरिएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर