
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: जिल्लाकाे गाैमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर राेकायाले समग्र पालिकाकाे मुहारमा फेर्दै पालिकालाई विकासकाे लयमा डाेर्याएकाे बताएका छन्।रेडियो पाैरखीकाे कार्यक्रम आजको सन्दर्भ (पालिका गतिविधिमा) बाेल्दै अध्यक्ष राेकायाले यस्ताे बताउनुभएकाे हाे।

गाउँपालिकाे अध्यक्षकाे रुपमा निर्वाचित भईसके पछी २०७४ साल पहिलाे कार्यकाल बाटै समग्र पालिकाकाे विकासमा आफू लागीरहेकाे राेकायाले बताए ।“पालिकाकाे विकासमा थुप्रै राम्रा काम गरिएको छ,समग्र पालिकाकाे मुहारमा परिवर्तन ल्याएका छाै।कतिपय थप राम्रा कार्यकाे सुरुवाती भईरहेकाे छ ”। अध्यक्ष राेकायाले भने।
जनताले आफुलाई पालिकाकाे विकासकाे निम्ती अझै राम्रा कार्यकाे थालनी गर्न सक्छ,पहिलो कार्यकालमा ईमान्दारीपुर्वक काम गरेकाेले नै दोस्रो कार्यकालकाे रुपमा पनि आफुलाई जनताले निर्वाचित गराएकाे बताउँदै अध्यक्ष राेकायाले,जनताकाे जनअपेक्षा अनुसार नै काम गरिरहेकाे बताएका हुन्।पहिलो कार्यकालमा थुप्रै राम्रा कार्य गरियाे,बाकी रहेका कार्यलाई दोस्रो कार्यकालमा सम्पन्न गर्ने गरि आफु लागीरहेकाे छु, अध्यक्ष राेकायाले बताए ।
भाैगाेलिक विकटता कारण पालिकामा साेचेजस्तै उपलब्धि र विकास गर्न नसकिए तापनी सुरुवातीकाे तुलनामा अहिले पालिकाकाे मुहारमा धेरै परिवर्तन ल्याउँन सकिएकाे उनले बताए ।राेकायाले भने,
“ सुरुवातीमा यहाँका वडा तथा गाउँपालिकाको कार्यालय, विद्यालय लगायतका विभिन्न भौतिक संरचना टिनकाे टहरमा थिए। पछिल्लो समय त्याे समस्या सुझाल्दै वडा कार्यालयका भवन निर्माण,पालिकाकाे प्रशासकीय भवन,गाउँपालिका भित्र रहेका विद्यालयमा भवन निर्माण लगायत अन्य पुर्वाधारकाे विकासमा धेरै परिवर्तन आएकाे छ”।
अध्यक्ष राेकायाले भने,“ गाउँपालिकाकाे मुहारमा परिवर्तन ल्याउँन पहिलो कार्यकाल बाटेै कटिबद्ध छु,गाैमुलका जनताकाे विश्वासलाई आत्मसाथ गरेर नै जनता र पालिकाको सेवामा निरन्तर लागि रहेको छु ”।पहिलो कार्यकालमा कठिन परिस्थितिका बाबजुत पालिकाकाे विकासकाे निम्ति थुप्रै राम्रा कामकाे थालनी गरियाे,दोस्रो कार्यकालमा पनि ईमान्दारी पुर्वक राम्रा कार्य गरेर जाने उहाँले बताउनुभयाे।
पालिका अध्यक्ष राेकायाले आफु निर्वाचित भईकेपछी गाउँपालिकाकाे हित विपरीत कुनै कार्य नगरेकाे बताए ।२०७४ देखि नै पालिकाकाे विकास तथा जनताकाे हक हितकाे लागी उदाहरणीय कामको सुरुवात गरिएकाे बताउनुभयो । उहाँले भन्नुभयो,“ चुनावमा गरिएका बाचा,बद्दता अनुरुप नै अगाडि बढिरहेका छौँ।चुनावमा जे बाचा गरियाे त्यहि अनुसार हामीले जनताकाे हकहितमा काम गरेर नीति निर्माण गरेर अगाडि बढेका छाै ”।पालिकामा शिक्षा,स्वास्थ,यातायात,सञ्चार विद्युत् लगायत पुर्वाधार क्षेत्रमा बलियाे सुधार गर्याै,जनताकाे अपेक्षा अनुसार नै नीति कार्यक्रम ल्याउने गरेका छाै,पालिकाको प्रशासकीय भवन निर्माण ,वडा कार्यालयका भवन तथा विद्यालयका भवन,टाेलटाेलमा खानेपानी,बिजुली लगायतका क्षेत्रमा ठुलाे सुधार गरिएको राेकायाले बताए ।
खर्च संरचना निर्माण, विकासे योजना , सडक निर्माण, पालिकाकाे मुहार फेर्न गतिशीलताका कार्य,पालिकामा कृषि ,पशुपालन,एक घर एक जडिबुटी,व्यवसाय रणनीतिक योजना,पालिकामा रहेका नागरकिलाई व्यवसायी बनाउँन विभिन्न शिल्पकला तालिम,गाउँमै बसेर गाउँमै राेजगारी अभियानलाई आत्मसाथ गर्दै युवामुखी राेजगार तालिम,पालिकामा शान्ति सुरक्षा कायम गर्न नगर प्रहरी,लागू पदार्थ दुर्व्यसनलाई कम गर्न मदिरा कार्ड लगायत थुप्रै नयाँ र उपलब्धिमुलक काम भएका छन् । जनताले साेचे अनुसार सेवा सुविधा पुर्याउन नसके पनि आधारभुत सेवा सुविधा सबै जनताकाे माझ पुर्याईएकाे अध्यक्ष राेकायाले बताए ।
राम्रा काम गर्दै गर्दा बिरोध गर्ने चलन चल्ती नहटे पनि त्याे विराेधकाे ख्याल नगरि आफु पालिकाकाे विकासमा कटिबद्ध भईरहेकाे र । गाैमुल गाउँपालिकाकाे मुहारमा नयाँ परिवर्तन र पालिका विकासकाे लयमा हिडेको देखेर कसैलाई सहि नसक्नु भएर विराेध गर्ने,खुट्टा तान्ने गरेका छन्। उहाँले थप्नु भयो ।समग्र पालिकाकाे विकास र पालिकाका जनताकाे हक हितमा गाैमुल सरकार लागि परेकाे र आगामी दिनमा आफु पदमा नरहे पनि सकारात्मक साेचले गाउँपालिकाकाे विकासमा अघि बढिरहने कुरामा उहाँले जाेड दिनुभयाे।
पहिलाे कार्यकालमा के कस्ता कार्य गरियाे ? दोस्रो कार्यकाल कसरी बित्दै छ त ??
अध्यक्ष राेकायाले पहिलाे कार्यकालमा गाउँपालिकाकाे विकास (जिराे) पाेईन्ट बाट सुरुवात गरिएको बताएका छन्। जब सङ्घीयता पछि स्थानीय सरकार आए देखि आफु गाउँपालिकाकाे अध्यक्ष पदमा २०७४ सालमा निर्वाचित भईसके पछि पालिकाकाे विकास शून्य बाट सुरु गरिदै अहिले विकासकाे लयमा तानिएकाे बताए । त्याे बेला न त सडक थियाे।न त भाैतिक पुर्वाधार,नत विद्युत ,यातायात,सञ्चार सबै क्षेत्रमा तलबाटै सुरुवात गरि अहिले गुणस्तरीय सेवा प्रवाह गरिएको बताए ।
आफु निर्वाचित भएको पहिलाे ५ बर्षे कार्यकालमा पालिकाकाे विकासकाे निमित्त महत्त्वपूर्ण कार्य गरिएको बताए । पालिकामा शिक्षा,स्वास्थ,यातायात ,सञ्चार तथा विद्युतकाे पहुँच पुर्याउन आवश्यक पहल,जिर्ण अवस्थामा रहेका भाैतिक संरचनाकाे पुन: निर्माण,पालिकाकाे प्रशासकीय भवन,विभिन्न विद्यालय तथा वडा कार्यालयका भवनकाे निर्माण प्रक्रीया,गाउँपालिकालाई उत्पादनमुखी बनाउँन गाउँमै स्थानीय तथा रैथाने बालीनालीमा जाेड,पशुपालन,भेडाबाख्रा तथा जडिबुटी व्यवसाय, जनताहरुलाई विभिन्न सिपमुलक तालिम प्रदान लगायतका थुप्रै कार्य गरिएको उनले बताए ।
पहिलो कार्यकालमा ईमान्दारीपुर्वक र उपलब्धिमुलक कार्य गरेकाेले जनताले आफुलाई दोस्रो कार्यकालमा पनि चुनेकाे बताए । यदि पहिलो कार्यकालमा जनताकाे हक हित विपरीत कार्य गरेकाे भए,कुनै विकासे निर्माण ,भाैतिक पुर्वाधारमा कुनै कार्य नगरेकाे भए दोस्रो कार्यकालमा आफु अध्यक्ष पदमा नहुने थिए,राम्रो कार्य गरेरै दोस्रो कार्यकालमा पनि आफु चुनिएकाे राेकायाले बताए ।दोस्रो कार्यकाल पनि सफतापुर्वक वितिरहेकाे र पहिलो कार्यकालमा बाकी रहेका कार्यलाई दोस्रो कार्यकालमा निरन्तरता दिईरहेकाे उनले बताए ।
पालिकामा शिक्षा क्षेत्रमा के के काम भए त ? के- कस्ताे छ पालिकाकाे शैक्षिक गुणस्तर ? विद्यालयका भाैतिक संरचना के- कस्ता छन्??
अध्यक्ष राेकायाले पालिकाकाे शिक्षा क्षेत्रमा विगतकाे तुलनामा अहिले धेरै परिवर्तन आएकाे बताए । उनले भने ,“शैक्षिक गुणस्तर सुधारका लागि धेरै ठूलो कार्य गरेका छौँ, पालिका भित्रका जम्मा २३ वटा सामुदायिक विद्यालय मध्ये २१ वटा विद्यालयका भाैतिक संरचना निर्माण,बाकी दुई विद्यालयका संरचनाकाे निर्माण प्रक्रीया, बिद्यालय दरबन्दी मिलान ,गुणस्तरीय सेवा प्रदान गर्न प्राय: विद्यालयमा बिज्ञान प्रयाेगशालाकाे व्यवस्था,कम्युटर ल्याब,प्रत्येक विद्यालयका प्रअ संग विद्यालयकाे शैक्षिक स्थिति बारे संवाद,प्रत्येक विद्यालयमा अनुगमन र मूल्याकंनको पाटोलाई मुजबुत बनाएकाे बताए ।
साथै बिद्यालयका भवन र क्षात्रवास निर्माण, नयाँ प्रविधि र सुहाउँदो प्रतिस्पर्धात्मक शिक्षा कसरी बनाउने भनेर पालिमा सरकार लागिरहेको र सोही अनुसारका कार्यक्रम सञ्चालन गरिएकाे उहाँको भनाइ छ । शिक्षा क्षेत्रलाई मजबुत बनाउँन हरेक विद्यालयमा शैक्षिक बहस,विद्यार्थीका अभिभावक सङ्ग छलफल तथा संवाद,विद्यार्थीहरुलाई हरेक जनचेतनामूलक कार्यक्रम दिईदै आएकाे राेकायाले बताए । प्रत्येक विद्यालयका शिक्षकहरुलाई शिक्षा सम्बन्धि तालिम,विद्यार्थीहरुलाई अध्ययन गर्न सहज वातावरणकाे सिर्जना गरिए आएकाे राेकायाले बताए ।
साथै दीर्घकालीन गुणस्तरिय शिक्षालाई विशेष ध्यान दिदै बाल कक्षाबाटै बालबालिकाको क्षमता विकास गराउन पढाई र सिपमा एकाग्र गर्न मनाेरञ्जनात्मक कार्यक्रम,विभिन्न सिपमुलक तालिम,लगायतका विभिन्न कार्य गरिदै आएकाे बताए । पालिकाकाे शैक्षिक स्थिति साेचेजस्ताे निकै नै उपलब्धिमुलक त भन्न सकिन्न तर पालिकाकाे तर्फ बाट गरिने प्रयासले शैक्षिक स्थितिमा पहिलेकाे भन्दा धेरै सुधार आएकाे अध्यक्ष राेकायाले दावी गरे।
नेट ईन्टरनेटकाे लागी अग्ला डाडापाखा ,रुख चढ्नु पर्ने बाध्यता?? के साच्चिकै नेट ईन्टरनेटकाे पहुँचमा पुग्न रुख नै चढ्नुपर्छ त ??
पालिकामा नेट ईन्टरनेटकाे लागी ज्यादती रुपमा सामाजिक सञ्जालमा मानिसले राैईलाे खेले पनि अग्ला डाडापाखा र रुख चढ्नुपर्ने अबस्थामा नरहेकाे राेकायाले बताए । भन्ने र खन्नेकाे पछी लाग्नु भन्दा पनि यथार्थ रुपमा त्यस बिषयमा थाहा पाएर बाेल्दा उचित हुने उनले बताए ।
पालिकामा पहिलेकाे तुलनामा तुलनात्मक रुपमा नेट ईन्टरनेटकाे सुविधा भएको बताएका छन। सबै वडा नेट ईन्टरनेटकाे पहुँचमा छन्।फाेरजी टावर निर्माण लगायत यस क्षेत्रमा गरिनु पर्ने विकास भईरहेकाे राेकायाले बताए । याे नेट ईन्टरनेट नपाएर रुख चढ्नुपर्ने,अग्ला डाडापाखा धाउनुपर्ने कुरा खाली मिथ्या रहेकाे उनले स्पष्ट पारे ।
पालिका सरकारकाे तर्फबाट यस क्षेत्रमा महत्त्वपूर्ण कार्य भईरहेकाे बताउँदै अध्यक्ष राेकायाले सबैले सजिलै तरिकाले सामाजिक सञ्जाल,फेसबुक,टिकटक लगायत फाेन द्वारा टाढा रहेका आफन्तजनहरु सङ्ग कुराकानी गर्न सकिने अवस्था रहेकाे बताए । कुनै दिन माैसममा प्रतिकुल समस्या आएकाे खण्डमा उक्त दिन नेट ईन्टरनेट आउने जाने कुरामा उहाँकै स्वीकार गरेका छन्।
स्वास्थ्य, खानेपानीकाे क्षेत्रमा के छ त अबस्था?? ,“ झिलिमिली गाैमुल” के साच्चिकै हाेत? विजुलीकाे पहुँच के कत्तिकाे छ ?
पालिका अध्यक्ष राेकायाले पालिकाकाे स्वास्थ खानेपानी र विजुलीकाे क्षेत्रमा उल्लेख्य सुधार भएको बताएका छन्।स्वास्थ क्षेत्रमा हरेक वडा र दुर्गम बस्तीहरुमा स्वास्थ केन्द्र,वर्थिङ सेन्टरकाे व्यवस्था , स्वास्थ्यकर्मी र विभिन्न प्रकारका निशुल्क औषधिको कमी हुन नदिएकाे बताए ।
दुर्गमका नागरिकलाई स्वास्थकाे पहुँचमा सहजै पुर्याउन सकेकाे हुँदा आफू ,“ हेल्थ अवार्ड ” बाट सम्मानित भएको बताउँदै अध्यक्ष राेकायाले पालिकामा सहजै रुपमा स्वास्थ सेवा सुचारु भईरहेकाे बताएका छन्।आधारभूत अस्पतालमा चिकित्सककाे व्यवस्था,नियमित स्वास्थ्य शिविर ,जटिल रोगका विमारीकाे पहिचान तथा उपचारमा आर्थिक सहयोग लगायतका कार्य गरिदै आएकाे उनले बताए ।
साथै वडानम्बर २ मा १० शैयाको अस्पताल निर्माण कार्य जसले गर्दा त्यहाँका नागरिकलाई सहजै स्वास्थ उपचारमा सहज हुने,पालिकामा चिकित्सकको कमी नहोस भनेर पालिकाबाट चिकित्सक पढ्न चाहनेलाई दुई वर्ष गाउँमै काम गर्ने शर्तमा छात्रबृत्ति लगायतकाे व्यवस्था गरिएको राेकायाले बताए ।सबै स्थानीयकाे व्लड ग्रुप पहिचान,सहज रुपमा सेवा प्रवाह लगायतका कार्य गरिएको उनले बताए ।गाउँपालिकाले स्मार्ट हेल्थ ग्लोवल परियोजनासंग सहकार्य गरी पालिकाभरिका नागरिकहरुको स्वास्थ्य सुधार गर्ने लक्ष्यका साथ उक्त सेवा सञ्चालनमा ल्याईएको गाउँपालिका अध्यक्ष रोकायाको भनाई छ ।
साथै पालिकामा खानेपानीकाे लागि पालिकाका सबै वडा,टाेलटाेलमा उचित खानेपानीकाे व्यवस्था रहेकाे बताएका छन्।पालिकाका सबै जनता खानेपानीको पहुँचमा छन् । वडानम्बर १ का गाउँबस्ती र वडा नम्बर ३ को माझपालीमा एक घर एक धारा निर्माण,।अन्य चार वडामा पनि प्रत्येक घर घरमा खानेपानीको धारा निर्माण लगायतका कार्य गरिदै आएकाे कुरामा राेकायाले जाेड दिए ।
पालिकाका सबै नागरिकलाई खानेपानीकाे पहुँचमा पुर्याउन नगर सरकार कटिबद्ध रहेकाे बताउँदै अझै खानेपानीलाई थप व्यवस्थित बनाउँन कार्य याेजना अघि बढिरहेकाे समेत अध्यक्ष राेकायाले बताए । अन्य पालिकामा खानेपानीकाे समस्याले हाहाकार भन्ने जस्ता समाचार आफ्नो पालिकामा प्राय: नसुनिने उनले भने।सबै नागरिकलाई खानेपानीकाे पहुँचमा हामीले पुर्याएका छाै।यहाँका जनताले सहजै रुपमा खानेपानी सेवन गरिरहनु भएको छ।
“ झिलिमिली गाैमुल” के साच्चिकै हाेत? के भन्छन यस विषयमा गाउँपालिका अध्यक्ष राेकाया??
अध्यक्ष राेकायाले “ झिलिमिली गाैमुल”के साच्चिकै हाेत? भन्ने विषयमा उनले जवाफमा आफ्नै पालिकाकाे खर्चबाट विद्युत उत्पादन गरेर सबै बस्तीमा विजुली झिलिमिली पारिएको बताए ।
पालिकाका सबैबस्ती विजुलीको पहुँचमा छन । गाउँपालिकाको–१ मा १०० किलोवाट विद्युत उत्पादन गरेका छौ । गाउँपालिका र काँदुरी एग्रीकल्चर एड एसोशियसन पोखराको सहकार्यमा सो विद्युत उत्पादन गरिएको समेत उनले बताए । यहाँका स्थानीयको श्रमदान र काँदुरी एग्रीकल्चर एड एसोशियसन पोखरा झण्डै ११ करोडमा उक्त विद्युत उत्पादन गरि विजुली दिईएकाे छ ।
साथै सिमधारा लघुजलबिद्युत बाट पनि विद्युत प्रवाह भईरहेकाे बताए । गाउँपालिकाका सबै वडा तथा गाउँ बस्ती बिजुलीकाे पहुँचमा रहेकाे कुरा बताउदै अध्यक्ष राेकायाले स्थानीय हामी विजुली,खानेपानी काे पहुँचमा पुगेनाै भन्ने कुरा सायद नउठाउने अबस्था रहेकाे प्रष्ट पारे।
पालिकाले कृषि क्षेत्रकाे लागी के- कस्तो कार्य गरिरहेकाे छ त ? के नागरिक गाउँमै स्वराेजगार बन्न सकेका छन् त ?? कृषि क्षेत्रमा के-के गरियाे??
अध्यक्ष राेकायाले कृषि क्षेत्रको विकासमा आफुहरु लागीपरेकाे बताएका छन्।गाउँमै स्थानीय उत्पादित रैथाने बालीकाे संरक्षण तथा प्रबर्द्धनमा जाेड, परम्परागत खेतीलाई आधुनिकरण,कृषकहरुलाई कृषि खेती के कसरी गर्ने भन्ने कुरामा सिपमुलक तालिम,जडीबुटीकाे संरक्षण तथा प्रबर्द्धन,कृषि क्षेत्रमै पालिकालाई उत्पादनमुखी बनाउँन स्थानीय बालीनाली तथा प्रविधिमा जाेड दिईदै आएकाे राेकायाले बताउनुभयाे।
साथै प्रधानमन्त्री राेजगारले केही युवालाई रोजगारी दिन सहज तर गाउँमा बेरोजगार बढी र पालिकाको आयस्रोत कम भएकोले सबैलाई गाउँमै रोजगारको व्यवस्था गर्न नसक्ने अबस्था रहेकाे राेकायाले बताए ।आवश्यक ठाउँमा सिचाईकाे सुविधाकाे व्यवस्था ,बाझाे जग्गाकाे सदुपयाेग गरेर बालीनाली लगाउने कार्य भईरहेकाे समेत उनले बताए ।
साथै पालिकाले स्थानीय उत्पादिन धान, गहुँ,मकै,काेदाे लगायतका बालीहरुकाे प्रबर्द्धन, बाँझो जग्गाम स्याउँ, सिमी, जौ, मकै, कोदो, फापर, मसला, सुन्तला, आलु, किभी, दाते ओखर, अलैची लगायतका उत्पादनलाई जाेड दिई पालिकाकाे कृषि क्षेत्रलाई बलियाे बनाउदै आएकाे छ ।त्यहाँ उत्पादन गरेका कृषि उपज बस्तुलाई बजारिकिकरण गरेर उत्पादन तथा आर्थकि समृद्धिमा टेवा पुर्याउदै आएकाे छ ।
साथै पालिकाले गाउँमै उत्पादित स्याउँ, सिमी, जौ, मकै, कोदो, फापर, हल्दी मसला, सुन्तला, आलु, किभी, दाते ओखर, अलैची टाढाका बजारसम्म बेच्ने र आम्दानी लिन कृषकलाई प्रेरित गर्ने गरेकाे छ । गाउँपालिकाकाे सिमि देशका ठुला शहर,काठमाडौ,नेपालगञ्ज,धनगढी लगायतका शहरमा बेच्ने गरिएको समेत बताए ।यहाँका स्थानीय उत्पादन बजारिकरण गरि कृषकहरुलाई आम्दानी गर्नमा सहज वातावरण सिर्जना भईरहेकाे समेत उनले बताए ।
पालिकामा बाझाे जग्गा खाेजेर कुन माटाेमा कस्ताे चिज फल्छ त्यसकाे परिक्षण गरि विभिन्न बालीनाली लगाईदै आएकाे,विदेशबाट स्याउका बिरुवा खरिद गरेर वडानम्बर १ को अन्द्राडीमा रोप्ने लगायत कार्य भईरहेकाे समेत उनले बताए । माटो अनुसारको खेती गरेर यहाँका स्थानीयको आर्थिक अवस्थामा सुधार गर्न विभिन्न कार्य पालिकाले गरिरहेकाे राेकायाले बताए ।साथै पालिकाले जडीबुटी,भेडाबाख्रा पालन व्यवसायलाई पहिलाे प्राथामिकतामा राख्दै आएकाे बिशेषत: जडीबुटी व्यवसायलाई पालिकाले बढि जाेड दिदै आएकाे छ ।
यता सडक सञ्जालकाे कुरा गर्दा पालिकाले एक वडा बाहेक सबै वडामा सडक सञ्चालको पहुँच पुर्याएकाे छ । वडा नम्बर १ मा सडक सञ्जालकाे पहुँच पुर्याउन पालिकाले सडक निर्माण कार्यलाई तिब्रता दिदै आएकाे छ । असार सम्म सडक पुर्याई सक्ने लक्ष्य सहित पालिकाल डेढ कराेड रकम विनियाेजन गरेर त्यहाँ सडक पुर्याउने कार्य गरिरहेकाे छ ।बर्षातकाे समयमा गाडी नचल्ने ठाउँमा तत्काल सडक निर्माण लगायतका कार्य पालिकाले गरिरहेकाे छ ।
पालिकाकाे मदिरा नियन्त्रणका लागि मदिरा कार्ड के- कस्ताे प्रभावकारी बन्याे? बन्दै छ त??
यस विषयमा गाउँपालिका अध्यक्ष राेकायाले याे प्रक्रीयाले गाउँपालिकामा सहजता थपिएको बताए । पालिकाले मदिरा नियन्त्रणका लागि मदिरा कार्ड लागू गरे सङ्गै पालिकामा लागू पदार्थ,दुर्व्यसनमा केही कमी आएकाे बताए ।
पालिकामा अत्याधिक मदिरा सेवनले गाउँघरमा झै-झगडा,परिवारमा खटपट लगायत समाजलाई प्रभाव पार्ने समस्या सिर्जना भईरहेकाे बेला यस नितिले राम्रो छाप दिएकाे बताएका छन् । उनले भने,,“ याे नितिले कार्ड बनाउन प्राय: असजिलाे मान्ने,कार्ड बनाउनेहरु पनि अरुलाई खुवाउने र अरुबाट खान छाेड्ने गरेका छन् “।यसले गर्दा अहिले गाउँ घरमा झै-झगडा र महिला माथि हुने हिंसामा पनि कमी आएको उनले बताए ।
गाैमुल किम जाेन उन अर्थात उतर काेरियाकाे क्षेत्र हाे?? अध्यक्षले त्यस्तै बनाए ?? के साच्चिकै अध्यक्षले यस्ताे गरेकै हुन् त ??
अध्यक्ष राेकायाले यस विषयमा,पालिकालाई किम जाेन उन अर्थात उतर काेरियाकाे क्षेत्र बनाएकाे प्रती आफु सहमत नभएको बताएका छन्।उतर काेरियाकाे जस्ताे हावी प्रवृत्ति हामीले गर्नै नसक्ने बताउदै अध्यक्ष राेकायाले,हामी जनताबाट चुनिएर जनताकाे हक हितकाे निम्ति राजनितिमा उदाएकाले यस्ताे एकलाैटी शासन गर्न नसक्ने कुरामा स्पष्ट पारेका हुन्।
उतर काेरियामा एकतन्त्री शासन चल्ने गर्थ्याे। नत त्यहा राम्रो सडककाे अबस्था थियाे।नत शिक्षा,स्वास्थ यातायात ,सञ्चार अरु त कुरै छाेडाै प्रविधिलाई पनि नजिकबाट हेरिदैन थियाे।माेबाईल प्रतिबन्ध थिय। धेरै सन्तान जन्माउनु पर्थ्याे।त्यस्तो कठाेर शासन त्यहाँ थियाे। त्यस्तै तरिकाकाे व्यवहार आफ्नाे हाेडबाजी गाैमुल गाउँपालिकाका अध्यक्ष राेकायाले गरेकाे कतिपयले बताउँदै आए पनि अध्यक्ष राेकायाले त्यस्ताे अमानवीय कुरा कत्ति गर्न नहुने र त्यस्ताे प्रवृति नभएकाे जिकिर गरेका छन्।
पालिकाकाे विकास समृद्धि जुटेर जनताकाे हक हितमा हिडेकाे कहाँ म यहाँको पालिका अध्यक्ष ,एक कडा शासककाे रुपमा २७ बर्षमै सत्ता समालेमा कहाँकाे किम जाेन यसमा तुलना गर्नै नहुने उनले बताए ।अध्यक्ष राेकायाले भने,“ मैले पालिकालाई यस्ताे बनाएकाे हैन्,कदावी हुने छैन्,भन्ने र खन्नेहरुले गर्दा किम जाेन उनकाे क्षेत्र बन्न पुगेकाे हाे ” ।आफु सधैं पालिका र पालिकाका जनताकाे हक हितमा लड्दै भिड्दै पालिकालाई विकासमा लयमा फर्काउदै आएकाे पालिका अध्यक्ष हु,उहाँले भन्नुभयाे ।।
पालिका अध्यक्ष पालिकामा नबस्ने आरोप ?? अनि कसरी पालिकाकाे विकास समृद्धिमा टेवा पुग्छ?? के साच्चिकै अध्यक्ष पालिकामा बस्दैनन् त ?? के भन्छन् यस विषयमा अध्यक्ष राेकाया??
गाउँपालिकाका अध्यक्ष राेकायाले पालिकाकाे विकास,समृद्धिमा टेवा पुर्याउन पालिकामै बसेर केही नहुने हुँदा आफु पालिकाकै विकासकाे निम्ति माथिल्लो तह तप्कामा जाने हुँदा यसबारे गलत अर्थ लाउँन नहुने बताए ।पालिकामा आफु हुँदा-न हुँदा पनि सहज रुपमा सेवा प्रवाह भईरहने कुरामा उहाँले जाेड दिए।
समग्र गाैमुल गाउँपालिकाकाे विकासमा अगाडि बढिरहदा कतिपय समयमा आफु पालिका नहुने कुरा स्वीकार गरेका छन् । तर पालिकामा नबस्ने जनप्रतिनिधिले के गर्न सक्लान भन्ने प्रवृति कसैले साेच्न र दिमागमा राख्न नहुने बताए । पालिकाकाे निमित्त राम्रो कार्य गरिरहदा कतिपयले खुट्टा तान्दै,कुरा काट्दै, अध्यक्ष पालिकामा बस्दैनन्,किम जाेनकाे क्षेत्र बनायाे,लगायतका यावत् कुराहरुकाे आक्षेप लगाए पनि आफुले गलत नगरेकाेले कुनै असर नपर्ने बताए ।
हुनत कतिपय स्थानीयहरुले गाउँपालिका अध्यक्ष पालिकामा नबस्ने,कार्यवाहककै भरमा पालिमा चल्नुपर्ने बताउदै आएपनी अध्यक्ष राेकायाले भने याे कुरा अस्विकार गर्दै आएका छन्। उनले भने,“ आफु पालिकाकाे कामकाे निम्ति बाहिर गएकाे हुन्छु,भनेकै समयमा कार्यालयमा नहुन पनि सक्छु,यसलाई गलत अर्थ लगाउँनु हुन्न” । समग्र गाैमुल बासीहरुकाे हक हितकाे लागी पहिलाे कार्यकालबाटै कटिबद्ध रुपमा लागेकाे छु,फेरि पनि लागी रहने छु, अध्यक्ष राेकायाले भने ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर