
बाजुरा: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर विश्वकर्माले कुनै पनि अपराधिक घटनाहरुलाई राजनितीक रङ दिन नहुने बताएका छन्।बडीमालिका नगरपालिकाले आइतबार आयोजना गरेकाे स्वागत तथा भेटघाट कार्यक्रममा बाेल्नुहुदै डिआईजी विकले यस्तो बताएका हुन्।

कुनै पनि अपराधिक घटनालाई राजनितिक रङ नदिएर अपराधकै रुपमा लिनुपर्ने उनले बताए । कुनै अपराधिक घटनाहरुलाई राजनितिक पावर लगाएर भित्र भित्रै मिलाउने प्रयास गरिने हुँदा यस्ताे प्रवृति कदापी हुन दिनु हुन्न भन्ने कुरामा उहाँले जाेड दिए।उनले भने,“समाजमा हरेक घटनाहरु घट्छन,ती घटनाहरुलाई अपराधकै रुपमा लिनु पर्छ,यदि राजनितिक रङ दियाे भने पीडितलाई न्याय पाउदैनन्”।
नागरिकको आधारभूत सुरक्षाका लागि कटिबद्ध भएर लाग्ने सुरक्षाकर्मीले पनि जनताकाे साथ सहयाेग लिएर अगाडि बढ्नुपर्ने बताए । सम्पुर्ण नागरिकककाे सुरक्षाकाे लागि लागीरहने सुरक्षाकर्मी समाजकाे प्रमुख अङ्ग भएकोले सबैकाे साथ सहयाेग विना प्रहरीले पनि कुनै कार्य गर्न नसक्ने कुरामा उनले जाेड दिए।
समाजमा व्याप्त रुपमा घटिरहने अपराधीक घटनाहरुलाई राजनितिक आँखाले हेर्न थाल्याे भने त्याे व्यक्ति तथा संस्थाकाे कुनै प्रगति नहुने उल्टै विवादास्पदकाे समस्या सिर्जना हुने उनले बताएका हुन्।कुनै पनि अपराधीक घटनालाई अपराधकै रुपमा हेरेर अगाडि बढ्दा प्रहरी प्रशासनकाे पनि ईज्जत बढ्ने कुरामा उनले जाेड दिए ।
कार्यक्रममा बाेल्दै डिआईजी विक बाजुरा जिल्लाकाे शान्ति सुरक्षालाई थप बलियाे बनाउँन यहाँको प्रहरी प्रशासन कटिबद्ध भएर लाग्नु पर्ने बताए । पछिल्लो समय समाजमा लागू – पदार्थ दुर्व्यसन गरेर समाजमा नकारात्मक असर गर्दै जाने लगायतका यावत् समस्याहरुलाई निर्मुल पार्न यहाँकाे प्रहरी प्रशासन जिम्मेवारीपुर्वक लाग्नु पर्ने विकले बताए ।
साथै जिल्लामा घटिरहेका घटनाहरुकाे बारेमा आम नागरिकलाई सुसूचित गर्न गराउँन पत्रकारले महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा जिल्लामा भईरहने घटना परि-घटनाकाे बारेमा पत्रकारलाई समयमै जानकारी गर्न गराउँन समेत उनले अनुराेध गरे। भर्खरै सरुवा भएर बाजुरामा आएका प्रहरी प्रमुख ईकवाल हवारी समक्ष डिआईजी विक ले समग्र जिल्लाकाे शान्ति,सुरक्षा अमनचयन कायम गर्न र सुचना सुसूचित गर्न सञ्चारकर्मीलाई पहिलाे प्राथामिकतामा राखेर काम गर्न आग्रह समेत गरे।
नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख विक सहितको टोलीलाई नगरपालिकाले मायाको चिनो सहित स्वागत गरेको थियो ।स्वागत तथा भेटघाट कार्यक्रममा प्रहरी प्रमुख ईकवाल हवारी,नगर उप- प्रमुख नन्दा कुमारी थापा,जिल्ला स्थिति सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि,नगरपालिकाका कर्मचारी,स्थानीय लगायत पत्रकारकाे सहभागीता रहेकाे थियाे ।कार्यक्रमकाे सञ्चालन राेजगार संयाेजक प्रमिला थापाले गर्नु भएको थियाे।
वैशाख २४ गते सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड समालेका डिआईजी विश्वकर्माले जिल्लाको शान्ति सुरक्षा र चिनजानका लागि बाजुराबाट पहिलाे जिल्ला भ्रमण सुरुवात गरेका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर