
बाजुराः बुढिगङ्गा नगरपालिकाको “समृद्धिका लागि बुढिगङ्गा विकास कचहरी” सुरु भएको छ । नगरपालीकालाई “सुखी र समृद्ध” नगरपालिका बनाउने उद्देश्यका साथ “समृद्धिका लागि विकास कचहरी” कार्यक्रम नगरपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीसंगको सहकार्यमा नगरपालिकाको केन्द्र कुल्देवमाण्डौंमा आजबाट सूरु भएको हो ।

कार्यक्रमको सुदुरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख तथा संविधान सभा सदस्य देवराज जोशीले पानसमा बत्ती बालेर औपचारीक रुपमा उद्धघाटन गर्नुभएको हो ।तिन दिन सम्म चल्ने उक्त कार्यक्रममा आएका सुझाव संकलन गरी अन्तिम दिन २० वर्षका लागि सात बुँदे घोषणा पत्र जारी गर्ने गरी कार्यक्रम संचालन गरिएको नगर प्रमुख राम बहादुर बानियाँले बताए ।
नगरपालिकाकाे समृद्धि र विकासका लागि नयाँ अभ्यास स्वरूप विकास बहस गर्न कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख बानियाँले बताए ।स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षित पूर्वाधारको सम्भावनालाई बढवा दिन कार्यक्रम गरिने र आगामी २० वर्षसम्मको स्वरूप तयार गर्ने गरि कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख बानियाँको भनाई छ ।
यस कार्यक्रमले बुढिगङ्गाको मात्रै नभई सिङ्गो बाजुराकै बिकाश समृद्धि ठुलो टेवा पुग्ने अपेक्षा आफुले लिएको नगर प्रमुख बानियाँले बताए । यसले व्यक्ति र समाजमा सकारात्मक प्रभाव पार्नुका साथै विकासमा महत्त्वपूर्ण सहयोग हुने समेत उनले दावी गरेका छन् ।सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढिगंगाको विकास र समृद्धिको अघि बढाउन ‘समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी’ आयोजना गरिएको बताइएको छ ।
“समृद्धिका लागि विकास कचहरी अवधारणा पत्र बनाई बाजुरा र नगरपालिकाको समग्र बिकासमा सहयोग पुग्ने अपेक्षा कतिपय स्थानीयले समेत लिएका छन्। सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्धारा संवाद छलफल र बहस गरिने कार्यक्रमले बाजुरा र नगरपालिकाको विकासमा राम्रो छाप छोड्ने अपेक्षा लगिएको छ ।कार्यक्रम २९ गतेसम्म चल्ने छ ।स्थानीय तहमा रहेको विकास सम्बन्धी समस्या, आवश्यकता र प्राथमिकतालाई पहिचान लगायत विषयमा बहस तथा संवाद गरिने भएको छ ।
यस कार्यक्रमले अहिलेको समाजमा भईरहेका घटना परिघटना, स्थानिय तहको विकास समृद्धि,लगायतका क्षेत्रहरुको सुधार गर्न बलियो खम्बाको रुपमा रहेर काम गर्ने अपेक्षा छ । “समृद्धिका लागि विकास कचहरी” कार्यक्रम बुढिगङ्गाले जिल्लामै नयाँ कार्यको थालनी गरेको हो ।पछिल्लो समय बुढीगंगा नगरपालिकाले विभिन्न नयाँ कार्यको थालनी गर्दै गईरहेको छ भने सिंगो पालिकालाई नमुना पालिकाको रुपमा बदल्न विकास निमार्ण संगै अन्य क्रियाकलापहरुलाई बिशेष जोड दिदै आएको छ ।
नगर प्रमुख राम बहादुर बाँनियाको अध्यक्षतामा सुरु भएको “समृद्धिका लागि बुढिगङ्गा विकास कचहरी” कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख तथा संविधान सभा सदस्य देवराज जोशी रहनु भएको थियो । त्यस्तै नेपाल सरकारका पुर्व उद्योग मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा बिशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रतिनिधि सभाका निर्वतमान सांसद तथा बाजुरा जिल्ला इन्चार्ज लाल बहादुर थापा,संविधान सभा सदस्य,बसुन्धारा रोकाया,संविधान सभा सदस्य पेम्बा गुरुङ भोटे,प्रदेशका सरकारका पुर्व मन्त्री,प्रकाश शाह,पुर्व प्रदेश सभा सदस्य बलदेव रेग्मी,देवकी मल्ल,प्रदेश निति तथा योजना आयोगका सदस्य,शेर बहादुर भण्डारी,जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, उपप्रमुख लाछु सार्की,प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय,लगायत अतिथि रहेका थिए ।
कार्यक्रममा स्थानीय तहका प्रमुख,उपप्रमुख,बुढीगंगाका सबै वडाका वडा अध्यक्ष, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,सुरक्षाकर्मी,विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगायत स्थानीयको सहभागीता रहेको छ ।नगर उपप्रमुख माया कुवँर खड्काले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन नगरपालिकाका राेजगार सहायक टंक शिंहले गर्नु भएको हो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर