
शेरबहादुर सार्की,बाजुराः बाजुरामा बाढीपहिरोबाट उच्च जोखिममा रहेका अधिकाशं स्थानीयका चिन्ताका दिन सुरु हुन थालेका छन् ।यहाँको बुढीगङ्गा, खप्तड छेडेदह , त्रिवेणी , गौमुल , बडिमालिका , बुढीनन्दा , स्वामिकार्तिक , जगनाथ र हिमाली गाउँपालिका लगायत झण्डै एक सय पैतिस बस्ती लामो समय देखि बाढीपहिरोको उच्च जोखिममा रहँदै आएका छन् ।

गाउँको तलमाथि वरिपरीबाट थोरै पानी परेपनि पहिरो बग्ने गरेकोले यहाँका स्थानीयलाई वर्खाको समय पहिरोले बस्ती नै छापिने होकी भन्ने डर हुने भएकोले वर्खा लागेसँगै उनीहरुका चिन्ता दिन सुरु हुन थालेका हुन् ।गाउँको माथिबाट निरन्तर पहिरो बगिरहन्छ । त्यो पहिरोको नजिक घर छ । अब वर्खा लागेपछि त्यो घरमा कसरी बास बस्ने भन्ने अहिले नै चिन्ता सुरु हुन थालेको खप्तड छेडेदह गाउँपालिका –३ धनाल्त धुर्तोलाका धनबहादुर रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो , “ गाउँ नजिक धनाल्तको ठुलो पहिरो छ । त्यो पहिरो हिउँदमा रोकिन्छ । वर्खाको समय फेरि बग्न सरु हुन्छ । त्यसको डर छ । तर आर्थिक अभावका कारण अन्य कतै जान सकेको छैन् ।” हिउँदका महिना आनन्द मनले घरमा बास बस्ने गरेको थिए । अब वर्खा लाग्यो अनि चिन्ता पनि सुरु भएको रावतले बताउनुभयो ।
यो चिन्ता धनाल्तका धनबहादुर रावतको मात्र होईन यहाँका नाईना, गुईवन , बजेडी र अम्कोटबासीको पनि उस्तै छ । यहाँका स्थानीयले त वर्खाको समय पानी पर्ने वित्तिकै घर छोडेर चौरमा त्रिपाल हाल्ने गर्दछन् । उनीहरुको हिउँदमा घर र वर्खाको समय चौरको त्रिपालको बास हुने गरेको छ । हुन त पछिल्लो समय यहाँका स्थानीयलाई वर्खाको समय पहिरो आएपनि भाग्न सहज हुने गरी गाउँ नजिक साईन नै जडान गरेको छ ।
बजेडी गाउँ लामो समय देखि पहिरोको जोखिममा रहेकोले यहाँ वर्खाको समय यो बस्तीका स्थानीयलाई भाग्न सहज हुने गरी साईन जडान गरिएको हो । स्थानीय सरकारले यी बस्ती स्थानान्तरणका लागि जिल्ला प्रशासनलाई पत्र पठाएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले जोखिमका बस्तीलाई स्थानान्तरणका लागि गृहमन्त्रालयमा माग गर्दै आएको छ ।
सधै वर्खामा गाउँ छोडेर माथि डाँडामा त्रिपाल हालेर बस्थ्यौ । तर गत वर्षको वर्खामा भने गाउँमा साईन जडान गरिएकोले त्यसैको साहारामा कतै नगएर घरमै बसेको बुढीगङ्गा नगरपालिका –२ बजेडीका स्थानीय गोपाल लुहारले बताउनुभयो ।उहाँले भनुभयो , “ गुईबनको पहिरोले पुरै बजेडी बस्ती खाली गरिसक्यो । धन हुनेले गाउँ छोडी सक्यो । केही नहुने मात्र यहाँ बसेका छौ ।”
हिउँमा पनि पहिरो निरन्तर बगिरहेको छ । वर्खामा त झन कुरै नगरौ । यसले हामीलाई कुन रातमा पहिरोमा पुर्ने हो केही थाहा नभएको लुहारले बताउनुभयो ।बाजुरामा झण्डै एक सय ३५ भन्दाबढी गाउँ बस्ती बाढिपहिरको उच्च जोखिममा छन् । यी बस्तीलाई बिगतका केही वर्ष देखि नै स्थानान्तरण गर्नेु पर्ने हो । तर अहिले सम्म ती बस्ती कतै स्थानान्तरण भएका छैनन् ।
यता बाढीपहिरोबाट प्रभावित भएका घरपरिवारका लागि यती बेला अस्थायी टहरा निर्माणका लागि झण्डै छ करोड रुपियाँ आएर स्थानीय तहको खातामा राखिदिएको जिल्ला प्रशासनका कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
उहाँले भन्नभयो , “ बस्ती स्थानान्तरणका लागि जिल्लाको नौ वटै स्थानीय तहबाट आएका सबै सिफारिस गृहमन्त्रालयमा पठाएका छौ ।”बस्ती स्थानान्तरण गर्ने वा नगर्ने भन्ने कुरा उताबाट अहिले सम्म केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमखु जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर