• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

हातेकागज उद्योग पछिल्लो समय सङ्कटमा पर्दै

खप्तड मालिका न्युज May 10, 2025 मा प्रकाशित (१ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

शेर बहादुर सार्की,बाजुराः बाजुरामा सञ्चालनमा हुँदै आएका नेपाली हातेकागज उद्योग पछिल्लो समय सङ्कटमा पर्ने गरेका छन् ।बिक्रीका लागि जिल्लामै बजार नपाउँनु तथा स्थानीय तहले अनुदानका कार्यक्रमहरु नल्याउँनुले पछिल्लो समय जिल्लामा सञ्चालन हुँदै आएका नेपाली हाते कागज उद्योग सङकटमा पर्न थालेका हुन् ।

यहाँ उत्पादन हुने गरेका अन्य बस्तुले गाउँमै बजार पाउने गरेको भएपनि नेपाली हातेकागज बिक्री गर्न भने यहाँका सञ्चालकहरुलाई फलामको चिउरा चपाउँनु जस्तै हुने गरेको छ । बाजुरामा दर्ता भएका दर्जनौ नेपाली हाते कागज उद्योगले समयमै बिक्री गर्नका लागि बजार नपाउँदा सङकटमा पर्ने परेका हुन् ।

बजारको अभाव तथा बिक्री वितरणमा समस्या भएकै कारण यहाँका केही उद्योग पछिल्लो समय बन्द हुँदै गएका छन् ।घरेलुमा एक दर्जन भन्दाबढी नेपाली हाते कागज उद्योग दर्ता भएको भएपनि अहिले सञ्चालनमा भने चार वटा उद्योग मात्र रहेका छन् ।

जसमा हिमाली गाउँपालिकाको –१ को विच्छ्या,बुढीनन्दा –९ को पाण्डुसैन, गौमुलको – १ को भौनरा र त्रिवेणी –६ को पन्धारामा नेपाली हातेकागज उद्योग उद्योग सञ्चालनमा छन् ।यहाँका उद्योग सञ्चालनहरुले बडुको लोक्ताबाट यो कागज उत्पादन गर्ने गर्दछन् । उद्योगले कागज उत्पादनका लागि कच्चा प्रदार्थ गाउँमै पाउने गरेको भएपनि बिक्रीका लागि भने उनीहरुले जिल्ला भन्दा बाहिर लिनु पर्ने समस्या रहँदै आएको छ ।

उत्पादन गरेर कागज बिक्री नहुँदा यहाँका अधिकाशं उद्योग निकै सङ्कटमा पर्ने गरेका हुन् । यहाँका केही उद्योग फाटफुट रुपमा सुचारु हुने गरेको भएपनि अरु आठ उद्योग भने अझै बन्द अवस्थामा छन् ।गाउँमा उत्पादन गरेको नेपाली हाते कागजले बजार नपाउँदा बिक्रीमा समस्या हुने गरेको त्रिवेणी नगरपालिका –६ का प्रतिभा नेपाली हाते कागजका सञ्चालक धना थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ जसरी हामीले गाउँमै कच्चा प्रदार्थ सहजरुपमा पाउँने गरेका छौ । त्यसै गरी बजारको व्यवस्था भईदिएको भए पनि नेपाली हाते कागज उद्योगलाई सञ्चालन कुनै समस्या हुने थिएन । ”पहिला कागज कसरी उत्पादन गर्ने भन्ने चिन्ता हुन्छ । कागज उत्पादन गरी सकेपछि यसलाई कहाँ लिएर बिक्री गर्ने भन्ने चिन्ता हुने गरेको थापाले बताउनुभयो ।

यहाँ लोक्ता खरिद गर्दा १ केजीको १२० रुपियाँ पर्छ । त्यसको ढुवानी गर्दा ५ रुपियाँ लाग्छ । अलि टाढाबाट खरिद गरेमा दश देखि बीस रुपियाँ पर्छ । अहिले मेरो उधोगले बर्षमा दुइ सय देखि तीन सय कोरी उत्पादन गर्छ । एक कोरीमा झण्डै दुइ सय पीस हुन्छन् । एक कोरीमा छ हजार पाँच सय देखि सात हजार सम्म बिक्री गर्ने गरेको छु ।

यहाँ एक दर्जन नेपाली हाते कागज उद्योग दर्ता भएका छन् । यहाँ नौ वटा स्थानीय तह छन् । यी सबै स्थानीय तहको दैनिक काम काजमा नेपाली हाते कागज अनिवार्य गरिदिएको भएपनि यहाँ उत्पादन भएको नेपाली हाते कागजले गाउँमै बजार पाउँने थियो ।तर यहाँका स्थाानीय तहमा नेपाली हाते कागजको कम प्रयोग हुन्छ । त्यसैले यहाँ उत्पादन गर्ने गरेको यो नेपाली हाते कागजको स्थानीय तहमा कम प्रयोग हुने गरेकोले पनि यहाँ कागजले बजार पाउँन सकस भएको हो ।

गुणस्तर नेपाली हाते कागज उत्पादन गर्नका लागि राम्रो मेसिनको आवश्यक पर्छ । त्यो मेसिन मँ सँग छैन् । आफुले खरिद गर्न सकिदैन । यो मेसिन कतैबाट सहयोग भएदेखि यहाँका धेरै व्यरोजगार युवालाई गाउँमै रोजगारी दिन सकिने थापाले बताउनुभयो ।यहाँका स्थानीयले उत्पादन गरेको कागजलाई यतै प्रयोग गर्ने गरी केही यहाँ जन्म विवाह मृत्यु दर्ता तथा कुनै न्याय समितिका कामका लागि आउने तथा पर्ने गरेका निवेदनमा नेपाली हातेकागजको प्रयोग गर्ने योजना रहेको त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि शाले बताउनुभयो ।

 

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑