• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

पुस्तौ देखि बस्ती स्थानान्तरणको परखाईमा गुम्ला गाउँबासी

खप्तड मालिका न्युज May 10, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

शेरबहादुर सार्की,बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिकाका गुम्ला गाउँबासी बस्ती स्थानान्तरणको परखाईमा रहेका छन् ।२०२२ देखि पहिरोको निकै उच्च जोखिममा रहँदै आएको यहाँका गुम्ला गाउँबस्ती अँझै पनि कतै स्थानान्तरण हुन सकेको छैन् ।

यो बस्ती लामो समय देखि स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद वर्खाको समय ज्यान जोगाउँन समेत निकै कठिन हुने गरेको छ ।बस्ती स्थानान्तरणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार हारगुहार गर्दै आएको भएपनि हाम्रो माग भने कसैले पुरा नगरिदिएको यहाँका स्थानीयले दुखेसो गर्दै आएका छन् ।

हुन पनि हिउँदको सुख्खा समयमा पनि यहाँ पहिरो निरन्तर बगिरहन्छ । वर्खाको बेलमा त कुरै नगरौ । यहाँ झण्डै दुइ सय घरपरिवारको बसोबास छ । अहिले आधा गाउँनै उठि सक्यो । पहिरोले बस्ती खाली गर्दै गएको छ । तर पनि यहाँ कसैको नजर भने गएको छैन् ।

बाध्यताले यहाँका बसोबास गरेका छौ । यहाँ देखि उठेर जाउँ जाने ठाउँ कतै छैन् । यही पहिरो सँग मितेरी लगाएर सँगै बसोबास गरेका छौ । कुन दिन मित्रता टुट्ने हो । केही थाहा नभएको खप्तड छेडेदह गाउँपालिका गुम्लागाउँका स्थानीय विष्णुबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अव वर्खा लाग्न सुरु भयो । हिउँदमा त घरमा राम्रो सँग सुत्ने गरेको थिए । वर्खाको पानी पर्ने वित्तिकै पहिरो बग्न सुरु हुन्छ । यसरी पहिरो बगेपछि कती खेर पहिरोमा परेर घर नै बगाउँने हो भन्ने डर हुन्छ ।”हाम्रो यो अवस्था निकै दयनीय रहेको छ । यो अवस्था देखेर सरकारले कतै बास बस्नका लागि व्यवस्था गरिदिन पाए पहिरोको डर नहुने रावतले बताउनुभयो ।

यस्तै बजेडीका स्थानीयवासी पनि यही पहिरोकै डरैडरमा रात काट्न बाध्य छन् । पहिरोका कारण यहाँका झन्डै ९० घरपरिवार पहिला नै विस्थापित भइसकेका छन् भने १३५ घर परिवार अझैँ पहिरोको उच्च जोखिममा छन् ।यहाँका स्थानीयले पनि सरकार सँग धेरै पटक माग राख्दै आएका छन् । तर पनि उनीहरुको यो समस्या कतै देखि हल हुन सकेको छैन् ।पहिरोका कारण यहाँको झन्डै सात हजार रोपनी जमिन समेत बगरमा परिणत भएको छ भने अझै पहिरो नरोकिएकोले यहाँका स्थानीयको नै उठीबास हुने अवस्था छ ।

अहिले यहाँका स्थानीय साईरनको सहाराले गाउँमा बास गर्दै आएका छन् । साईरनले पहिरो गएको बारेमा जानकारी दिने भएकोले उनीहरु यसैको सहारामा गाउँमा बस्ने गरेका हुन् ।यो मेसिनले पहिरो आएको बेला झन्डै एक किलोमिटर टाढासम्म आवाज दिने गर्छ । बजेडीका स्थानीयलाई मात्र नभई खप्तड छेडेदह गाउँपालिकाको गुईबनबासीलाई पहिरोबाट सतर्क गर्न सक्ने बुढीगङ्गा नगरपालिका –२ का स्थानीय धर्माराज जोशीले बताउनुभयो ।

पहिरोको जोखिम परेर स्थानान्तरण गर्नु पर्ने गाउँ बस्तीलाई स्थानान्तरणका लागि गृहमन्त्रालयमा जानकारी गरेको भएपनि उता देखि अहिले यसको बारेमा केही खबर नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।

 

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑