
बाजुराः त्रिवेणी नगरपालीका वडा न ५ किम्नीमा वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी नगरपालीकाको आयोजना,रेडियो पौरखी, रेडियो बडिमालीकाको समन्वयमा सञ्चालन गरिएको उक्त वडा स्तरिय सार्वजनिक जन समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा २०८१(८२ सम्मका योजना, कार्यक्रम र आयव्ययको विवरण प्रस्तुत गरिएका छ । वडा ५ का अध्यक्ष डिल्ली बहादुर बुढाले यो बर्षमा भएका योजनाहरुको प्रतिवेदन प्रस्तुत गनु भएको थियो ।वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रममा नागरिकहरूले जनप्रतिनिधिहरूलाई प्रश्न गर्दै यहाँ रोड कहिले सम्म पुग्नेहो भनेर प्रस्न गरेका थिए । त्रिवेणी नगरपालिका विकासमा प्रगति भएको भए पनि नागरिकहरूले आधारभूत आवश्यकता पूरा गर्न माग गरेका थिए ।
त्रिवेणी नगरपालीका वडा न ३ अध्यक्ष तथा नगर प्रवक्ता मिन बहादुर भण्डारीले भने कृषि क्षेत्रमा पनि ध्यान दिँदै नागरिकलाई उत्पादनसँग जोड्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको बताए । नगर उपप्रमुखले अव आउने निति तथा कार्यक्रममा पालिकाको समृद्धि यात्रामा अघि बढ्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताइन् । कार्यक्रममा सहभागी नेकपा एमाले प्रदेश सदस्य भरत बुढा,पुर्व वडा अध्यक्ष लगायत वडावासिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो पौरखीकी स्टेशन मेनेजर संगिता तिमेल्सेनाले गर्नु भएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर