
बाजुरा: त्रिवेणी नगरपालीका वडा. नम्बर को वडा स्तरिय सार्वजनिक जन समिक्षा कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी नगरपालीकाको आयोजना, रेडियो पौरखी, रेडियो बडिमालीकाको समन्वयमा सञ्चालन गरिएको उक्त वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रममा २०८१-८२ सम्मका योजना, कार्यक्रम र आयव्ययको विवरण वडा अध्यक्ष गणेश वहादुर शाउँदले योजनाहरुको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रममा नागरिकहरूले जनप्रतिनिधिहरूलाई प्रश्न गर्दै आलोचना र समालोचना गरेका थिए ।
वडा नम्बर ३ का नागरिकहरूले आधारभूत आवश्यकता पूरा गर्न वडा र नगर सरकारलाई माग समेत गरेका थिए।नगर प्रमुखले अव आउँने बजेटमा सबै वडामा समान तरिकाले बजेट ल्याउने बताए।नगरकाे बजेटले नसके पनि संघ सरकार र प्रदेश सरकार संग माग गरेर पनि हामी जनताकाे बिकासमा लागि पर्ने प्रतिबद्दता व्यक्त गरे।
अध्यक्ष गणेश बहादुर शाउँदले वडाबासीहरुका आधारभूत आवश्यकता पूरा गर्न आफु प्रतिबद्द रहेकाे बताए । साथै वडामा कृषि,स्वास्थ,सञ्चार क्षेत्रलाई थप सुधार गर्दै आधुनीकीकरणमा लैजाने बताए।वडाका नागरिकलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम तथा सीप प्रदान लगायतका कार्यक्रम गरिदै आएकाे जानकारी दिए ।
वडा अध्यक्ष गणेश बहादुर शाउदकाे अध्यक्षतामा सञ्चालन भएको वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा कार्यक्रमकाे प्रमुख अतिथि नगर प्रमुख कर्ण बहादुर थापा, बिशिष्ट अथिति नगर उप-प्रमुख कमला न्यौपाने , पाटीका प्रतिनिधि,स्थानीय लगायत पत्रकारकाे सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो पौरखीकी स्टेशन मेनेजर संगिता तिमेल्सेनाले गर्नु भएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर