• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

त्रिवेणीलाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा”

खप्तड मालिका न्युज May 8, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: जिल्लाको त्रिवेणी नगरपालिकालाई “पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा” गरिएको छ । बिहिबार एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख कर्ण बहादुर थापाले औंपचारिक रुपमा पालिकालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना युक्त पालिका घोषणा गरेका हुन्।

“स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता — पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ। बाजुरा जिल्लाका ९ वटा स्थानीय तहहरू मध्ये त्रिवेणी नगरपालिकाले नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा गरेकाे हाे ।

नगरपालिका भित्रका सबै वडामा खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि नगरप्रमुख कर्ण बहादुर थापाले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो । पालिका खोप समन्वय समितिका संयोजक समेत रहनु भएका नगरप्रमुख थापाले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताउनुभयो ।

खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।साथै पालिकालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना गर्न सहयाेग गर्ने,नगरपालिकाकाे स्वास्थ शाखा,प्रमुख प्रशासकीय अधिकृत ,जिल्ला स्वास्थ कार्यालय बाजुरालाई विशेष धन्यवाद समेत दिनुभयाे।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिए संगै सिङ्गाे पालिकालाई नै पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएको हाे। राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो नगरपालिकाकाे स्वास्थ शाखाले जनाएको छ।

यस उपलब्धिले त्रिवेणी नगरपालिकाले जनस्वास्थ्य, खोप कार्यक्रम तथा संस्थागत समन्वयमा गरेको प्रयासको मूर्त प्रमाण दिएको छ। कार्यक्रमका सहभागीहरूले दिगो खोप सेवा प्रवाहका लागि आगामी दिनहरूमा अझ सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्रिवेणी नगरपालिकाले समुदायको सक्रिय सहभागिता, स्थानीय स्रोतको भरपूर उपयोग र सबै पक्षको समन्वय मार्फत स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ। यो सफलता सम्पूर्ण नगरवासीको साझा प्रयास र सहकार्यको परिणाम हो।त्रिवेणी नगरपालिका भित्रका १२ वटा स्वास्थ सस्थालाई नगरपालिकाले सम्मान समेत गरेकाे छ।

नगर प्रमुख कर्ण बहादुर थापाकाे अध्यक्षतामा सञ्चालन भएको पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना कार्यक्रममा नगर उप- प्रमुख कमला जाेशी न्याैपाने, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाह,जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द ,तथ्याङ्क अधिकृत रूगुम थापा, त्रिवेणी नगरपालिकाका सबै वडाका अध्यक्ष , गौमुल गाउँपालिका-४ का अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा अधिकृत, टोली देवल डाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक, त्रिवेणी नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरू,नगरपालिकाका कर्मचारीहरू लगायत पत्रकारकाे उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑