
बाजुरा: जिल्लाको त्रिवेणी नगरपालिकालाई “पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा” गरिएको छ । बिहिबार एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख कर्ण बहादुर थापाले औंपचारिक रुपमा पालिकालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना युक्त पालिका घोषणा गरेका हुन्।
“स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता — पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ। बाजुरा जिल्लाका ९ वटा स्थानीय तहहरू मध्ये त्रिवेणी नगरपालिकाले नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा गरेकाे हाे ।
नगरपालिका भित्रका सबै वडामा खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि नगरप्रमुख कर्ण बहादुर थापाले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो । पालिका खोप समन्वय समितिका संयोजक समेत रहनु भएका नगरप्रमुख थापाले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताउनुभयो ।
खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।साथै पालिकालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना गर्न सहयाेग गर्ने,नगरपालिकाकाे स्वास्थ शाखा,प्रमुख प्रशासकीय अधिकृत ,जिल्ला स्वास्थ कार्यालय बाजुरालाई विशेष धन्यवाद समेत दिनुभयाे।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिए संगै सिङ्गाे पालिकालाई नै पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएको हाे। राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो नगरपालिकाकाे स्वास्थ शाखाले जनाएको छ।
यस उपलब्धिले त्रिवेणी नगरपालिकाले जनस्वास्थ्य, खोप कार्यक्रम तथा संस्थागत समन्वयमा गरेको प्रयासको मूर्त प्रमाण दिएको छ। कार्यक्रमका सहभागीहरूले दिगो खोप सेवा प्रवाहका लागि आगामी दिनहरूमा अझ सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्रिवेणी नगरपालिकाले समुदायको सक्रिय सहभागिता, स्थानीय स्रोतको भरपूर उपयोग र सबै पक्षको समन्वय मार्फत स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ। यो सफलता सम्पूर्ण नगरवासीको साझा प्रयास र सहकार्यको परिणाम हो।त्रिवेणी नगरपालिका भित्रका १२ वटा स्वास्थ सस्थालाई नगरपालिकाले सम्मान समेत गरेकाे छ।
नगर प्रमुख कर्ण बहादुर थापाकाे अध्यक्षतामा सञ्चालन भएको पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना कार्यक्रममा नगर उप- प्रमुख कमला जाेशी न्याैपाने, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाह,जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द ,तथ्याङ्क अधिकृत रूगुम थापा, त्रिवेणी नगरपालिकाका सबै वडाका अध्यक्ष , गौमुल गाउँपालिका-४ का अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा अधिकृत, टोली देवल डाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक, त्रिवेणी नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरू,नगरपालिकाका कर्मचारीहरू लगायत पत्रकारकाे उपस्थिति रहेको थियो।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर