• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नगरकाे “विकास,समृद्धिमा काेल्टाे फेरिरहेकाे” बुढिगङ्गा, नमुना नगर बन्ने लयमा ??

खप्तड मालिका न्युज May 8, 2025 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना, बाजुरा:  जिल्लाकाे बुढीगङ्गा नगरपालिका बाजुरा जिल्लाका ९ वटा स्थानिय तह मध्ये पछिल्लो समय नमुना कार्यकाे थालनी गर्दै गएकाे पालिकाकाे रुपमा परिचित पालिका मध्ये एक हो।राज्य पुर्नसंरचनाको क्रममा साविकको ब्रमतोला, कुल्देवमाण्डौं र बाह्रबिस गा.वि.स.मिलेर बनेकाे बुढीगङ्गा नगरपालिका पछिल्लो समयमा अन्य पालिकाकाे भन्दा फरक तरिकाले अगाडि बढिरहेकाे छ  ।

बुढीगङ्गा नदिको नामबाट नामाकरण गरिएकाे यस पालिकामा सम्भावना र चुनाैतीहरु उत्तिकै छन्।बाजुरा जिल्लाको पुरानो सरमुकाम टाँटे र बाइसे राज्य मध्येको एक प्रमुख राज्य बाजुरा राज्यको बार्जुकोट दरबार यहि पालिकामा छ जुन अहिले जिर्ण अवस्थामा रहे पनि त्यसकाे पुन: निर्माण संरक्षणकाे लागी पालिकाले विशेष नीति अपनाएकाे छ । पुरानो इतिहासलाई फर्केर हेर्दा बाजुरा जिल्लाको राज्य शासन चलाउने बार्जुकोटे राजाको दरबार रहेकाे पालिका पछिल्लो समय नमुना पालिकाकाे रुपमा चिनिदै गएकाे हाे ।

भौगोलिक विविधता, विकटता, अशिक्षा, बेरोजगारी र रुडीबादी परम्परा लगायत विभिन्न समस्या हुँदाहुँदै पनि विगत भन्दा अहिले  शिक्षा, स्वास्थ्य, संचार,यातायात,सडक, लगायत अन्य पुर्वाधार र  व्यावसायीक उन्नती आदी विभिन्न पक्षमा पालिकाकाे तिब्र गतिमा विकास हुदै  गएकाे देखिन्छ । पालिकालाई जिल्लाकै नमुना पालिकाकाे रुपमा परिचित गराउँन त्यहाँका जनप्रतिनिधि पदवाहालि भएकै दिनदेखि पालिकाकाे विकास समृद्धिमा कटिबद्ध छन्।

२०७९ काे स्थानीय तहकाे चुनावबाट निर्वाचित भएका त्यहाँका नगर प्रमुख उपप्रमुख ।मेयरमा एमालेका रामबहादुर बानियाँ जसले कांग्रेसका रङ्गबहादुर खातीलाई हराउनुभएको थियाे।त्यस्तै उपमेयरमा एमालेकी माया कुवर खड्का जसले काँग्रेसकी रिता शाहीलाई पराजित गर्नुभएको थियाे।  निर्वाचित भएका तिनै जनप्रतिनिधि निर्वाचित भए देखि नै पालिकाकाे विकास समृद्धिमा छन्। पालिकाकाे शिक्षा,स्वास्थ,यातायात,सञ्चार लगायत अन्य पुर्वाधार विकासमा काममा यहाँका जनप्रतिनिधि हातेमालो गर्दै अगाडी बढ्दै गएका छन्।  नगरपालिकाको भविश्य राम्रो बनाउने उदेश्य  निश्चित गरेर यहाँका जनप्रतिनिधि र कर्मचारी लागी परेका छन्।विचविचमा आलाेचित बन्दै गएकाे नगर सरकार र त्यहाँका जनप्रतिनिधि पछिल्लो समय नगरलाई नमुना बनाएरै छाेड्ने उदेश्यका साथ लागीरहेका छन्।

बुढीगंगा नगरपालिकाले विभिन्न समयमा नयाँ अभ्यास सुरु गर्दै गएकाे छ ।समग्र नगरकाे विकास र समृद्धिका लागि जिल्लामै नयाँ अभ्यास सुरुवात गर्ने गरि पालिकाकाे विकासमा लागीरहेकाे नगर प्रमुख रामबहादुर बानियाँले बताए । उनले भने,“सुखी र समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ हामीले यहि वैशाख २७ गतेदेखि २९ गतेसम्म “समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी” ०८२ कार्यकाे थालनी गर्न लागीरेका छाै ” ।

आफु निर्वाचित भएकाे दिन देखि नै समग्र पालिकाकाे विकास समृद्धिमा आफु लागीरहेकाे बताउदै बानियाँले पालिकालाई नमुना पालिकाकाे रुपमा परिचित गराउन आफुहरु दिनरात नभनी लागिरहेकाे बताए । पालिकाकाे स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार भन्ने नारालाई आत्मसात गर्दै अगाडी बढिरहेकाे उनकाे भनाइ छ । ‘अबको २० वर्षमा बुढीगंगा नगरपालिका कस्तो बनाउने भन्ने मुख्य उद्देश्य र संकल्प  हामीहरुकाे रहेकाे र त्यहि अनुसार हामीहरु अगाडि बढिरहेकाे बानियाँले भने।

नगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युत र नागरिकलाई सिप सिकाएर आत्मनिर्भर बनाउनमा बढी जोड दिदै आएकाे नगर प्रमुख बानियाँले बताए । उहाँले भन्नुभयाे,“ हाम्रो उदेश्य ,बुढिगङ्गालाई जिल्लाकै नमुना पालिकाकाे रुपमा चिनाउँनु हाे।  यहाँको पुर्वाधार विकास,कृषि,पर्यटन स्वास्थ तथा अन्य सामाजिक र सास्कृतिक क्षेत्रमा उल्लेख्य सुधार गरि पालिकाकाे आर्थिक समृद्धिमा टेवा पुर्याउने  लक्ष्य हाम्राे हाे ” ।जिल्लाका अन्य पालिकाकाे भन्दा  बुढिगङ्गा नगरपालिकाले नगरकाे विकासकाे लागी नमुना कार्यकाे थालनी गर्दै गएकाे उनले दाबी गरे।

२ बर्षभित्र धुवाँ रहित पालिका घोषणा गर्ने तयारी पालिकाकाे छ । नगरपालिकाले महिलाको स्वास्थ्यलाई मध्यनजर गरि पालिकालाई सुधारीएको चुलोमार्फत धुवारहित पालिका घोषण गर्ने तयारी थालिरहेकाे र धुवाँरहित चुलाे वितरण कार्य भईरहेकाे बताईएकाे छ।पालिकामा ठूलो संख्या लागुऔषध दुर्व्यसनकाे चपेटामा युवाहरु परेपछि त्यसकाे नियमन पालिकाले गर्न थालेकाे छ । नगरपालिकाले पालिकामा विकास निर्माण र नागरिकका आधारभूत आवश्यकता परिपूर्तिसँगै युवाहरुलाई सीप सिकाएर व्यवसायीक र आत्मनिर्भर बनाउने योजना अघि बढाउनुका साथै हरेक बर्ष युवाहरुलाई विभिन्न सीप तथा तालिम नगरपालिकाले प्रदान गर्दै आएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको अन्तिम नतिजामा जिल्लाकै अन्य पालिकाकाे भन्दा उत्कृष्ट अंक ल्याउन सफल हुदै आएकाे बुढिगङ्गाले पालिकाकाे पुर्वाधार विकास,शिक्षा,स्वास्थ कृषि र पर्यटन क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै आएकाे छ । “पालिकाका नागरिकलाई सहज सेवा दिन र पालिकाकाे विकासमा कुनै कदम पछि नहटि नमुना नगर बनाउन लागीरहेका छाै  ” । नगर उप- प्रमुख माया कुवर खड्काले बताईन्।

उनले भनिन्, “ निर्वाचित भएदेखि नै बुढिगङ्गाकाे पुर्वाधार विकासलाई विशेष जोड दिदै आएका छाै । नगर यातायातकाे गुरुयोजना, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विस्तृत परियोजना राष्ट्रिय मापदण्ड अनुसार खेलमैदान निर्माण कार्य, संरचना तोकिएको संरचना अनुसार बालमैत्री, अपाङ्गमैत्री निर्माण,एक वडा बाहेक सबै वडा कार्यालयहरूकाे आफ्नै नयाँ प्रशासकीय भवनबाट सेवा,कृषि क्षेत्रमा बढवा, अपाँगता भएका व्यक्ति तथा एकल महिलाहरुका लागि सीपमुलक तालिम लगायतका थुप्रै राम्रो कार्यहरु गरिदै आएका छन् ” ।

पालिकाले सुत्केरी महिला लक्षित नगर उपप्रमुख कोशेली कार्यक्रम सञ्चालन गरिरहेकाे जसले गर्दा सुत्केरी आमाहरुलाई याे कार्यक्रमले ठुलाे सहयाेग गरिरहेकाे उपप्रमुख खड्काले बताईन्।साथै घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिने,सीपमुलक व्यवसाय हाउस वायरिङ, ड्राईभिङ, बास निगालाका सामग्री निर्माण, माटाका भाँडा निर्माण, मौषमी तथा बेमौसमी तरकारी खेती व्यवसायका लागि तालिम संचालन गरी रोजगारीको प्रवर्द्धन गरिएकाे खड्काले बताएकी छन्।

पालिकाले स्वास्थ्य अवस्था सुधारका लागि पनि पालिका स्तरीय अस्पताललाई थप सुधार र व्यवस्थीत गरेकाे , सबै स्वास्थ्य संस्थामा कर्मचारी र औषधी प्रर्याप्त राख्ने व्यवस्था,रैथाने बाली प्रद्र्धनका लागि प्रत्यक्ष किसान लाभान्वित हुने गरी फापर, कागुनाे, झुमरो पकेट क्षेत्र निर्माण, दलहन बाली पकेट क्षेत्र निर्माण, निःशुल्क बाली संरक्षण सेवा, कृषि बाली पात्रो निर्माण लगातका कार्य नगर सरकारले गरिरहेकाे छ । नगरका जनताले पाउँनु पर्ने सामन्य सेवा सुविधा नगर सरकारले राम्रोसँग प्रदान गरिरहेकाे छ।

भाैतिक संरचना र विकास निर्माणका काममा तदारुप्ताका साथ पालिकाले कार्य गर्दै आएकाे छ । पालिका भित्र भईरहेका विकासे निर्माणका कामकाे अनुगमन,मुल्यांकन,अधुरा कामहरुलाई चाडाे सम्पन्न गर्न आग्रह गर्ने लगायतका थुप्रै कार्य गरिदै आएकाे छ । आफ्नो गाउँ, टोल र वडा आफै बनाउने अभियान सहित अनिवार्य २ दिन श्रमदान कार्यक्रम नगर सरकारले सञ्चालन गरेकाे छ ।हरियाली बुढीगंगा, स्वच्छ बुढीगंगा भन्ने उद्धेश्यका साथ ईक्डिगाडदेखि बल्देसम्मको मुख्य सडक खण्डको दायाँ–बायाँ क्षेत्रमा, विरूवाहरू  रोपण लगातका कार्य नगरले अघि सारेको छ।

बिभिन्न खाले बाधा,व्यबधान झेल्दै नगरले पछिल्लो समय विकासकाे लयमा पालिकालाई फर्काउन महत्त्वपूर्ण काम गरिरहेकाे छ भने केही नयाँ कार्यहरुकाे पनि थालनी गर्दै गएकाे छ । नगरबासीका आवश्यकता परिपुर्ति गर्नकाे लागी नगर सरकाले ठुलाे भुमिका निर्वाह गर्दै आईरहेकाे छ । “आफ्नै नगर आफै बनाउँन” भन्ने अठाेटका साथ त्यहाँका जनप्रतिनिधि र कर्मचारी हातेमालाे गरेर अगाडि बढेका छन्। जसले गर्दा पालिकालाई अन्य पालिकाकाे भन्दा फरक र विकासकाे लयमा अघि बढेकाे देखाउँन सहज भईरहेकाे छ । कुरा काट्नेहरुले अनेक थरि कुरा काटे पनि आफुहरु नगरकाे “विकास समृद्धिमा” लागीरहेकाे नगर प्रमुख रामबहादुर बानियाँकाे भनाइ छ ।

“समृद्धिका लागी विकास कचहरी” कार्यक्रम कस्ताे रहला?नगरकाे विकासमा के- केस्ताे प्रभाव पर्ला??

पछिल्लो समय जिल्लामै नयाँ कार्यकाे थालनी गर्दै गएकाे बुढिगङ्गा नगरपालिकाले नगरपालीकालाई “सुखी र समृद्ध” नगरपालिका बनाउने उद्देश्यका साथ “समृद्धिका लागि विकास कचहरी” कार्यक्रम २०८२ सञ्चालन गर्दै छ।

बैशाख २७, २८ र २९ गते बिकाश कचहरी  कार्यक्रम  गरिने नगरपालिकाले जनाएको  छ ।यस कार्यक्रमले नगरकाे विकास समृद्धिमा कस्ताे असर पुर्याउला सबैले प्रश्न उठाउन थालेका छन्।यता नगर प्रमुख बानियाँले ” शिक्षा, स्वास्थ, कृषि, पर्यटन र पुर्वाधार समृद्ध बुढीगंगा बिकाशको आधार” भन्ने मुल नाराका साथ सो कार्यक्रमको आयोजना गर्न लागिएको र  स्थानीयले सकारात्मक प्रतिक्रिया दिएको  बताए ।

यस कार्यक्रमले बुढिगङ्गाकाे मात्रै नभई सिङ्गाे  बाजुराकै बिकाश समृद्धि ठुलाे टेवा पुग्ने अपेक्षा  आफुले लिएकाे बानियाँले बताए । यसले व्यक्ति र समाजमा सकारात्मक प्रभाव पार्नुका साथै विकासमा महत्त्वपूर्ण सहयाेग हुने उनले दावी गरे ।सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढिगंगाको विकास र समृद्धिको अघि बढाउन ‘समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी’ आयोजना गर्न लागिएको हो बानियाँले भने ।

“समृद्धिका लागि विकास कचहरी अवधारणा पत्र बनाई बाजुरा र  नगरपालिकाको समग्र बिकासमा सहयाेग पुग्ने अपेक्षा कतिपय स्थानीयले समेत लिएका छन्। त्याे अपेक्षा पूरा गर्न यस कार्यक्रमले ठुलाे सहयाेग गर्नुपर्ने देखिन्छ ।सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा  संबाद छलफल र बहस गरिने कार्यक्रमले बाजुरा र नगरपालिकाकाे विकासमा राम्रो छाप छाेड्ने अपेक्षा सबैले लिएमा छन्।

यस कार्यक्रमले अहिलेकाे समाजमा भईरहेका घटना-परिघटना,  स्थानिय तहको विकास समृद्धि,लगायतका क्षेत्रहरुकाे सुधार गर्न बलियाे खम्बाकाे रुपमा रहेर काम गर्ने अपेक्षा सबैमा छ । याे कार्य जिल्लामै नयाँ हाे। अन्य पालिका कसैले पनि यस्ताे कार्यकाे थालनी गर्न सकेका छैनन्।”समृद्धिका लागि विकास कचहरी”कार्यक्रम बुढिगङ्गाले जिल्लामै नयाँ अभ्यास सुरुवात गरेको हो ।

शिक्षा,स्वास्थ र कृषि क्षेत्रसंगै पुर्वाधार विकास पालिकाकाे पहिलाे प्राथामिकता ??

नगरकाे शिक्षा,स्वास्थ र कृषि क्षेत्र संगै पुर्वाधार विकासलाई नगर सरकारले पहिलाे प्राथामिकतामा राखेर अघि बढेकाे छ । पालिका भित्र रहेका सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर उकास्न नगर सरकारले स्थानीय पाट्यक्रम तथा पाठ्यपुस्तक निर्माण, विद्यार्थी मुल्याङ्कन अभिलेख पुस्तिका तथा गृहकार्य पुस्तिका र शिक्षक डायरीको व्यवस्थापन, अग्रेजी माध्यमबाट पठपाठन गर्ने विद्यालयलाइृ शिक्षक अनुदान, उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाईलाई प्रोत्साहन, विपन्न विद्यार्थीलाई छात्रवृत्ति सिकाई उपलब्धी लगायतका कार्य गरेकाे छ ।

नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै सबै वडामा स्वास्थ्यको सहज पहुचको लागी नगरको पहलमा स्वास्थ्यचौकीको स्थापना गरिएका छन्। नगरकाे स्वास्थ क्षेत्रलाई गुणस्तरीय बनाउँन पालिकाले नागरिकका आधारभुत स्वास्थ आवश्कता परिपुर्ति गर्दै आएकाे छ । प्रत्येक वडामा शहरी स्वास्थ,नागरिकककाे स्वास्थमा सुधार गर्न सुधारिएकाे चुल्हाेकाे प्रयोग,नगरकाे वातावरणलाई हरियाली बनाउँन सडककाे छेउछाउ तथा बाझाे जग्गामा वृक्षराेपण कार्य लगायतका स्वास्थ क्षेत्रमा नगर सरकारले काम गरिरहेकाे छ ।

कृषि क्षेत्रलाई बलियाे सुधार पालिकाले गरेकाे छ । युवालाई कृषिमा आत्मनिर्भर बनाउँन हरेक तालिम प्रदान,नगरकाे स्थानीय अर्गानिक उत्पादन वस्तुलाई जाेड,स्थानीय उत्पादित सामाग्रीहरुकाे प्रचार-प्रसार,कृषि उपज बस्तुहरुकाे उत्पादत तथा विक्रि-वितरणमा हरेक प्रकारका क्रियाकलाप सञ्चालन गरिदेै आएकाे छ ।विकासका निर्माणका कार्यलाई पालिकाले तदारुप्ताका साथ गरिरहेकाे छ । पालिका भित्र निर्माण भईरहेका भाैतिक संरचनाकाे नियमित स्थलगत अनुगमन,निर्माण कार्यलाई छिटोछरितो सम्पन्न गर्न आग्रह,साविकका ३ वटा गाविस गाेड्ने सडक पिच भइरहेको अवस्था,राष्ट्रिय मापदण्ड अनुसार खेलमैदान निर्माण,सबै संरचनाहरु बालमैत्री,लगायत कार्य सञ्चालन भईरहेका छन्।

नगरले नागरिकलाई माग अनुकुलकाे ज्ञाप तथा सीप प्रदान गर्दै ?? जसले नागरिकलाई व्यवसायिक बन्न सहज ??

नगर सरकारले नगरभित्र रहेका नागरिकहरूलाई व्यवसायिक बनाउँन हरेक क्रियाकलापहरु सञ्चालन गर्दै आएकाे छ । गाउँमै केहि गराै भन्ने अठाेट भएका युवाहरुलाई विभिन्न खाले तालिम प्रदान,बेरोजगार युवाहरुलाई सीप सिकाएर व्यवसायिक बन्न विभिन्न अवसर प्रदान,सक्षम सिपयुक्त तथा दक्ष जनशक्ति उत्पादन गरेर बेरोजगारी तथा गरिबी न्युनिकरण पालिकाले गरिरहेकाे छ ।

विभिन्न खाले ज्ञान सीप सिकाएर बेरोजगार तथा गरिबी न्युनिकरण गर्न नगर सरकारले बुढिगङ्गा सीप विकास तथा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएकाे छ । केन्द्र सञ्चालनकाे लागी ऐन,कार्यविधि निर्माण,केन्द्रकाे आफ्नै भाैतिक संरचना र मानव जनशक्तिकाे व्यवस्था नगर सरकारले गरेकाे छ ।

नगरका नागरिकलाई थप व्यवसायिक बन्न विभिन्न खाले हातेहाेजीयारी तालिम,सिलाई कटाई बाट कतिपयले मासिक २० हजार बढि आम्दानी गरिरहेका छन्। उक्त सिलाई कटाई तालिमबाटै प्रशिक्षक उत्पादन भएका छन्। विद्युतिय जडानकाे कार्य,जसले कतिपय युवाले गाउँमै कमाई गरिरहेका छन्। घरायसी प्रयाेजन लगायत अन्य कामकाे सहजताकाे लागी नगर सरकारले बास,निगालाे,अल्लाे,लगायत बाट उत्पादित वस्तुलाई जाेड दिदै आएकाे छ । जसले युवाहरु स्वराेजगार बन्न सकिरहेका छन्।

नगर उप-प्रमुख  काेसेली कार्यक्रम के-कस्ताे चल्दै छ ?? के-कतिकाे प्रभावकारी बन्यो,बन्दै छ त उक्त कार्यक्रम  ??

नगर उपप्रमुख कोसेली तथा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरर्गत सुत्केरी तथा गर्भवती लाई पोषण सामाग्री बितरण गर्ने कार्यक्रम  नगरपालिकामा पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । पालिकामा कोहि गर्भवती तथा सुत्केरी महिला छन् भन्ने थाहा पाउने बितिक्कै नगर उपप्रमुख माया कुँवर खड्का सुत्केरी तथा गर्भवतीको घर दैलामा पूग्ने गर्नु भएको छ  ।

पालिकामा रहेका सुत्केरी महिला तथा गर्भवतीलाई कोसेलीमा १ क्यारेट अण्डा, २ केजी चना, २ पोका तेल, २ पोका नुन र फलफूल साथमा लगेर उपप्रमुख सुत्केरीको घरदैलोमा जानुहुन्छ । पालिका भरीका १० वटै वडाका सुत्केरी तथा गर्भवती महिलालाई काेसेली बितरण गरिदै आएकाे छ ।

नगर उपप्रमुख कोसेली कार्यक्रम अन्तर्गत सुत्केरी,गर्भवतीलाई कोसेली बाड्नुका साथै गर्भवती र सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा पनि उपप्रमुख खड्काले छलफल गर्नुहुन्छ र सिकाउनुहुन्छ । ,बुढीगंगा नगरपालिका–१ वडाको स्वास्थ्य चौकीबाट वितरण सुुरु गरिएको नगर उपप्रमुख कोसेली तथा बहुक्षेत्रिय पोषण कार्यक्रम’ अन्तरर्गत पोषण कोसेली वितरण कार्य अहिले पनि जारी रहेको छ ।

ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको पर्यटन पर्बद्धन तथा विस्तृत परियोजना,राष्ट्रिय मापदण्ड अनुसार खेलमैदान निर्माण कार्य ??

नगरले पालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलकाे विस्तृत अध्ययन,अनुगमन र विशेष परियाेजनाकाे निर्माण कार्य गरेकाे छ । प्राकृतिक,सास्कृतिक,भाैगाेलिक तथा अन्य विभिन्न विविधताहरुले भरिपुर्ण रहेका स्थलहरुकाे थप पर्यटन प्रबर्द्धन गर्न नगर सरकारले विशेष नीति अपनाएर अगाडी बढेकाे छ। पृथक भाैगाेलिक बनावट,विभिन्न किसिमका जडिबुटी,हरिया जङ्गल झाडी,यहाँको जातजाति,भेषभुषा,कला,सस्कृति आदी कुराहरुलाई समेटेर समग्र नगरकाे विकास समृद्धिमा नगर सरकार छ ।

यहाँका पर्यटकीय तथा धार्मिक क्षेत्रकाे प्रचार-प्रसार,अनुपम प्राकृतिक साैन्दर्य जैविक विविधताका क्षेत्रमा नगरले महत्त्वपूर्ण कार्य गरिरहेकाे छ। नगरले पर्यटकीय सम्भावना भएका स्थल,धार्मिक,सास्कृतिक सम्पदाकाे खाेजी गर्दै प्रचार- प्रसारमा ल्याउने कामकाे सुरुवात गरेकाे छ । जाे पर्यटन विकासकाे लागी राम्रो कार्य पनि हाे।अझ नगरले समुदायकाे विशिष्ट सास्कृतिक सस्कार,भाषा,सामाजिक परम्परा आदीलाई पनि प्रचारमा ल्याउन गतिशिल रुपमा काम गरिरहेकाे छ जसले यहाँको पर्यटन,प्रबर्द्धनमा सहयाेग पुगेर पर्यटनमा विकास हुने देखिन्छ ।

पुरातात्त्विक सम्पदा,सम्भावित भए पनि चर्चा नपाएका भाैतिक पुर्वाधार र सेवासुविधाकाे अभावले ओझेलमा परेका पर्टकीय गन्तव्यकाे पहिचान र नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरि नगरले काम गरेकाे छ । नगरमा रहेकाे बार्जुकाेट दरवारकाे संरक्षण,भग्नावशेष अवस्थामा रहेकाे उक्त दरवारकाे पुन: निर्माण,त्यसकाे पर्यटन तथा प्रबर्द्धन गर्न नगरले विशेष नीति लिएकाे छ ।पुराना संरचना तथा पर्यटकीय स्थलकाे प्रचार-प्रसार तथा संरक्षण र नयाँ स्थलकाे खाेजी,तिनिहरुकाे पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने कार्यकाे थालनी नगर सरकाले गरेकाे छ ।

साथै नगर सरकारले नगरकाे खेलकुद क्षेत्रलाई बलियाे सुधार गर्न राष्ट्रिय मापदण्ड अनुसार खेलकुद मैदानकाे निर्माण कार्य थालनी गरेकाे छ । नगर भित्र खेल क्षेत्रमै राम्रो भविष्य बाेकेका खेलाडी भएकाेले तिनिहरुकाे खेल क्षेत्रमा थप भविष्य बनाउँन नगर सरकारले जिल्लामै राष्ट्रिय मापदण्ड अनुसारकाे खेल मैदानकाे निर्माण गर्न थालेकाे हाे ।खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन नगर सरकारले सक्दो प्रयास गरिरहेकाे छ ।

नगर प्रमुख बानियाँले खेलाडीलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन, खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न तथा राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन खेल तालिकासहितको कार्ययोजना बनाई समन्वयात्मकरुपमा कार्यान्वयन गर्न राष्ट्रिय मापदण्ड अनुसारकाे खेल मैदान निर्माण प्रकिया अघि बढाईएकाे बताए । खेलाडी र खेल दुबै राष्टका गहना भएकोले खेल र खेलाडीकाे गरिमा बढाउन आवश्यक रहेकाे कुरामा नगर प्रमुख बानियाँले जोड दिए ।राष्ट्रिय मापदण्ड अनुसारकाे खेलमैदान निर्माण गर्न नगर सरकाले जिल्लामै उत्कृष्ट कार्य गरिरहेकाे समेत बताए ।”अन्य पालिकामा खेल क्षेत्रकाे विकासमा खेल क्षेत्रलाई खासगरी बढि प्राथामिकता नदिए पनि आफ्नो नगरले खेल क्षेत्रलाई बढवा दिन जिल्लामै राष्ट्रिय मापदण्डकाे खेलमैदान निर्माण कार्यकाे सुरुवात गरेका छाै ” उनले भने।

विकासमा काेल्टाे फेर्दै नगर ? साच्चै नमुना नगर बन्ला त ? के भन्छन् नगर प्रमुख बानियाँ ??

नगरपालिकाले नमुना कार्य संगै पछिल्लो समय विकामा पनि काेल्टाे फेर्दै गएकाे छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्लो दिनहरुमा पालिकाले विकास निर्माण लगायत अन्य गतिविधिमा क्रमिक सुधार गर्दै गएकाे हाे ।गुणस्तरीय र प्राविधिक शिक्षामा जाेड,एक बाहेक सम्पुर्ण वडाका वडा कार्याहरुको भवन , खेल मैदान लगायतको भौतिक संरचना निर्माणमा नगरले ठुलाे गति लिएकाे छ।

नगरपालिकाले सिङ्गाे पालिकालाई नमुना पालिकाकाे रुपमा बदल्न जनताकाे जनअपेक्षा अनुसार काम गरिरहेकाे छ। नागरिकलाई आवश्यक पर्ने सामान्य सेवा सुविधा,”गाउँ राेजगारी”दक्ष जनशक्तिकाे उत्पादन,व्यवसायिक कृषि पालनमा जाेड,शिक्षा,स्वास्थ,यातायात,सडक लगायत क्षेत्रमा सुधार,नगरपालिकाले १ घर एक धारा निर्माण , नगरपालिकाले समृद्ध नगर बनाउने उद्देश्यका साथ एक घर एक करेसाबारी कार्यक्रमलाई प्रभावकारी बनाउदै आएकाे हाे।

आकासे पानी र खेर गइरहेको पानी संकलन गरी सिँचाई गर्ने प्रविधिकाे विकास, थोपा सिँचाई, प्लाष्टिक पोखरी जस्ता विशेष कार्यक्रम संचालन,” एक गाउँ एक प्राविधिक र कृषक पेन्सन” कार्यक्रमलाई निरन्तरता  पालिकाले दिईरहेकाे छ । हरेक गतिविधिहरुलाई उच्च प्राथामिकतामा राख्दै नगरले “समृद्ध” नगर बनाउँन विशेष याेजना तथा कार्यकाे थालनी गर्दै आएकाे हाे ।नगरपालिकाकाे सीप विकास केन्द्रकाे आर्थिक सहयाेगमा कम्प्युटर तालिम लगायत नगरमै व्यक्ति स्वराेजगार बन्न विभिन्न गतिविधि सञ्चालन गरिरहेकाे छ।

नगरपालिकालाई जिल्लामै नमुना नगरकाे रुपमा परिचित गराउन पालिकाले महत्त्वपूर्ण कार्य गरिरहेकाे नगर प्रमुख राम बहादुर बानियाँ बताउनुहुन्छ??पालिकाले विशेष नीति अपनाएर पालिकाकाे ” विकास,समृद्धिमा”  नगर सरकार कटिबद्ध भएर लागी रहेकाे नगर प्रमुख बानियाँकाे भनाइ छ ।आफु निर्वाचित भएर पदवहाली भए देखि नै आफुहरु नगरकाे विकासमा दिनरात नभनी लागीरहेकाे उनकाे भनाइ छ ।

नगरकाे विकासमा नगर सरकारले विभिन्न क्रियाकलाप सञ्चालन  गरिरहेकाे बताउँदै नगर प्रमुख बानियाँले नगरकाे प्रमुख उदेश्य “शिक्षा,स्वास्थ,कृषि,पर्यटन र पुर्वाधार: सुरक्षित र  समृद्ध बुढिगङ्गा विकासकाे आधार” लाई नै उच्च प्राथामिकतामा राखेर अगाडी बढिएकाे उनले बताए ।नगरकाे शिक्षाकाे बिषयमा न्यायालय बाधक बनेकाे बताउँदै बानियाँले नगर सरकारबाट कुनै कमजोरी नभई,न्यायालय नै बाधन बनेकाे उनले दाबी गरे। स्वास्थ क्षेत्रका सुधारमा सबै वडामा आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना,टेलिमेडिसियन सेवा लगातका कार्य,भाैतिक पुर्वाधारकाे विकासमा नगरले पछिल्लो समय निकै फड्काे मारेकाे उनले भने।

३ बर्षकाे अवधिमा ६०० जना युवायुवतीलाई तालिम दिईएकाे जसले गर्दा युवायुवतीलाई गाउँमै स्वराेजगार बन्न सहज बनाएकाे उनले बताए । समृद्धिकाे यात्रा तय गर्न नगर सरकार पछि नहटेकाे हरेक क्रियाकलाप सञचालन गर्दै नगरलाई नमुना बनाउँन लागीएकाे नगर प्रमुख बानियाँले बताए ।सुदुरपश्चिमका अन्य कुनै पनि स्थानीय तहले सञ्चालन नगरेका कतिपय कार्य बुढिगङ्गा नगर सरकारले गरिरेहेकाे जसले बुढिगङ्गालाई  आत्मनिर्भर बनाउँन सहज भईरहेकाे बानियाँले बताए ।

पालिकालाई फलफुलमा आत्मनिर्भर बनाउँन पालिकाले एक लाख फलफुलका बिरुवा राेप्ने नीति लिएकाे उनले भने।२० हजार बढि फलफुलका बिरुवा राेपिएका र बाकी बाेट बिरुवा राेप्ने कार्य भईरहेकाे  बानियाँले बताए । पालिकालाई फलफुलमा आत्मनिर्भर बनाउँन कागती लगायत अन्य फलफूलका बिरुवा राेप्ने कार्य भएकाे जसले नगरकाे उत्पादनमा बढवा हुने अपेक्षा आफुहरुले लिएकाे उनले बताए ।यावत् कुराहरुलाई समेट्दै नगरकाे हरेक विकास गतिविधिमा नगर सरकारले नमुना कार्य गर्दै गएकाे उनले बताए । साथै बुढिगङ्गा नगरपालिकालाई जिल्लामै अन्य पालिकाकाे भन्दा नमुना नगर बनाउँन आफुहरु लागिरेकाे र नगरलाई नमुना बनाएरै जाने बानियाँले विश्वास व्यक्त गरे।

उर्वर भुमिकाे रुपमा परिचित पालिका, के साच्चिकै उर्वर नै हाेत ? के भन्छन यस बिषयमा नगर प्रमुख ? राजनितीकरण लगायत अन्य हिसाबमा उर्वर नै मानिन्छ त ??

पालिकालाई उर्वर भुमिकाे उपमा चिन्न सकिन्छ। बिषेशत राजनितिकरण गर्ने लगायत अन्य उत्पादनका हिसाबले पनि उर्वर भुमिकाे रुपमा चिन्न सकिने पालिका के साच्चिकै उर्वर नै हाे भन्ने बिषयमा नगर प्रमुख बानियाँले राजनिती नेतृत्व गर्ने उच्च ओहाेदाका राजनितीकर्मी पनि बुढिगङ्गाले उत्पादन गरेकाे बताए। बुढिगङ्गा नयाँ नेतृत्व उत्पादन गर्ने लगायत अन्य उत्पदनका हिसाबमा उर्वर नै भएको स्वीकार गरेका छन्।

सिङ्गाे देश हाक्न सक्ने नेतृत्व बुढिगङ्गाबाटै उत्पादन भएका छन्,मानिसहरुले उर्वर भन्ने वितिक्कै गलत धारणा राखे पनि यसलाई नयाँ नेतृत्व र उत्पादनका हिसाबले उर्वर मानिएकाे पालिकाकाे रुपमा लिनुपर्ने कुरामा उहाँले जाेड दिए । पालिकामा उत्पादनका हिसाबले पनि हरेक सम्भावना रहेकाे बताउँदै नगर प्रमुख बानियाँले उत्पादनकै क्षेत्रबाट राम्रो सफलता प्राप्त गरि पालिकाका नागरिकलाई व्यसायिक  बनाउन सकिने बताए । हरेक सम्भावनाहरु बुढिगङ्गामा रहेकाे हुँदा ती सम्भावहरुलाई नै उर्वरकाे रुपमा लिनु पर्ने बताए ।

पालिकामा राजनितीकरण गर्ने,आफ्नाे पराई मान्छे छुट्याएर बढिजसाे सेवा सुबिधा दिईने,बढिजसाे आफ्ना मान्छे भर्ति गर्न खाेज्ने कारणले नै उर्वर मानिएकाे प्रश्नकाे जवाफमा नगर प्रमुख बानियाँले त्यसाे गलत भास्य गर्न नहुने बताउदै आफु निर्वाचित भईसके पछि नगरकाे विकास समृद्धिमा काम गरिरहेकाे र कसैलाई आखा कसैलाई पाखा नगरि सेवा सुबिधा दिईएकाे बताए । उनले भने,” हामी हरेक हिसाबमा पालिकालाई नमुना  बनाउँन लागीरहेका छाै । कुरा काट्नेहरुले काट्दै गए पनि आफुहरु गलत नगर्ने,गलत गर्न खाेज्नेका विरुद्ध आफुहरु लाग्ने छाै” । बानियाँले भने।

विकासका हिसाबमा,हरेक सम्भावनाका हिसाबमा,सफल राजिनितिक नेतृत्व गर्ने नेतृत्वकर्मीकाे हिसाबमा बुढिगङ्गालाई उर्वर नै मानिन्छ यसमा कुनै दुई मत छैन्। मेयर बानियाँले भने,”यहाँ गर्ने खाेज्याे भने हरेक चिज सम्भव छ,हरेक सम्भावनाहरु छन् ती सम्भावनाहरुलाई शिराेपर गर्दै हामीहरु अगाडि बढिरहेका छाै ।”बुढिगङ्गालाई साच्चिकै  जिल्लाकै नमुना नगर र हरेक सम्भावनाका हिसाबमा अझै उर्वर बनाउँन आफुहरु प्रतिबद्द छाै। यस्तै कार्यले नमुना नगर बनाउँन सकिने अपेक्षा नगर सरकारले राखेकाे नगर प्रमुख बानियाँले बताए ।

स्थानीयले सहज रुपमा सेवा-सुविधा पाईरहेका छैनन्,राजनितिक प्रतिसाेधका आधारमा नागरिकलाई हेरिन्छ ? यस्ताे किन ? यसबारे बानियाँकाे भनाइ

स्थानीयले सहज रुपमा सेवा सुविधा नपाएकाे गुनासाे,कुनै राजनितिक प्रतिसाेधका आधारमा नागरिकलाई हेरेर सेवा- सुविधा दिनु खाली मिथ्या आरोप मात्रै भएको नगर प्रमुख बानियाँ बताउँनुहुन्छ।नगर सरकारले सम्पुर्ण नगरबासिहरुलाई सहज रुपमा एकै प्रकारकाे सेवा सुविधा दिईरहेकाे उनकाे भनाइ छ ।

नगरले निर्वाह गर्नुपर्ने भुमिका राम्रोसँग निभाईरहेकाे बताउँदै उहाँले काेही कसैले प्रतिसाेध साधेर कुरा काटेकाे भए पनि त्यसमा केही फरक नपर्ने उनले बताए । निर्वाचन अगाडि गरिएका बाचा प्रतिबद्दता अनुसार नै आफुहरुले काम गरिरहेकाे उहाँले प्रस्ट पारे।बाेल्नु भन्दा पनि आफुहरुले कामकाे परिणाम देखाएकाे कुरामा उनले जाेड दिए। एक असल कार्यकाे रुपमा अघि बढ्दै जादा बिचमा खुट्टा तान्ने,कुरा काट्ने मान्छेकाे कमी नहुने बताउँदै उनले,अरुकाे भरमा भन्दा पनि आफ्नाे भरमा परेर हरेक काम कर्तव्यमा लाग्नुपर्ने बताए ।

“हामीहरु नगरबासीकै जिवनस्तर उकास्न लागीपरेका छाै । काम गर्दै जादा कुनै गल्ति कमजोरी हाेलान्,गल्ती नै छैनन् भन्न सक्दैनौं किनकी मान्छे गल्तीकाे भण्डार हाे,तर ती गल्ती कमजोरीलाई सुधार्दै अगाडि बढिरहेका छाै” बानियाँले भने। समग्र नगरकाे विकास समृद्धि हामीहरु कटिबद्ध छाै । सबैकाे साथ सहयाेग पाएकाे खण्डमा अझै उपलब्धिमुलक कार्यकाे सुरुवात गर्न सकिने उनले बताए ।

नगरबासीहरुकाे जन-अपेक्षा अनुसार काम गरिरहेका छाै,हामीले गरिरहेका काम,कार्यबाट नगरबासी सन्तुष्ट हुनुहन्छ भन्ने अपेक्षा हामीले लिएका छाै मेयर बानियाँले भने। भन्नेहरु जे भने पनि नगरले सबै नागरिकलाई सहज रुपमा सेवा सुविधा दिईरहेकाे र नमुना कार्यकाे सुरुवाती गरिरहेकाे उनले बताए ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑