
खप्तड मालिका न्यज,बाजुराः बडीमालिका नगरपालिकाकी नगर उप-प्रमुख नन्दा कुमारी थापाले लैङ्गिक हिसा ,लागुऔषध जस्ता घटनाको न्युनिकरण गर्न जरुरी रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले आयोजना गरेको लैङ्गिक हिसा र लागू औषध सम्बन्धी सचेतनामुलक कार्यक्रममा बोल्नु हुदै उप प्रमुख थापाले यस्तो बताउनु भएको हो।
लिङ्गका आधारमा गरिने हिंसा समाजमा व्याप्त रहेको बताउँदै थापाले यस्ता घटनाहरुको निराकरण गर्न जरै बाट उठेर लाग्नुपर्ने बताउनुभयो । साथै लागू औषध दुर्व्यसनले समाजमा नकारात्मक असर गरिरहेको हुँदा यसलाई पनि निर्मुल पार्न आबश्यक रहेको थापाले बताई। हिंसा व्यक्तिको इच्छा विरुद्धको शारीरिक तथा मानसिक पीडा दिने कार्य भएकोले यस्तो कार्य गर्न नहुने कुरामा उहाँले जोड दिनुभयो।
महिला माथि हुने सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको अवस्थालाई निराकरण गरि सब्य समाजको निर्माण गर्न आवश्यक रहेको उनले बताईन् ।महिला हिंसाबाट जुनसुकै जातजाति, समुदाय र वर्गहरू, ग्रामीण तहदेखि शहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती, पूँजीपति वर्गका महिला समेत पीडित हुन बाध्य रहेको हुँदा यसको न्युनिकरण गर्न सरोकारवाला निकाय सबैले लाग्नुपर्ने उनले बताईन्।
साथै लागू औंषध दुर्व्यसनले समाजलाई नराम्रो तर्फ धकेल्ने हुँदा यसलाई पनि सबैले साथमा साथ हातमा हात गरेर समाजबाट निर्मुल पार्ने सबैले लाग्नु पर्ने कुरामा थापाले जोड दिईन्। एक लागू औंषध सेवन गरेको व्यक्तिले समाज तथा आफ्नो परिवारमा सामाजिक,आर्थिक तथा अन्य हिसाबले ठुलो असर गर्ने हुँदा यस्ता खाले घटनाहरुको न्युनिकरण गर्न आवश्यक रहेको उनले बताउनु भएको हो ।जिल्लामा महिला माथिका घरेलु हिंसा र युवायुवतीहरु कुलत दुव्र्यशनी न्युनिकरणमा आवश्यक परामर्श र कानुनी प्रावधानका विषयमा सबैले आ-आफ्नो तहतप्का बाट लाग्नु पर्ने उनले बताएकी हुन्।
पछिल्लो समय प्रविधिको विकास र आधुनिकता तर्फ उन्मूख जिल्लाका यूवायूवतीहरु एकाततर्फ विकासको गतिमा अघि छन् भने अर्को तर्फ लागु पदार्थ दुव्र्यसनको कुलतमा फस्ने पनि गरेको उनले भनिन्।“अहिलेको आधुनिक समाजमा व्याप्त लैङ्गिक हिंसा,लागू पदार्थ दुर्व्यसन लगायत घटनाहरुको न्युनिकरण गर्न जरुरी रहेको छ ”। महिला हिंसा,लागू पदार्थ दुव्र्यसनीको समस्या अहिले विश्वभरमा मात्र नभई नेपालमा पनि गभ्भिर बन्दै आएको कुरामा थापाले जोड दिनुभयो ।
पछिल्लो समय महिला माथि हुने हिंसा र युवायुवतीहरु जानजानी वा साथीभाइहरुको संगत, करकाप र दवावमा परी लागू पदार्थको दुव्र्यसनीमा फस्र्दै आएको जसले गर्दा समाज नकारात्मक तर्फ धकेलिदै गएको कुरामा थापाले जोड दिनुभयो। जिल्लामा यस्ता खाले घटनाहरुको निराकरण गर्न यहाँका सरोकारवाला निकाय,समाजसेवी,पत्रकार लगायतले भुमिका खेल्नुपर्ने उहाँले बताउनुभयो। वर्तमान देशको अवस्थालाई विश्लेषण गर्दा युवा युवतीहरुलाई पूर्ण रुपमा सद्र्मागमा हिडाउन सकिएको देखिदैन् । अहिले यूवाहरु विभिन्न सामाजिक, विकृति, विसङ्ति र दुव्र्यशनीको कुलतमा फसिरहेका छन् । ती कुलत मध्ये लागु पदार्थको दुव्र्यसनी एक प्रमुख समस्या बनेको नगर उप(प्रमुख थापाले भन्नुभयो।
जिल्लामा घरेलु हिंसाको अवस्था तथा लागु औषध ओसार(पसारका कारण अधिकांश युवाहरु कुलतमा फसेका घटनाहरु बढिरहेको हुँदा यस्ता खाले घटनाको न्युनिकरणमा सबैको ध्यान दिने गरी सचेतना फैलाउन आवश्यक रहेको कुरामा उहाँले दावी गर्नुभयो।यस्ता खाले घटनाहरुको निराकरण गर्न जिल्लाका सबै स्थानीय तहले लाग्नु पर्ने बताउँदै थापाले आफ्नो नगर बडीमालिकाले यस्ता घटनाको न्युनिकरण गर्न विभिन्न खाले कार्यक्रम गर्दै गएको पनि बताईन्।नगरले पिडित व्यक्तिको उद्दार राहत,लैङ्गिक हिसामा परेकालाई सचेतना,सेफ हाउस निर्माण लगायतका कार्य गरिरहेको समेत उनले बताईन्।
यस्ता खाले घटनालाई कम गर्न प्रहरी सङ्ग,साझेदारि,प्रहरी सङ्ग नभए अदालत सम्म गएर घटनाको समस्या समाधान,विभिन्न साझेदार सस्थाको सहयोगमा,यस्ता खाले घटनाको न्युनिकरण गर्न र किशोरीकिशोरीलाइ शशक्त बनाउन आवश्यक रहेको नगर उप-प्रमुख थापाले बताउनु भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख,स्थानीय तहका जनप्रतिनिधी,विद्यार्थी र पत्रकारहरुसंग लैङ्गिक हिंसा र लागु औषध सम्बन्धी सचेतना गरिएको थियो । कार्यक्रममा महिलामाथि भईरहेको हिंसा तथा लागु औषध ओसार पसार र प्रयोगमा हुने सजाय र कानुनी उपचारका विषयमा सहजीकरण गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले लैङ्गिक हिंसा र लागु ओषधको अवस्था र यसमा न्युनिकरणको उपाय,कानुनी व्यवस्था लगायतको सहजीकरण गरेका थिए भने महिला माथि हुने हिंसाका घटनाको कानुनी उपचार र कानुनले तोक्ने सजाय लगायतको विषयमा प्रहरी निरिक्षक जनक बोहराले सहजीकरण गर्नुभएको थियो।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा बडीमालिका नगरपालिकाका नगर उप प्रमुख नन्दा कुमारी थापा रहनु भएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक ईकवाल हवारी,ईश्वरि वक्स गुल्म बाजुराका सेनानी प्रविण जङ्ग थापा,शसस्त्र प्रहरी वलका श्याम रावत लगायत जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी,पत्रकार,विद्यार्थी लगायतको सहभागीता रहेको थियो।
जिल्ला प्रशासन कार्यालय बाजुराका कम्प्युटर अपरेटर नैन रावलले संचालन गर्नुभएको थियो। उक्त कार्यक्रम कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा सञ्चालन गरिएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर