• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

उमेश विश्वकर्मा “सागरका” केही रचना

खप्तड मालिका न्युज May 6, 2025 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः गजल मुक्तकमा आफ्नो लेखनलाई छुट्टै पहिचान बनाइसक्नु भएका कालिकोटमा जन्मीएका उमेश विश्वकर्मा “सागर” जो धेरै लामो समय देखि भारतको बेङलोरमा हुनुहुन्छ ।।सामाजिक संञ्जालबाट पनि राम्रो लेख्न सकिन्छ भन्ने एक उदाहरण हुन सागर।।कक्षा १२ पास गरेका उमेश गित संगित कथा कविता गजल मुक्तक लेख्ने गर्छन् थुप्रै संघसंस्थामा पनि आबद्ध छन् साहित्यिक यात्रामा आउँदा धेरै तिता मिठा स्वाद चाखिसकेका छन् । उनले अब बजारमा नयाँ कृति पनि ल्याउने कोसिसमा छन जसको नाम “सागर” गजल संग्रह रहेको छ ।

मुक्तक १ः

तिमीले दिएको चोट अझै ठिक भएको छैन ।
सहन सक्छ, मनले पीडा अधिक भएको छैन ।
केवल आँट मात्र उम्लिदो हो सायद मेरो पनि ,
भनौं आफूसंग आफ्नै मुटु नजिक भएको छैन।

मुक्तक २ः
जोगी बन या त खरानी घस केही भन्दिनँ
पराईको सम्झेर छुरा धस केही भन्दिनँ
मलाई रुवाउन सम्म रुवाएकि हौ धोकेबाज
अब व्रत बस या त मन्दिर पस केही भन्दिनँ ।।

मुक्तक ३ः
भएपनि हुन्छ आठ कक्षा फेल नेता बन्नलाई
चलन छ मेरो देशमा अचेल नेता बन्नलाई
भ्रष्टाचार गरेर होस् या हत्याहिंसा गरेर होस्
मात्र हुनुपर्छ दुइचार बर्ष जेल नेता बन्नलाई ।।

मुक्तक ४ः
खुसीको लागि दुस्खमा जिएको पत्तो भएन
यसरी पनि समयले मोड लिएको पत्तो भएन
केही बर्ष कमाएर घर फर्किन्छु भन्दा भन्दै
जिन्दगी मेरो परदेशमै सकिएको पत्तो भएन ।।

मुक्तक ५ः
छुनु पर्दैन मेरो शिर पाउ टाढा हुँदा हुन्छ
बढ्छ झन् दिलमा घाउ टाढा हुँदा हुन्छ
पराईलाई तन मन दियौ पराईकी नै बन
अब दया माया नदेखाउ टाढा हुँदा हुन्छ ।।

गजल १ः

यो बस्तीमा तनाव आउन छोडेको छैन
बाढीले बस्तीहरू बगाउन छोडेको छैन

देशमै रोजगार दिन्छु भन्ने यो सरकारले
युवालाई खाडी पठाउन छोडेको छैन

मलाई छोडेर जानेको यादहरूले पनि
अझै पनि मलाई रूवाउन छोडेको छैन

धारिला औजारको घाउ भए ठिक हुन्थ्यो
वचनको घाउले मन दुखाउन छोडेको छैन

जिन्दगीलाई यहीँ सोचेर चित्त बुझाउछु
घाम अस्ताए पनि उदाउन छोडेको छैन

गजल २ः
केही सपनाहरू केही दुस्खहरू बोकेर आयो,
एक जवान परदेश अभावले लखेटेर आयो

तिमी मेरो दिल सम्म पनि पुग्न सकिनौ
हेर त यहाँ मान्छे चन्द्रमामा पुगेर आयो

आन्दोलनमा मर्नेहरुको नाम पनि आएन,
आन्दोलन गराउने चाहिँ नेता बनेर आयो

म सम्म पुगेछ मेरो गाउँ हुदै आएको बतास
सोचेँ बस्तिले वायु मार्फत सम्झेर आयो

जिउँदा भगवान आश्रममा पठायो उस्ले
के आशले मन्दिरमा पत्थर पुजेर आयो  ।।

कार्यक्रम गजल मञ्जरीमा सागर जोडिदै ….

लेखकः उमेश बिश्वकर्मा सागर
नरहरिनाथ गा.पा २ कालिकोट

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑