
खप्तड मालिका न्युज, बाजुरा: जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ६ सुदाडामा रहेकाे रानीवन युवाक्लबले (बाेक्याकप) खुला भलिवल प्रतियोगिताकाे आयोजना गरेकाे छ।
बिहिवार एक औंपचारीक कार्यक्रमका बिच जाल्पादेवी माध्यामिक विद्यालयकाे खेल मैदानमा (बाेक्याकप) खुला भलिवल प्रतियाेगीता सञ्चालन गरिएको क्लवका अध्यक्ष गाेपाल बिष्टले बताएका छन्। उनले भने,“ समुदाय स्तरमा नयाँ खेलाडीहरुकाे पहिचान गरि तिनिहरुलाई थप खेल प्रती आकर्षित गर्न (बाेक्याकप) प्रतियाेगिताकाे आयोजना गरिएको हाे ”।
बाेक्याकप खुला भलिवल प्रतियाेगिताले यहाँका खेलप्रेमी खेलाडीहरुलाई खेलतर्फ जागरुकता पैदा गर्न सहयाेग गर्ने उनले बताए ।खेल क्षेत्र राष्ट्रकाे पहिचान र खेलाडी देशका गहना भएकोले हरेक ठाउँमा खेल क्षेत्रलाई उच्च प्राथामिकता राखेर अगाडी बढ्नु पर्ने हुँदा क्लवले उक्त आयोजना गरेकाे अध्यक्ष विष्टले बताए ।
प्रतियाेगिताकाे छेडेदह ६ का कार्यवाहक वडा अध्यक्ष धर्म नाथले उद्घाटन गर्नुभएको हाे । खेलमा प्रथम हुने टिमलाई (बाेक्या) उपहार दिईने भएको छ। खुला भलिवल (बाेक्याकप) प्रतियाेगीतामा ११ टिम सहभागी रहेकाेमा आयोजक “बि र सि” एमएस्सी मैताेला र “गाैमुल सङ्गम वि” गरेर ४ वटा टिम बाहिरी सकेका छन्।
कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि खप्तड छेडेदह ६ का कार्यवाहक वडा अध्यक्ष धर्म नाथले भौगोलिक विकटता र पर्याप्त खेल मैदान नहुँदा यहाँका खेलाडीहरुलाई राम्रो खेल्ने अवसर नभएको बताए । बालबालिकादेखि वृद्धवृद्धासम्मले भलिबल खेललाई निकै चासोका साथ हेर्ने गर्दछन् ।तर बाजुरामा खेल क्षेत्रकाे लागी उचित खेलमैदान,खेलाडीहरुकाे पहिचान गर्न नसक्दा खेल क्षेत्र पछाडी धकेलिदै गएकाे नाथले बताउनुभयाे।
खेल खेल्ने पर्याप्त वातावरण नहुँदा यहाँका कतिले खेलाडीहरुले खेल क्षेत्रबाट हात धुनुपरेको कुरामा उनले जाेड दिए। कति विदेशिनु परेको छ । गाउँका खेत तथा साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौँ खेलाडी अहिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका पुगिरहेकाे हुँदा खेल क्षेत्रलाई थप बढवा दिनुपर्ने उनले भने। साथै खेल क्षेत्रलाई बढवा दिन र यहाँका खेलाडीहरुकाे मान,सम्मान र पहिचान गर्न खेल प्रतियाेगिताकाे आयोजना गरेकाे प्रति रानिवन युवाक्लव परिवारलाई उहाँले धन्यवाद दिनुभयाे।
क्लवका अध्यक्ष गणेश बिष्टकाे अध्यक्षतामा सञ्चालन भएको (बाेक्याकप) खुला भलिवल प्रतियाेगितामा खप्तड छेडेदह ६ का कार्यवाहक अध्यक्ष धर्म नाथ प्रमुख अतिथि रहनु भएको थियाे। त्यस्तै कार्यक्रममा वडा सदस्य मन सेजुवाल,दलित महिला वडा सदस्य सुर्जा देवी सार्की बिशिष्ट अतिथि रहनु भएको थियाे।
त्यस्तै अतिथिमा पुर्व वडा सदस्य मान बहादुर विष्ट,जाल्पादेवी माध्यामिक बिद्यालयका विव्यस अध्यक्ष रमेश बिष्ट,नेकपा एमाले वडा कमिटी सचिव प्रकाश नेपाली,नेपाल शिक्षक संघ जिल्ला सदस्य बुद्ध विष्ट,जाल्पादेवीका शिक्षक नन्दराम पाध्याय, जाल्पादेवीका शिक्षक अभिभावक संघका अध्यक्ष जाेगी बिष्ट लगायत अतिथि थिए।
कार्यक्रममा समाजसेवी लाल सेजुवाल,युवा समाजसेवी लाल बिष्ट दलित अगुवा प्रसादे सार्की लगायत स्थानीयकाे सहभागीता रहेकाे थियाे सुरेन्द्र सेजुवालले स्वागत मन्तब्य राखेकाे कार्यक्रमकाे सञ्चालन क्लवका उपाध्यक्ष याेगेश पाध्यायले गर्नुभएको थियाे।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर