• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नसर्ने रोग तथा पाठेघरको मुखको निःशुल्क स्क्रीनिङ शिविर सम्पन्न

खप्तड मालिका न्युज May 1, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

खप्तड मालिका न्युज,बाजुराः विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघ बाजुराद्धारा आयोजित नसर्ने रोग तथा पाठेघरको मुखको निः शुल्क स्क्रीनिङ शिविर सम्पन्न भएको छ  ।अस्पताल बाजुरामा एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ बाजुराको आयोजना,जिल्ला अस्पताल बाजुरा र स्वास्थ कार्यालय बाजुराको सहकार्यमा सञ्चालन गरिएको नसर्ने रोग तथा पाठेघरको मुखको निःशुल्क स्क्रीनिङ शिविर सम्पन्न भएको हो ।

२०८१ चैत्र १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा गर्ने भनिए पनी चैत्र १५ गते काठमाडौको तिनकुनेमा भएको हिंसात्मक प्रर्दशनका क्रममा अराजक समुहरुले सञ्चार माध्ययम र सञ्चारकर्मीलाई निशाना बनाउँदै पत्रकारको आगोमा जलाई हत्या गरेको हुँदा निर्धारित समयमा कार्यक्रम स्थगित गरिएको थियो । सोही कार्यक्रम बैशाख १८ गतेका दिन गर्ने गरि पुन मन्त्रालयसंग सहमती भए अनुरुप महासंघका सबै केन्द्र,प्रदेश तथा जिल्ला शाखाहरुमा सञ्चालन गरिएको हो । सोही अनुरुप जिल्ला शाखा बाजुरामा उक्त कार्यक्रम गरिएको हो ।

महासंघको आयोजना,अस्पताल बाजुरा र स्वास्थ कार्यालय बाजुराको सहकार्यमा सञ्चालन भएको निःशुल्क नसर्ने रोग तथा पाठेघरको मुखको स्क्रीनिङ शिविर सम्पन्न भएको पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेले बताए । उनले भने,“महासंघको केन्द्रीय सर्कुलर अनुसार जिल्ला शाखा बाजुरामा पनि शिविर सञ्चालन गरेर सम्पन्न गरिएको छ ”। शिविरमा  सदरमुकाम मार्तडीमा उपलब्ध पत्रकारहरुको सामान्य चेकजाँचका साथै तौल,उचाइ मापन,प्रेसर,सुगर ,पाठेघरको मुखको स्क्रिननिङ लगायतको चेकजाँच गरिएको सचिव रौलेले बताए ।

चेकजाँचका क्रममा कसैमा सुगर,कसैमा प्रेसर र कसैमा खानपिनमा ध्यान नपुर्याउँदा कुपोषित हुन सक्ने सम्भावना समेत देखिएका छन् । उचित खानपिनमा ध्यान,नियमित शारिरीक व्यायममा सक्दो जोड दिन डाक्टरहरुले सुझाव दिए । धेरै मात्रामा खानेकुरा “पोलेर, साँधेर, तारेर, भुटेर, सुकुटी बनाएर ।”नखान आग्रह गर्दै सामान्यतया नुन चिल्लो कम खाने,धूम्रपान र मदिराको सेवन नगर्ने, सकेसम्म हरियो सागसब्जी,ताजाताजा फलफुल र नियमित व्यायम र उचित खानपिनमा ध्यान दिन डाक्टरहरुले सुझाव दिएका हुन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले व्यक्ति शारिरीक हिसाबले फुर्तिलो,जागरिलो रहन शारिरीक क्रियाकलाप र उचित खानपिनमा ध्यान दिन सुझाव दिए । साथै नसर्ने रोगहरुले व्यक्तिमा धेरै असर गरिरहने हुँदा यस्ता खाले रोगहरुको समयमै चेकजाँच गरि उपचार गर्न आवश्यक रहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले शरिरलाई स्वच्छ राख्न बिशेषत उचित किसिमको खानपिन र शारिरीक व्यायममा जोड दिन आग्रह गरे । साथै नसर्ने रोगको बेलैमा पहिचान गरि स्वास्थ्य उपचार गर्न अति आबश्यक रहेको उनले बताए ।

नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादव रहनु भएको थियो। त्यस्तै अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरी,प्रेस युनियन बाजुराका उपाध्यक्ष जय बहादुर रावत,प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय,प्रेस सेन्टरकी सचिव शाेधा नेपाली लगायत अतिथि रहेका थिए ।

कार्यक्रम जिल्ला स्थित सम्पुर्ण सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी पत्रकारको सहभागीता रहेको थियो। नेपाल पत्रकार महासंघ बाजुराका  सदस्य धनकृष्ण विकले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सह-सचिव राजेन्द्र विकले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑