• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरा “सौन्दर्यता र सम्भावनाको ” जिल्ला होः प्रजिअ पाध्या

खप्तड मालिका न्युज April 30, 2025 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुराः प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बाजुरा “सौन्दर्यता र सम्भावनाको ” जिल्ला रहेको बताएका छन्।प्रशासन कार्यालयले गरेका काम,कर्तव्यको सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

बाजुरा जिल्ला प्राकृतिक तथा ऐतिहासिक हिसाबले भरिपुर्ण भएकोले यस जिल्लालाई प्रचुर “सौन्दर्यता र सम्भावनाको ” भएको जिल्लाको रुपमा लिन सकिने उनले बताए । साथै बाजुुरालाई “हिरा मोतीको”थालको रुपमा लिन सकिने पनि उनले बताए । प्रचुर सम्भावना भएको जिल्ला बाजुरालाई “हिरा मोतीको” थालको रुपमा बयान गर्न सकिने बताउँदै पाध्यायले यसलाई “फलामे थाल”को रुपमा नलिन उहाँले आग्रह गर्नुभयो।

यहाँ धेरै सम्भावना भएकोले यस्ता सम्भावनाहरुको खोजी गरि यिनिहरुको पर्यटन,प्रबर्द्धन गरेर विश्वसामु बाजुरालाई चिनाउँन अझै सशक्त भएर लाग्नु पर्ने कुरामा उनले जोड दिए ।बाजुरा सामाजिक,भौगोलिक,ऐतिहासिक दृष्टिकोणबाट धनी रहेको बताउँदै पाध्यायले बाजुरामा गर्न खोज्यो भने जुनसुकै कुरा पनि सम्भव रहेको बताए ।

यहाँको प्राकृतिक सम्पदा,पर्यटकीय स्थल,रैथाने तथा खाद्यान्न बाली,बन,बनस्पति,सुहाउँदो हावापानी,भौगोलिक हिसाबले महत्त्वपूर्ण मानिएका ठाउँहरुको प्रचार-प्रसार गर्न सकिएको खण्डमा बाजुराको सामाजिक,ऐतिहासिक क्षेत्र मात्रै नभई आर्थिक क्षेत्रमा पनि बलियो सुधार गर्न सकिने उनले बताए ।उनले भने,बाजुरामा हरेक सम्भावनाहरु छन्,यी सम्भावनाहरुलाई विश्वसामु पुर्याएको खण्डमा यहाँको पर्यटन,प्रबर्द्धन गर्न सकिने बताए ।

यहाँका बडीमालिका,बुढिनन्दा,रानिशैन,त्रिबेणी,कालाजग्रा पोरखेगढि,छेडेदह,नाटेश्वरी जस्ता पर्यटकीय धाम,यहाँको रैथाने तथा खाद्यान्न बाली,अर्गानिक वस्तुहरु,यहाँको अल्लो,भागो,सिस्नो,लगायत वस्तुहरुबाट मनग्य लाभ लिन सकिने उनले बताए । हरेक सम्भावनाले भरिपुर्ण रहेको बाजुरामा हरेक चिज सम्भव रहेको उनले बताए ।बाजुराका हरियाली जङ्गल, कहालिलाग्दा नङ्गा डाडापाखा,सेताम्य हिउँको तन्नामा सुतिरहेका लहरबद्द दन्त मिले जस्तै मिलेका हिमाल,कलकल बग्ने स-साना खहरे खोला,नौरङ्गे साडिमा उनिएकी अप्सरा जस्तैः रमाइरहेका हिमाल यहाँका गहना रहेको कुरामा उनले जोड दिए ।

साथै बिहानी पखको सुर्यको किरणमा टलटल टल्किने लोभलाख्दा डाडापाखा,सान्त वातावरण,स्वच्छ हावापानी, पहाड भित्र लुकेको अर्को नयाँ सन्सार,बिचित्रताको खानी, सौन्दर्यका हिसाबले स्वर्ग जस्तैः लाग्ने रमाइला ठाउँ बाजुरामै रहेको उनले बताए । पाध्यायले भने, “प्राकृतिक तथा धार्मिक हिसाबले भरिपुर्ण जिल्लामा जन्म लिनु अहोभाग्यको कुरा हो । यहाँको स्थानीय बस्तुलाई प्रशोधन गरेर यसबाट पनि फाईदा लिन सकिने जसले गर्दा आर्थिक जिवनस्तर उकास्न मद्दत गर्ने अपेक्षा छ।”

पाध्यायले यहाँको सम्भावनालाई थप जोड दिदै भने,बाजुरा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले निकै प्रसिद्ध छ जहाँ हरेक सम्भावना छन्। अथाह मनोरम प्राकृतिक दृश्य सङ्गै हरेक सम्भावना बोकेको सुदूरपश्चिमको गहना बाजुरालाई अझै यहाँको पर्यटन,प्रबर्द्धन,यहाँको रैथाने खाद्यान्न बालीनालीहरुको प्रचार-प्रसार,पर्यटकीय क्षेत्रको प्रबर्द्धन स्थानीय उत्पादित अर्गानिक वस्तुहरुको बजारिकरण,तिनिहरुको प्रयोग र खेती गर्न नसकिएको कुरामा उहाँले जोड दिनुभयो।

जिल्लामा हरेक सम्भावनाहरु छन्,यहाँ चिन्न नसकिएका तर फाईदाजनक बस्तुहरु धेरै छन् जसको प्रयोग गर्न सकिएको छैन्। यहाँकै सिस्नो,फाप्रे लगायत बस्तुहरुलाई प्रयोगमा ल्याउन नसक्दा त्यसको उपयोग घटिरहेको उनले बताए ।स्थानीयहरुले आफ्नै गाउँ ठाउँमा उत्पादित कोदो,कागुनो,फापर,मार्से,चिनो, कागुनो, उवा, जौ आलु,सिमि,भटमास लगायतका बालीहरुलाई पछिल्लो समय खेतीहरु कम गर्दै आईरहेको बताउँदै कसैले यस्ता बालीहरुको प्रबर्द्धनमा चाँसो नदिएकोले यी बालीहरु बिस्तारै लोप हुँदै गईरहेको पनि उनले बताए ।

गाउँघरमा उत्पादित कोदो लगायतका परिकार बनाएर खानुको साटो अहिले मानिसहरुले बजारमा पाइने बिभिन्न खाले मसलादारयुक्त खानेकुराहरु खान थालेपछि रैथाने बालीहरुको संरक्षणमा चुनौती थपिदै गएको उनले बताएका हुन् । गरिवी ,भोकमरी र मानव विकाश सूचकाङ्कका हिसाबले निकै पछाडी परेको बाजुरा जिल्ला तर सम्भावनाका हिसाबले निकै धनी रहेको तर त्यो सम्भावनालाई स्रोत साधनको कमीले प्रचारप्रसारमा ल्याउन नसकिएको उनले बताए । बाजुरा जस्तो सम्भावनाका हिसाबले धनी जिल्लामा रैथाने बालीहरु निकै राम्रो फल्ने गरेको बताउँदै यस्ता बालीहरुको संरक्षण,तथा बढवा दिनको लागी यहाँका सरोकारवाला निकायका साथसाथै सबै स्थानीय कृषकहरुले रैथाने बालीको पर्बद्धनमा लाग्नुपर्ने कुरामा उनले जोड दिएका थिए ।

पछिल्लो समय विभिन्न बालीहरूको नयाँ जातको विकास र विस्तार तथा रैथाने बालीको व्यवसायीकरण भन्दा आयातीत बालीको खेतीमा बढी जोड दिएसँगै देशमै रैथाने बालीहरू लोपोन्मुख अवस्थामा रहेको,स्थानीयहरुले आफ्नै खेतबारीमा रैथाने बालीहरु लगाएर राम्रो उत्पादन लिनुको साटो हाल अन्य देशबाट खाद्यान्नको सहज आयातले कृषकहरू रैथाने बाली लगाउनुभन्दा आयातित गरिएको खाद्यान्नमा भर पर्दा यहाँको सम्भावना पछी पर्दै गएको कुरामा उहाँले जोड दिनुभयो।

बाजुरा “सौन्दर्यता र सम्भावनाको ”जिल्ला हो।यहाँको सम्भावनालाई अझै अगाडि बढाउँन यहाँका नागरिकले एकसाथ भएर लाग्नुपर्ने,यहाँको सम्भावनाको थप प्रचार-प्रसार गर्नुपर्ने पाध्यायले भने।“ यहाँको सौन्दर्यता र सम्भावना नै यहाँको गहना हो,यी गहनाहरुको संरक्षण तथा प्रबर्द्धन गर्न आबश्यक रहेको छ ” ।पाध्याले भने। सम्भावना नै सम्भावना बोकेको जिल्ला बाजुरा जहाँको सम्भावना तथा सौन्दर्यतालाई गहनाको रुपमा लिई यसको पर्यटन,प्रबर्द्धन तथा प्रचार-प्रसार, यहाँको सम्भावनाको पहिचान गरेर सम्पूर्ण नागरिकमा जागरूकता पैदा गर्न आबश्यक रहेको प्रजिअ पाध्याले बताए ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑