
बाजुराः जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा न: ६ नाईनामा नाईक टाेलकाे जनश्रमदानमा आर्थिक संकलन गरेर क्रिया घर निर्माण गरिएकाे छ ।

किरिया बस्नेहरूलाई सहज होस् भनेर ढुङ्गा तथा काठबाट, फराकिलो तरिकाकाे क्रियापुत्री घर निर्माण गरिएकाे वडा नम्बर ६ का स्थानीय तथा समाजसेवी रमेश बिष्टले बताए । उनले भने,“हिन्दू धर्ममा जन्म र मृत्यु संस्कार निकै महत्त्वपूर्ण मानिन्छ, यसै कुराको दृष्टिगत गर्दै नाईक टाेलकाे जनश्रमदानमा क्रियापुत्री घर निर्माण गरेका छौँ”,।
नागरिकस्तरबाट पहल र नाईक टाेलकाे जनश्रमदान तथा आर्थिक सहयोगबाट क्रियापुत्री भवन निर्माण कार्य गरिएकाे छ ।”विष्टले बताए । स्थानीय सबैलाई आ-आफ्नो घरघरमा काजकिरिया कर्म गर्न असहज हुँदै आएकाे हुँदा सबैलाई क्रिया बसेकाे बेला उनीहरुलाई कुर्न तथा काजकिरिया कर्म गर्न सहज हाेस् भन्ने उदेश्यका साथ क्रियापुत्री घर निर्माण गरिएको समाजसेवी विष्टकाे भनाइ छ ।
स्थानीय सरकार लगायत कसैले नहेर्दा नागरिकस्तर बाटै पहल लिएर जनश्रमदान बाटै आर्थिक जुटाएर घर निर्माण गरिएको बताईएकाे छ ।मानिसकाे मृत्यु हुँदा मृतकका परिवारलाई करिब १३ दिन सम्म काजकिरिया गर्न सहज भन्ने उदेश्यले घर निर्माण गरिएको हाे। हिन्दु धर्ममा मानिसकाे मृत्यु हुँदा किरिया बस्ने चलन छ,किरिया बस्दा किरियापुत्रीले अलग्गै बस्नु पर्ने बाध्यता छ ।
घर भित्र बस्दा असहजा हुने भएकोले धर्म कर्मका सहज हाेस् भनेर घर निर्माण गरिएको नाईका टाेलका स्थानीयले बताएका छन्। सुबिधा युक्त ठाउँमा घर निर्माण गरिएकाे र काजकिरियामा यस घरले ठुलाे सहयाेग गर्ने अपेक्षा त्यहाँका स्थानीयले लिएका छन्। किरियापुत्री घरले दुःखद कार्यमा परेका स्थानीय वासीलाई सहजता प्राप्त हुने विश्वास लगिएको छ ।
किरियापुत्री भवनको आवश्यकता महसुस हुँदै आएकाेमा सबैको साझा प्रयास, सहभागिता र जनश्रमदानबाट भवन निर्माण गरिनु समाजकाे लागी महत्त्वपूर्ण कार्य ठानिएकाे छ । १ तले उक्त भवनमा क्रियापुत्रीलाई बस्ने र कुरुवा कोठाकाे व्यस्था मिलाइएको छ ।क्रियाकर्मको संस्कारका काम गर्न अब याे क्रियापुत्री घरले नाईना टाेलबासीलाई सहज हुनेछ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर