• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

“अर्गानिक वस्तुको सङ्कलन तथा विक्री” गरेर व्यवसायीक उद्यमशीलताको परिचय दिदै तिमिल्सेना

तिमिल्सेना अर्गानिक किराना पशलका सञ्चालक शिवलाल तिमिल्सेना अर्गानिक बस्तुहरु विक्री गर्दै ।।
खप्तड मालिका न्युज April 23, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुरा- गर्न खाेज्याे भने सबै चिज गाउँमै सम्भव छ। उमेरले कसैलाई बुढाे भन्दैन् । मानिसकाे लागी पेशा व्यवसाय सानाे ठुलाे हुदैन।गर्न चाहने हरुको लागी जुनसुकै पेशा व्यवसाय समान हुन्छन्। व्यवसायबाटै कसैले राम्रो आम्दानी गरेर आफ्नो परिचय दिएका छन् । स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यान्न बालीहरुको संकलन गरेर कतिपय मानिसहरुले राम्रो व्यवसाय गरिरहेका समाचार छरपस्ट देख्न सकिन्छ । स्थानीय उत्पादित बालीनालीहरुको संरक्षण तथा प्रबर्द्धन गरेर ती बालीहरुलाई संकलन गरि जिल्ला बाहिर बिक्री-वितरण गरेर कतिपयले राम्रो व्यवसाय गाउँमै गरिरहेका हुन्छन्।

त्यसकै एक उदाहरणको रुपमा छन् बडीमालिका नगरपालिका —९ स्थायी घर भएका पुर्व शिक्षक,हाल व्यवसायी शिवलाल तिमिल्सेना । जो उद्यमशीलताको एक उदाहरणीय पात्र हुन् । उमेरले अहिले उहाँ ६४ बर्षको हुनुभयो।आफ्नो जन्मभूमि बाजुरामै विगत ४० बर्ष शिक्षक पेशा अँगालेर अहिले निवृत्त भएका उनले हाल जिल्लाको सदमुकाम मार्तडीमा अर्गानिक रैथाने बालीहरुको संकलन गरेर राम्रो व्यवसाय गर्दै आउँनु भएको छ ।

वि.सं.२०४० साल चैत्र ८ गतेबाट शिक्षक पेशा अगालेका उहाँले ४० बर्षसम्म शिक्षक पेशाबाट ठुलो अनुभव बटुलेका उनले अहिले स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यान्न बालीहरुको संकलन गरेर राम्रो व्यवसाय गर्दै आउँनु भएको छ ।  स्काउटले आफ्नो चरित्र निर्माण गर्न सिकाएको उहाँ बताउनुहुन्छ।चोयाकोट माविमा १३ बर्ष र मालिका नमुना माविमा २७ वर्षसम्म शिक्षण पेशा गरेका उनले शिक्षक पेशाबाट निवृत्त भए पश्चात् उनले गाउँमै अझै केही गर्नु पर्छ भन्ने उदेश्यका साथ मार्तडीमा रैथानेबाली सङ्कलन गरेर बिक्री गर्दै राम्रो व्यवसायिको परिचय दिदै आएका छन्।

केही नयाँ र यहाँको रैथानेबालीको संरक्षण,प्रबर्द्धन गर्नुपर्छ भन्ने चाहनाका साथ उहाँले ‘तिमिल्सेना अर्गानिक किराना पशल’ स्थापना गरेका छन् । यो पशल मार्फत उनले स्थानीय स्तरमै उत्पादित रैथाने बालीनालीहरु संकलन गरेर बिक्री वितरण गर्दै आएका छन्। तिमिल्सेना आफुले स्थापना गरेको तिमिल्सेना अर्गानिक किराना पशलमा अर्गानिक रैथाने बालीनालीको संकलन र बिक्रीवितरणमा व्यस्त छन् ।

उनले यो व्यवसाय सुरुवात गर्नुभएको करिब १० महिना भएको छ । उहाँले यो अगाडी सामान्य दैनिक उपभोग्य सामानको मात्रै व्यापार गर्दै आएका थिए । उनले भने, “शिक्षक पेशाबाट निवृत्त भए पश्चात् गाउँमै केही गर्नुपर्छ भनेर व्यवसाय गरेको हुँ । गाउँकै अर्गानिक बालीनालीको संकलन गरेर बिक्री तथा संरक्षण, प्रबर्द्धन गर्ने,स्थानीयको उत्पादन रैथानेबाली गाउँमै सिमित नभई देशका ठुल्ठुला शरहसम्म पुर्याउन आफुले यो व्यवसाय अपनाएको जसले गर्दा यहाँको रैथाने बालीनालीमा सहयोग पुग्ने विश्वास पनि रहेको छ । ”उनले भने।

अहिले तिमिल्सेनाको अर्गानिक किराना पशलहरुमा स्थानीय स्तरमा उत्पादित बालीनाली,कोदो,चिनो, कागुनो, उवा, लट्टे मार्से, फापर, जुम्ली मार्सी, कोदो, जौ, स्थानीय सिमी,कालो सिमि,रातो सिमि,कालो भटमास,सेतो भटमास,घिउ सिमि,गहत,गुरास,स्थानीय सिस्नोको कर्कलो,कोदोको पिठो,गहुँको पिठो,तिर्खुलो,मौरीको मह,कागतीको झोल,मास,स्थानीय हल्दी,खुर्सानी,चना,टिमुर,फापरको पिठो,धनिया,जौ र भटमासको सातु,भागो,रातो चामल,स्याउ,आलु,सुन्तला लगायत अन्य खाद्यान्न तथा रैथाने बालीनाली गरेर करिब ४० बढी स्थानीय उत्पादित रैथाने तथा खाद्यान्न बाली संकलन गरेर बिक्रीवितरण गरिदै आएको छ ।

उनले यो व्यवसायबाट राम्रो आम्दानीका साथै यहाँको स्थानीय अर्गानिक बस्तुहरुको उपयोग भईरहेको बताए ।“विभिन्न पालिका बिशेषगरि गौमुलबाट स्थानीय उत्पादित बस्तुहरु ल्याईरहेको छु, आफैँले केहि गर्नुपर्छ भनेर व्यवसाय गर्न थाले, शिक्षक पेशाबाट विश्राम लिए पछि खाली बस्न नसकिने हुँदा व्यावसायिक रुपमा व्यवसायतिर लागेको हुँ, अहिले बाजुरामा उत्पादन भएको स्थानीय अर्गानिक बस्तुहरु बिक्रीका लागी यो व्यवसाय अँगाले,संकलन गरेको रैथाने तथा खाद्यान्न बालीनाली देशका ठुला शहर,काठमाडौ,नेपालगञ्ज,पोखरा,धनगढी लगायतका शहरहरुमा खरिद विक्री हुने गरेको छ ”,व्यवसायी तिमिल्सेनाले भने।

“स्थानीय उत्पादित वस्तुहरुको व्यापार गर्दा सबैबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छु,जसले गर्दा आफुलाई खुसीको महशुस हुन्छ। रैथाने,बालीनालीको संकलन,बिक्री-वितरण संगै अन्य दैनिक उपभोग्य सामानहरुको समेत व्यवसाय गर्दै आएको छु ।”उनले बताए ।तिमिल्सेनाले अहिले मार्तडीमै बसेर स्थानीय रैथानेबाली तथा अन्य उपभोग्य सामाग्रीहरुको विक्रीवितरण गरेर राम्रो कमाई गर्दै आएका छन्।कुनै दिनमा एकै पटक उहाँले उक्त बस्तुहरु बिक्री-वितरण गरेर २३ हजार बढि आम्दानी समेत गर्नुभएको रेकर्ड छ ।

अर्गानीक खाद्यान बस्तुलाई सङ्कलनका साथ प्रशोधन गरेर बिक्री-वितरण समेत गर्दै आउँनु भएका तिमिल्सेनाले त्यसैबाट राम्रो कमाई गर्न सक्ने देखिएको छ। कुनै बेला ठुलो समस्या झेल्दै,कठिन परिस्थितिलाई पार लगाएर स्थायी शिक्षक समेत भएका तिमिल्सेना यतिवेला व्यवसायीको रुपमा परिचित हुनुहुन्छ। यहाँकै किसानले उत्पादन गरेको कोदो , कागुनो , फापर , गहुँ,जौ,भटमास,सिमी,गहत,मुसुरो,रातो सिमि,कालो सिमि,मास लगायतका आर्गानिक खाद्यान तथा दलहन बस्तुलाई गाउँमै सङ्कलन तथा प्रशोधन गरी बिक्री-वितरण गर्दै आएपछि उहाँको व्यवसाय राम्रो देखिएको हो।

“ यहाँका स्थानीयले उत्पादन गरेको रैथाने तथा खाद्यान्न बाली आफुले संकलन गरेर बिक्री-बितरण गर्ने गरेको छु । पहिले यहाँको स्थानीय बस्तुहरु गाउँमै सिमित थिए जब आफुले अर्गानिक पशल स्थापना गरि सञ्चालनमा ल्याए पश्चात् यहाँको रैथाने खाद्यान्न बस्तु बाह्य जिल्लामा जाने गरेको छ,जसले गर्दा स्थानीयलाई पनि फाइदा हुने र आफुलाई पनि स्वरोजगार बन्न सक्ने हुँदा रैथानेबाली सङ्कलन तथा प्रशोधन गरेर यहाँको रैथानेबाली ब्रिकी गर्न थालेको हुँ ”तिमिल्सेनाले बताए ।

स्थानीयको जिवन स्तर उकास्न पालिकाकाले यहाँको रैथाने खाद्यान्न बाली,यहाँको कृषि,जडीबुटीलाई मुख्य प्राथामिकतामा राखेर काम गर्नुपर्ने कुरामा तिमिल्सेनाले जोड दिए। तिमिल्सेना भन्छन, ‘यदि नागरिकलाई स्वदेशमै राख्न चाहने हो भने, यहाँको अर्गानिक स्थानीय रैथाने तथा खाद्यान्न उत्पादनलाई जोड दिई यसको संरक्षण प्रबर्द्धन तथा बजारीकरण गर्न यहाँको स्थानीय सरकारले महत्त्वपूर्ण साथ दिनुपर्छ ।’ स्थानीय सरकारले आफ्नै स्थानीय उत्पादित बस्तुहरुलाई प्रवर्द्धन तथा बजारिकरणको नीति अबलम्बन गर्ने हो भने, गाउँमै उत्पादन भएका सामग्रीको खपत वृद्धि हुनेछ । जसले गर्दा उद्यमशीलता मात्र नभई, स्थानीय रोजगारी, वातावरणीय स्थिरता र आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याउन सकिने उनको भनाइ छ।

उहाँले अहिले मार्तडीको खेलकुद नजिकै सञ्चालन गरेको अर्गानिक रैथाने तथा खाद्यान्न बाली किराना पशलबाट विभिन्न प्रकारका रैथाने बाली र अर्गानिक खाद्यवस्तु तथा फलफूलहरू काठमाडौं,पोखरा,नेपालगन्ज र, बुटवल,र धनगढीसम्म पठाउने गर्नुहुन्छ । कोदोको पिठो, फापर, जौको च्याख्ला, चिनो, कागुनो, जुम्ली सिमी, मार्सी चामल लगायतका खाद्यवस्तुहरू बेचेर उहाँले उद्यमशिल व्यवसायीको नाम दिदै आउँनु भएको छ।

“स्थानिय बजारका साथै देशका ठुला शहरहरुमा प्राङ्गारिक एवं रैथाने बाली वस्तुहरूको बिक्री वितरण हुने गरेको छ। कतिपय सहरमा रैथाने बालीका उत्पादनहरूको मात्र बिक्री केन्द्र स्थापना छन् जसले गर्दा यहाँको स्थानीय बाली बढि खपत हुने गरेको उनले बताए ।” रैथाने बालीका खाद्य वस्तुले बजारमा राम्रो मूल्य पाईरहेको उनको बुझाई छ। रैथाने बाली परम्परागत रूपमा सदियौंदेखि कृषकहरूले खेती एवं संरक्षण गर्दै आइरहेका कृषि बाली भएकोले यिनिहरुको संरक्षणमा सबैले जोड दिनुपर्ने उनको भनाइ छ। बाजुरामा उत्पादन हुने केही यस्ता खाद्यान्न बाली छन्, तिनको खपत देशभित्र मात्रै नभई विदेशमा बढी हुने गर्दछ,” तिमिल्सेना भन्नुहुन्छ ।

तिमिल्सेनाका अनुसार गर्नेको लागी गाउँमै रोजगारी फालाफाल भएको बताउनुहुन्छ।गाउँमै केही गर्छु भन्ने अठोटका साथ लागेको खण्डमा रुपैयाँ यहि फालाफाल हुने उनले बताए । बदलिँदो खानपान तथा शैलीका कारण ग्रामिण भेगमा रैथाने बालीहरूको उपभोग निकै कम र सहरी क्षेत्रमा बढी रहेको समेत उनले बताए ।रैथाने बालीमा भएको पौष्टिक तत्वको महत्वका कारण यसको उपभोग तथा माग दिनानु दिन बढ्दै गएको उनको बुझाई छ।हामीले आफ्नै बालीनालीलाई चिन्न नसकेको प्रति उहाँले दुस्व्यक्त गरे।स्थानीय रैथाने बस्तुहरुको गाउँ-ठाउँबाट संकलन गरेर बजारसम्म पुर्याउन अलि सकस हुने गरेको उनको भनाइ छ ।

“व्यवसाय त सञ्चालन गरियो,तर यसको बजारिकरण,भण्डार तथा ढुवानी गरेर बजारसम्म पुर्याउन कठिन हुने गरेको छ ”।उनले भने।रैथाने वस्तुहरुको संरक्षण तथा ढुवानीमा चुनौती हुने गरेको छ, ।“गाउँ-गाउँबाट ढुवानी गरेर यहाँसम्म ल्याउनु पर्छ,फेरी प्रशोधन गरेर प्याक गर्नुपर्छ,यहाँसम्म ल्याएको बस्तु बजारिकरण गर्न समस्या हुन्छ,भने जस्तो मुल्य पाउँन सकिन्न। यसको गुणस्तर जोगाउन संरक्षणको अभाव लगायत समस्या हुने गर्छन् ” उनले भने ।

आन्तरिक तथा बाह्य बजारमा स्थानीय अर्गानिक खाद्यान्न बस्तुहरुको माग क्रमिक रुपले बढ्दै गईरहेको भए पनि हामीले स्थानीय वस्तुहरुको उपयोग,संरक्षण तथा बजारिकरण गर्न नसक्दा यी बस्तुहरु गाउँमै सिमित हुनु परेको उनले बताए। अर्गानिक वस्तुहरुलाई उच्च प्राथामिकतामा राखेर यिनको बजारिकरण गर्न सकिएको खण्डमा स्वरोजगारका साथै देशको आर्थिक स्थितिमा टेवा पुर्याउन सकिने उनको भनाइ छ। “अर्गानिक वस्तुको सङ्कलन तथा विक्री” गरेर व्यवसायी उद्यमशीलताको परिचय दिन आवश्यक रहेको उनको भनाई छ ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑