
बाजुराः बुढीगंगा नगरपालिका ५ को सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाबासीले आफ्ना दैनिक जीवनसंग जोडिन आग्रह गरेका छन् । सुशासनको पक्षलाई बलियो बनाएर जनताका जनजीविका र आधारभूत आवश्यकताई वडा र नगर सरकारले पूरा गर्न माग राखेका छन् ।

वडा कार्यालयको केन्द्र नुवाघरमा आयोजना गरिएको कार्यक्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई थप ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बुढीगंगा नगरपालिकाले यतिबेला वडा स्तरका सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेको छ ।
पालिकाले सम्पादन गर्ने कामको समीक्षा र आगामी योजना बारे जानकारी लिने गरी कार्यक्रम आयोजना गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । १० वटै वडामा कार्यक्रम गर्ने, जनताका धारणा बुझ्ने, सुझाव लिने र पालिकाको योजना सुनाउने गरिएको छ ।
वडा अध्यक्ष चक्र थापाको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजीकरण गरिएको कार्यक्रमका सहभागीले वडा र पालिकाले सम्पादन गर्ने योजना प्रति आफूहरु सन्तुष्ट रहेको बताएका छन् ।
सहभागीहरुले टोल र बस्ती स्तरका समस्यालाई विशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् । “शिक्षा स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधार सुरक्षित र समृद्ध विकास” भन्ने मुल नारा सहित कार्यक्रम आयोजना गरिएको हो ।
गएको आर्थिक वर्षदेखि चैत्र ३१ सम्मका योजना, कार्यक्रम बारे छलफल तथा समीक्षा गरिएको छ । वडामा खानेपानी समस्या सबै भन्दा बढी रहेको भन्दै स्थानीयले वडा र नगर सरकारलाई गम्भीर भएर व्यवस्थापन गर्नुपर्ने व्यापक माग राखेका छन् ।
नगर प्रमुख रामबहादुर बाँनिया प्रमुख अतिथि र माया खड्का कुवँर विशेष वक्ता रहेको कार्यक्रमको सहजीरण नेपाल पत्रकार महासंघ जिल्ला, शाखा बाजुराका उपाध्यक्ष रमित विकले गरेका हुन् ।
वडा सचिव माया थापा रावलले सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य सुशीला मिजार, वडा सदस्य, पार्टी प्रतिनिधि पत्रकार लगायत स्थानीयको सहभागीता रहेको थियो ।गौमुल खबरबाट

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर