• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

प्रेस युनियन बाजुराले गर्याे नयाँ बर्षकाे पात्राेसंगै कार्यालय स्थापना

खप्तड मालिका न्युज April 20, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा: नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कार्यालय स्थापना गरेको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुुराले बाजुरा शाखा स्थापनाकाे करिब २० बर्षपछी कार्यालय स्थापना गरेको हो । कार्यालयकाे उद्घाटन नेपाली काँग्रेस बाजुराका पुर्वपार्टी सभापती कविराज पण्डितकाे प्रमुख आतिथ्यमा गरिएकाे प्रेस युनियन बाजुराले जनाएकाे छ । नयाँ बर्षको अबसर पारी नेपाल प्रेस युनियन बाजुुराले आफ्नै कार्यालय स्थापना संगै २०८२ काे पात्राे समेत बिमाेचन गरेकाे प्रेस युनियन बाजुराकी अध्यक्ष संगिता तिमिल्सिनाले बताएकी छन । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुरालाई चलायनमान गर्न र युनियलाई संस्थागत रुपमा अगाडी बढाउने उदेस्यका साथ कार्यालय स्थापना गरिएको अध्यक्ष तिमिल्सिनाले बताइन ।

प्रेस युनियन बाजुराले २० बर्ष पछी गर्यो कार्यालय स्थापना

आईतबार एक औपचारिक कार्यक्रमका साथ नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापती कविराज पण्डितले रिवन काटेर कार्यालयको उद्घाटन गरिएको सचिव राम बहादुर विकले बताएका छन । प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष संगिता तिमिल्सेनाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती पुर्वपार्टी सभापती कविराज पण्डित रहेका थिए । त्यस्तै कार्यक्रमका विशिष्ट अथिती प्रदेश समिती प्रचार,प्रसार विभाग प्रमुख धनराज पण्डित,पार्टि उपसभापती पदम बडुवाल,पार्टिसचिव भरतबहादुर रोकाया रहेका थिए ।

त्यसै गरी कार्यक्रममा काँग्रेस नगर सभापती गोपाल कार्की, प्रेस युनिय पुर्व केन्द्रिय सदस्य दयाराम पण्डित, प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय,नेविसंघ जिल्ला अध्यक्ष जनक थापा लगायतको सहभागिता रहेको थियो । प्रेस युनियनका उपाध्यक्ष जयबहादुर रावतले स्वागत मन्तव्य मार्फत स्वागत गरेकाे कार्यक्रमको संचालन सचिव रामबहादुर विकले गरेका थिए ।

May be an image of 6 people and text

बाजुरा जस्तो दुर्गम क्षेत्रमा प्रेस युनियनले आफ्नै कार्यालय स्थापना गरि कार्यालय सूचारु गरेको प्रेस युनियन बाजुराका अध्यक्ष संगिता तिमिल्सेनाले बताएकी छन् । कार्यालय स्थापनाले गर्दा संस्थाको काम गर्न सरल,सजिलो हुने भएकाले कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । यसगर्दा संस्थागत रुपमा परिवर्तन आउने विश्वास उहाँले गर्नुभएको छ । प्रेस युनियन बाजुराले कार्यालय स्थापना सहित बार्षिक क्यालेन्डर समेत प्रकाशित गरेको छ ।

May be an image of 8 people, hospital and text

नयाँ बर्ष २०८२ सालमा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कार्यालय स्थापना सहित बार्षिक क्यालेन्डर प्रकाशित गरेको जनाएको छ । आईतबार एक औपचारिक कार्यक्रमका साथ नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापती कविराज पण्डितले रिवन काटेर कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन संगै क्यालेन्डर अनावरण नेपाली काँग्रेस बाजुराका पार्टि उपसभापती पदम बडुवाले गर्नुभएको थियो । त्यस्तै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समिती सदस्य धनराज पण्डितले मैनबतीद्धारा कार्यालय स्थापना भएको खुसी व्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा पुर्वपार्टी सभापती कविराज पण्डितले प्रेस युनियन बाजुरा शाखालाई धन्यावाद व्यक्त गुर्नभयो । प्रेस युनियन बाजुरा शाखालाई बलियो बनाउन उहाँले आग्रह गुर्नभएको छ ।

देशको परिवर्तनको संवाहक नै पत्रकारिता क्षेत्र भएकाले त्यसकारण प्रेस युनियनले बलियो हुन सुझाव दिनुभयो । त्यस्तै धनराज पण्डित पनि धन्यवाद दिनुभएको छ । कार्यालय स्थापना गर्नुनै चुनौती पुर्ण अवस्था थियो,तर युनियन बाजुराले कार्यालय स्थापना गरेको प्रती आफुले गौरव महसुस गरेको उहाँले बताउनुभयो । त्यसैगरि पार्टी उपसभापती पदम बडुवाले कार्यालय स्थापना संगै आफ्नो पेशालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । यहाँका दुरदराजका नागरिका सवाल र भष्टाचार,बेथीतीका विरुद्ध पत्रकारले कलम चलाउनुपर्ने उहाँले आग्रह गर्नुभयो ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑