
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः जिल्ला अस्पताल बाजुरालाई “ग्रीन गार्डेन” हस्पिटल बनाउन बिरुवा रोपण कार्यलाई निरन्तरता दिईदै आएको छ । अस्पताल बाजुराको वातावरणलाई स्वच्छ,शान्त,मर्यादित बनाउन बिरुवा बृक्षरोपण कार्यलाई निरन्तरता दिईदै आएको अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताउनुभयो।

उहाँले भन्नुभयो, “अस्पताललाई ग्रीन गार्डेन बनाउने उदेश्यका साथ अस्पताल परिसर भित्र बिरुवा बृक्षरोपण कार्यलाई निरन्तरता दिईदै आएको छ”।विभिन्न ब्यक्ति तथा पालिकाको सहयोगमा बिरुवा खरिद गरि अस्पतालको परिसर भित्र विभिन्न किसिमका बिरुवा तथा फुलहरु रोपिदै आएको उहाँले बताउनुभयो।
जिल्ला अस्पतालबाट प्रदान गरिने सेवा चुस्तदुरुस्त हुनुका साथै अस्पतालको सौन्दर्यतालाई पनी हेर्न लायक बनाउन पछिल्लो समय बृक्षरोपण कार्य भईरहेको डाक्टर यादवको भनाइ छ । बृक्षरोपण कार्यले यहाँको सौन्दर्यतामा पनी निखारता आउनुका साथै अस्पतालमा आउने बिरामीहरुलाई पनि हरियाली ठाउँमा बस्न आनन्दित हुने हुँदा बिरुवा बृक्षरोपण कार्य प्रभावकारी बन्ने अपेक्षा आफुले लिएको डाक्टर यादवले बताउनुभयो।
अहिले अस्पताल बाजुराको परिसर भित्र करिब ४ सय बढी विभिन्न किसिमका बिरुवाहरु रोपिएका छन्। रोपण गरिएका बिरुवाको गोडमेल तथा नयाँ बिरुवा रोप्ने कार्य निरन्तर भईरहेको अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताए ।

उहाँले भन्नुभयो,“अस्पतालबाट प्रदान गरिने विभिन्न सेवाका साथै अस्पतालको वातावरणलाई सौन्दर्यतामा बदल्न बृक्षरोपण कार्य गरिदै आएको छ ”।बिरुवा बृक्षरोपण कार्यले अस्पताल बाजुराको आकर्षक बढ्ने उहाँले बताउनुभयो। स्वच्छ, सफा तथा सौन्दर्ययुक्त वातावरणमा अस्पतालाई सजाउन सम्पुर्णले बिरुवा सहयोग गरि बुक्षरोपण कार्यमा सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो।
पछिल्लो समय अस्पताल बाजुरालाई विभिन्न सहयोगीदाताहरुले बोट बिरुवा सहयोग गर्दै आएका छन्। जसले गर्दा अस्पतालको वातावरण सौन्दर्य रहने अपेक्षा लगिएको छ । अस्पताल बाजुराको वातावरणलाई सुन्दर तथा रमणिय बनाउन महत्त्वपूर्ण भुमिका आर्सी मेडिकल हलका संचालक रामचन्द्र यादवले गरिरहनु भएको छ।
सञ्चालक यादवकै पहलमा जिल्ला अस्पताल बाजुरामा बोटबिरुवा रोपण कार्यको सुरुवाती गरेर धेरै मात्रामा बिरुवा रोपण गरिएका छन्। यादवले अस्पताल बाजुराको वातावरणलाई सुन्दर बनाउन आफ्नै ब्यक्तिगत लगानीम १ सय वटा गमला सहित ४० वटा फुलका बोटहरु सयोग गर्नुभएको छ । उहाँले अस्पताल बाजुराको लागी बीस हजार बढीको लगानीमा बोटबिरुवा र गमला दिनुभएको छ।
ब्यक्तिगत सहयोग, पालिकाहरुबाट अस्पताल बाजुराको लागी बोटबिरुवा सहयोग भईरहेको अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए । अस्पतालको परिसरमा बोटबिरुवा रोपी हरियाली बनाउन बोटबिरुवाको सहयोग जुट्दै गएको यादवको भनाइ छ। साथै यहाँका सामाजिक अगुवा, सरकारी तथा गैर(सरकारी संघ सस्था,९ वटै पालिकाबाट बोटबिरुवाको सहयोग मिलेको खण्डमा थप सहजता मिल्ने उहाँको भनाइ छ।
“ग्रीन गार्डेन”अस्पताल बनाउन यहाँका सम्पुर्ण सरोकारवाला निकायको ध्यान केन्द्रीत हुन जरुरी रहेको उहाँले बताउनुभयो। अस्पताल परिसमै हरियाली वातावरण भएको खण्डमा यहाँ आउने बिरामीका साथै अन्य ब्यक्तिहरुले पनी आनन्दको अनुभुती लिन सक्ने उनले बताए । हरियाली बोटबिरुवा बाटै अस्पताल सजाउन आफु सहित सिङ्गो अस्पताल परिवार लागी परेको बताउनुभयो।
बृक्षरोपण गरिएका बोटबिरुवाको हेरचाहा तथा गोडमेल गर्ने मान्छे ब्यबस्थापन गरिएको बताउँदै अन्य ब्यक्तिहरुलाई पनी बोटबिरुवाको हेरचाहा,स्याहार,सुसार गर्न आग्रह गर्नुभएको छ । पछिल्लो समय अस्पताल बाजुराबाट प्रदान गरिने सेवा सुबिधा चुस्त बन्दै गएका छन् भने कार्यालयको दैनिक प्रशासनिक कार्य पनी प्रभावकारी बन्दै गएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर