
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: चर्चित लाेक दाेहाेरी गायक पुस्कल शर्माकाे प्रस्तुतीबाट बडीमालिका महाेत्सवकाे माहाेलमा निकै राैनकता छाएकाे छ । गायक शर्माले आफ्ना दर्जनाै हिट गित सुनाउदै गर्दा युवायुवती ननाच्ने काेही थिएनन्। धुलाे-मैलाेकाे प्रवाह नगरि दर्शकहरु खुब रमाएका हुन्।
चर्चाकाे शिखरमा पुगेकी चर्चित लाेक दाेहाेरी गायक शर्माले ‘म ज्युन सक्दिन मुटु जलाई जलाई, सिरमा राताे डाेरी,झुम्के बुलाकीले ’लगायतका दर्जनाै हिट गितबाटै दर्शकहरुलाई माेहनी लगाउन सफल भएका हुन्। उनका निकै चर्चित गितबाट महाेत्सव अवलाेकन गर्ने सम्पुर्ण दर्शकहरु दिल खाेलेर नाचेका हुन्।
बिशेषत युवायुवती पुस्ताकाे राेजाईमा पर्न सफल गायक शर्माले स्टेज चढेर गित गाउँन सुरु गर्नै लाग्दा बाहिरबाट दर्शकहरुकाे हुटिङकाे ओइरो लागेकाे हाे । जब गायक शर्मा आफ्नो प्रस्तुती दिन तम्तयार हुनुभयाे अनि दर्शकहरुकाे ओइरो लाग्याे ‘म ज्युउन सक्दिन मुटु जलाई,जलाई ’। गित सङ्गीत क्षेत्रबाटै चर्चाकाे शिखर पुगेका गायक शर्माले बडीमालिका महाेत्सवमा दर्कशहरुलाई खुब मनाेरञ्जन दिलाउनु भएको हाे।
नेपाली गीत संगितको बजारमा एक पछि अर्को गित बाट चर्चा बटुल्दै आएका गायक तथा मोडल पुस्कल शर्मा विभिन्न गित सङ्गीतमा बिबादमा तानिए पनी उनी दर्शकहरुकाे मन मुटुमा राज गर्न सफल गायककाे रुपमा चिनिनु हुन्छ । महोत्सवमा चर्चित गायक शर्माको गीतहरुमा बाजुराका दर्शक रमाउदै झुमेका हुन् ।
बिहिवार चर्चित गायक शर्माले प्रस्तुत गरेको चर्चित दोहोरी गीत ‘म जीउंन सक्दीन मुटु जलाई जलाई’ बोलको चर्चित गीत गाउँदा बढी भन्दा बढी दर्शकहरु रमाउदै झुमेका हुन् । महोत्सवमा गायकले प्रस्तुत गरेको चर्चित गीतहरु ‘ सिरमा राताे डाेरी,झुम्के बुलाकीले,हो भन निर्माया आउछौ आउदैनौं पकै मर्छु म देख्नै पाउँदैना, छोर्दिन है तिम्लाई, गयौमा हो कालीगंगा तरेर, मलाई माफ गर मलाई माफ गर मलाई माफ गर है प्रिय, बचन एउटै होइन र आंसु एउटै होईन र, कहिले ए साथी’ गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षा-उल्लासका साथ रमाएका थिए ।
बाजुराकाे मार्तडीमा जारी प्रथम “बडीमालिका,कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव”२०८१ मा बिहिवार चर्चित लोकदोहोरी गायक पुस्कल शर्माले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।महोत्समा शर्माले आफ्ना दर्जनाै हिट गित सुनाएर दर्शकहरुकाे मन जितेे।शर्माकाे प्रस्तुति हेर्नकाे लागी उल्लेख रुपमा दर्शकहरुकाे सहभागीता थियाे। बिहिबार चर्चित गायक शर्मा सहित गायक धर्मेन्द्र सुनार,गायिका रमिला नेपाली लगायतको प्रस्तुति रहेको थियो ।
साँझपखकाे को कन्सर्टमा युवायुवतीहरु शर्माकाे गितमा कम्मर ढल्काउदै नाचेकाे महोत्सवका प्रचार-प्रसार संयोजक मदन विकले बताए । उनले भने,गायक शर्माले चर्चित हिट गित ‘म ज्युउन सक्दिन मुटु जलाई,जलाई,सिरमा राताे डाेरी,झुम्के बुलाकी,ताेरी लाहुरे ’लगायतका गितहरु प्रस्तुत गर्दा महाेत्सवकाे महाेल तातेकाे बताए ।उनका हिट गितहरुमा युवायुवतीहरुले दिल खाेलेर कम्मर ढल्काउदै नाचेकाे विकले भने।बढिढीजसाे युवा युवती पुस्ताकाे राेजाईमा पर्न सफल गायक शर्माले दर्शकहरुलाई आफ्नो प्रस्तुती बाटै लठ्ठ पारे।
बिहिबार दिनभर व्यापारिक स्टल, होटल,तथा अन्य रमाइलो गर्नकाे लागी दर्शकहरुको उल्लेख्य सभागिता रहेको थियो । महाेत्सवकाे पाचौं दिन हजाराै सङ्ख्यामा दर्शकहरुले मेलाको अवलोकन गरेको महाेत्सव सास्कृतिक संयाेजक राजेश पायल विकले बताए । दिन प्रतिदिन महाेत्सव अवलाेकन गर्ने दर्शकहरुकाे सङ्ख्यामा बृद्धि हुदै गईरहेकाे विकले विककाे भनाइ छ ।
बडीमालिकाको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले यहि १७ गतेबाट सञ्चालन गरिएको महोत्सवमा स्थानीय उत्पादन र उद्यमी मेला र कला सँस्कृतिको प्रवद्र्धन र विकास,स्थानीय कला सँस्कृतिको प्रवद्र्धन, रैथानी खाद्यन्नको पहिचान र उद्यम उत्पादनलाई बढवा दिईएकाे विकले बताउनुभयाे।
बडीमालिकालाई मुख्य पर्यटकीय गन्तब्यको रुपमा विकास गरि दिर्घकालीन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने महोत्सवको मुख्य उदेश्य रहेकाे छ । नगरको स्थानीय कला,संस्कृति र सम्पदाको प्रबर्द्धन गर्ने,स्थानीय मौलिक पेशा परिकार र उत्पादनको प्रबर्द्धन,बडीमालिकालाई मुख्य पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्न महोत्सवले ठुलो भुमिका खेल्ने अपेक्षा आफुले लिएको विकको भनाई छ ।
“बडीमालिका,कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव” २०८१ मा आमन्त्रित कलाकारहरुलाई यहाँकै स्थानीय उत्पादन चिनाे स्वरुप दिईदै आएकाे सास्कृतिक संयाेजक विकले भने। बाजुरामा विगतका बर्षदेखि सञ्चालित महाेत्सव भन्दा यस महाेत्सवलाई थप पृथक बनाउन आमन्त्रित कलाकारहरुलाई यहीँ उत्पादन भएको स्थानीय उत्पादन मायाकाे चिनाे स्वरुप प्रदान गरिदै आएकाे उनकाे भनाइ छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर