
बाजुराः जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सङ्घियता पछि स्थानीय सरकार आएको ८ बर्ष बितिसक्दा पनि वडामा रोड नपुगेको,शिक्षा,यातायात र सञ्चारको सुबिधा पनि सहज बनाउन नसकिएको भन्दै हिजो मङ्गलबार नेकपा एमाले गौमुल गाउँपालिका १ नम्बर वडा कमिटी द्धारा वडाको विकासमा सङ्घीय,प्रदेश र स्थानीय तहलाई दबाब दिन तालाबन्दी गरिएको थियो ।

आपसी सहमती अनुसार वडा कार्यालयमा लगाइएको ताला बुधबार खुलाइएको १ नम्बर वडा कमिटीका अध्यक्ष बिनोद रोकायाले बताएका छन ।उनले भने,गौमुल गाउँपालिकाको १ नम्बर वडालाई विकास निर्माणमा पालिकाले सौतेनी ब्यवहार गरेको हुँदा वडा कार्यालयमा ताला लगाईएको थियो आज आपसी सहमती अनुसार वडा अध्यक्ष तथा पालिकाले वडामा ठेकेदारको लापरवाहीका कारण ढिला भईरहेको सडक चाडो भन्दा चाडो पुर्याउन पहल गर्ने,१०० किलो वाट बत्ति उत्पादन भई २२ किलो वाट बिद्युत खपत भएर ७८ किलो वाट खेर गएको बिद्युतलाई सदुपयोग गर्ने,पानी पर्ने बितिक्कै नेटवर्क जाने समस्यालाई समाधान गर्न पालिकाद्धारा टावर निमार्ण गर्ने, थुपको टावर सम्म बिद्युत लाईन विस्तार गर्ने, तत्काल वडामा वडा सचिवको व्यवस्था गर्ने लगायतका सहमती अनुसार ताला खुलाइएको रोकायाले बताए ।
स्थानीयहरुले वडाको विकासमा स्थानीय सरकार,सङ्घीय र प्रदेशले सरकारलाई वडाको समस्याका बारेमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएका कारण स्थानीयले बाध्य भएर तालाबन्दी गरेका थिए । वडा अध्यक्ष,स्थानीय सरकारले पनि वडाको विकासमा कुनै चासो नदेखाएका कारण तालाबन्दी गर्न स्थानीयहरु बाध्य भएका थिए । उनीहरुको पहिलो माग वडामा रोड पुग्नु,वडाको बिद्युत,सञ्चारको समस्या समाधान हुनु लगायतका माग रहेका थिए । आज आपसी सहमती अनुसार वडा सरकार र स्थानीय सरकारले स्थानीयले राखेका माग पुरा गर्ने सहमती अनुसार ताला खुलाइएको बताइएको छ ।
स्थानीय सरकार सञ्चालन भएको ८/८ बर्ष बितिसक्दा पनि वडासम्म यातायातको लागी रोड नपुगेका कारण यहाँका नागरिकलाई दैनिक आवतजावत गर्न र टाढा बजारसम्म जानको लागि पनि असहज हुदै आईरहेको छ । पालिकाको स्थानिय सरकार आएको करिब ८ बर्ष पुरा भईसक्दा पनि वडामा न सडक पुगेको छ,नत संचारको पहुँचमा यहाँका नागरिक छन्, वडा सरकार र पालिकाले वडाको विकासमा कुनै चासो नदिदा यहाँका नागरिक समस्याबाट ग्रसित रहदै आएका छन् । उक्त वडामा अहिले सम्म सडक,संचार,स्थास्थ्य नभएका कारण स्थानिय नागरिकहरुले ठुलो समस्या भोग्नुपरेको स्थानीय अर्जुन रोकायाले बताए ।
उनले भने,वडाको विकासमा संघीय,प्रदेश तथा स्थानीय सरकारले सौतेनी ब्यबहार देखाएको छ। नत वडामा सडक पुग्न सकेको छ नत राम्रो शिक्षा,स्वास्थ्य सञ्चारको सुबिधा छ । वडामा विगत सात बर्ष देखी सचिव नभएको जसले गर्दा नागरिकहरुलाई समस्या हुने गरेको स्थानिय रोकायाले बताउनुभयो । वडा नम्बर १ पालिका अध्यक्ष हरि बहादुर रोकायाको गृह वडा समेत हो । पालिका अध्यक्ष रोकायाकै वडामा कुनै पनि सेवा सुबिधा नभएको पाइएको हो । पालिका अध्यक्षकै वडामा वडा सचिव नहुँदा नागरिकहरुले सिफारिस लिन मात्रै तिनचार घण्टाको पैदल बाटो हिँडेर गाउँपालिका जानुपर्ने बाध्याता रहेको छ । वडामा कुनै विकास निर्माण काम नभएको र यहाँका नागरिकहरु विभिन्न सेवासुविधाबाट बञ्चित हुनु परेको छ ।
यता गौमुल गाउँपालिका–१ का वडा अध्यक्ष देवेन्द्र रोकायाले यहाँका नारिकहरुको समस्या स्थानीय सरकारले सुनुवाई नगरेको कारण वडामा स्थानियहरुले तालाबन्दी गरेको बताए । गाउँपालिका सरकार स्थापना भएको आठ बर्ष पूरा भईसक्दा पनी वडामा विकास निर्माणका कामहरु नभएको हुँदा गाउँपालिकामा तालाबन्दी गरिएको थियो तर आज आपसी सहमतीका आधारमा लगाइएको ताला खुलाइएको अध्यक्ष रोकायाले बताए । स्थानीयले भने स्वयम् वडा अध्यक्षले पनि वडाको विकासमा कुनै काम नगरेको बताउँदै आएका थिए ।वडामा सबै सेवा सुबिधा पुर्याउन वडा अध्यक्षकै प्रमुख कमजोरी रहेको र स्थानीय सरकारले पनि खासै चासो नदिएको स्थानीयको भनाई थियो । वडामा चाडो भन्दा चाडो सडक,राम्रो सञ्चारको सुबिधा चाहियो भन्दै स्थानीयले वडा-अध्यक्षलाई समेत घेरेका थिए ।
वडा सरकार र स्थानीय सरकार गाउँपालिकाले वडाका समस्याको बारेमा कुनै सुनुवाई नहुँदा वडामा तालाबन्दी गरिएको थियो ।वडामा सडकको सुविधा चाडो भन्दा चाडो सञ्चालन गर्ने,वडा सरकार र गाउँपालिकाले वडाका नागरिकहरुका समस्या पहिचान गरि समाधान गर्न तर्फ लाग्ने,वडामा सञ्चारको सुबिधा सहज बनाउन वडा सरकार र पालिकाद्धारा टावर निमार्ण गरिने,बिद्युतको सेवालाई प्रभावकारी बनाउन खेर गएको बिद्युतलाई सदुपयोग गर्ने सहमतीका आधारमा वडामा लगाइएको ताला खुलाइएको अध्यक्ष रोकायाले बताए । तालाबन्दी खुलेसंगै वडाबाट प्रदान गरिने सेवा नियमित सुचारु भएको अध्यक्ष रोकायाको भनाई छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर