
कालीकोट : जिल्लाको पँलाता गाउँपालिका-९ वालुवास्थित कर्णाली नदी तर्ने क्रममा एकजना युवक बगेर वेपत्ता भएका छन् । बालुवा बजारदेखि पचालझरना गाउँपालिका-६ नानिकोट जानका लागि नदी तर्ने क्रममा युवा बगेर वेपत्ता भएका हुन् ।

डुंगा पल्टिँदा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १० निवासी २३ वर्षीय देवनाथ सेजवाल नदीमा वेपत्ता भएको प्रहरी निरीक्षक किशोर केसीले बताए । उनले भने कर्णाली करिडोरमा काम गर्न आएका सेजुवालको खोजी कार्य जारी रहेको छ ।
बिहान ७ बजेर ३० मिनेटको समयमा नदी पार गर्ने क्रममा उक्त घटना घटेको हो । अहिले उनको खोजी कार्य जारी रहेको छ । डुंगामा चारजना सवार रहेकोमा सेजुवाल बेपत्ता भएका हुन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर