
मुक्तककर- गाेबिन्द्र राज तिमिल्सेना ( कुशुम कान्छाे) का ४ राेचक मुक्तक
१ :
सबै हलुङ्गो नभई भारी चाहियो भन्छन्
घरमा बा-आमा बुहारी चाहियो भन्छन्
आँखिर कसको भनेको मान्नु मैले यहाँ,
कोहि वारी कोहि पारी चाहियो भन्छन्।।
२:
सजिलाे छैन् कयौं नदिनाला तरेर आउँनु पर्छ
आफ्नो हाेईन् अरुकै निम्ति गरेर आउँनु पर्छ
कमाउनकै लागी घर-परिवार आफन्त छाेडी,
त्यहि परदेशमै गई बाकसमा मरेर आउँनु पर्छ।।
३:
आँखिर तिम्रो जित मेरो हारले भएको हो
हाम्रो देशमा नराम्रो भ्रष्टाचारले भएको हो
आफ्नै मान्छेको छातीमा छुरा हान्ने काम,
यहाँ सञ्जन बाट नभई गद्दारले भएको हो।।
४:
बेलाबेला आफ्नाे रुप बदल्न थाले पछि
जाेडजाेडले हुरि-बतास चल्न थाले पछि
पराई मान्छेकाे कुरा गरेर साध्य छैन् यहाँ,
आफन्तहरुले नै आँखा छल्न थाले पछि ।।
~: मुक्तककार: गाेबिन्द्र राज तिमिल्सेना ( कुशुम कान्छाे)
बडीमालिका नगरपालिका ७,रजाताेली, बाजुरा।।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर