
मुक्तक

१ः
तड्पिएर तिम्रै यादमा ढल्ने बेला आउँनु
यो मनमा हुरी-बतास चल्ने बेला आउँनु
अघिपछि आए झनै सम्हाल्न गाह्रो हुन्छ,
बरु यो शरिर चितामा जल्ने बेला आउँनु।।
२ः
बाहिर होईन्,भित्र राम्रो हुनुपर्छ
चित्र होईन्,चरित्र राम्रो हुुनुपर्छ
कुरा जति सेयर गरेनी केहि हुन्न,
यहाँ आफ्नो मित्र राम्रो हनुपर्छ।।
३ः
लाखौको मन मुटुमा छिरी म पनि हेर्छु
जति बेला हुन्छ तिरीमिरी म पनि हेर्छु
कुनैदिन अवश्य मरेर जानु छ त्यसैले,
कहाँसम्म चल्छ दादागिरी म पनि हेर्छु ।।
४ः
कडा छु काटे नि छुरीले केही हुदैन्
बेकामे तिम्रा चुरीफुरीले केही हुदैन्
एउटा गएमा अर्को पलाउँछ महोदय,
उडाए नि यहाँ पात हुरीले केही हुदैन् ।।
५ः
मुसुक्क हास्दै बाटो काट्ने कस्ति राम्री रैछिन्
पिढिमा बसि चुलठि बाट्ने कस्ति राम्री रैछिन्
थाहा नै नहुने गरी सुटुक्कै कर्के नजर लगाई,
पहिलो भेटमै मनमुटु साट्ने कस्ती राम्री रैछिन् ।।
मुक्तककारः गोबिन्द्र राज तिमिल्सेना

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर