
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः नेपालको सांगितिक रियलिटी सो “द भ्वाइस अफ नेपाल” सिजन ६ मा उत्कृष्ट प्रतिभा भएका दुई सुदुरका चेला बाजुराका मन नेपाली र डडेलधुराका प्रज्वल कार्की जो एक “ब्याटल”बाटै बाहिरिए, एक “नकआउटमा” प्रवेश गरेका छन् । ब्लाइण्ड अडिसनमा चार वटै कुर्सी फर्काएर सबैको मन जितेका नेपाली र कार्की ब्याटल राउण्डमा प्रतिष्प्रर्धी रुपमा देखिएका थिए । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ९ सदरमुकाम मार्तडी घर भएका मन नेपाली ब्याटल राउण्ड बाटै बाहिरिएका छन् । भने डडेलधुरा घर भएका प्रज्वल कार्की नकआटमा प्रवेश गरेका छन् ।
माघ ४ गतेबाट प्रसारणमा रहेको “द भ्वाइस अफ नेपाल” सिजन ६ को ब्लाइण्ड अडिसनमा बाजुराका नेपाली र डेडेलधुराका कार्कीले चारवटै कुर्सि फकार्उन सफल भएका थिए । नेपालीले ब्लाइण्ड अडिसनमा चर्चित गायक प्रमोद खरेलको आवाजमा सजिएको “ तै मोरीको माया छ ” बोलको गित गाएका थिए ।भने कार्कीले फत्तेमान राजभण्डारीको आवाजमा सजिएको “ वनै खायो डढेलोले”नामक बोलको गित गाएका थिए । ब्लाइण्ड अडिसनमा सबैको मन जितेका नेपाली ब्याटल राउण्डमा आएर आउट हुनु परेको हो भनेकार्की चाहिँ नकआउटमा प्रवेश गरेका हुन् ।
सुदुरको एक बलियो होनहार प्रतिभा आउट भए संगै “द भ्वाइस अफ नेपाल” ले एक बलियो प्रतिभा गुमाएको हो ।प्रज्वल कार्की पनि एक होनहार प्रतिभा भएका ट्यालेन्टेड हुन् । ब्याटल राउण्डमा उनीहरुलाई नरेन्द्र प्यासीको “तिमिले दिने माया” नामक बोलको गित दिइएको थियो । ब्याटल राउण्डमा दुवै जनाले धमाकेदार आफ्नो प्रस्तुती दिएका दिएका थिए । ब्याटल राउण्डमा दुई जना मध्ये एक जनालाई छानेर नकआउट राउण्डमा लिनुपर्ने प्रावधान छ । दुवै जनाको प्रस्तुती दमदार रहेको भए पनि अन्य कोचहरुले प्रज्वललाई नै अगाडी बढाउने भन्दै आएका थिए । अन्नतहः कोच खेमले प्रज्वल कार्कीलाई नै अगाडी बढाएका हुन् । भने यता नेपाली भने ब्याटल बाटै बाहिरिनु परेको हो । आउट भएका नेपाली स्टिल गर्न लायक भएको भए पनि कुनै कोचले स्टिल गरेनन् उनी ब्याटलबाट बाहिरिन पुगे ।
पहिलो चोटी द भ्वाइस अफ नेपालमा दुर्गम जिल्लाबाट चारैजना कोचलाई प्रभावित गर्दै घुमाउन सफल भएका नेपालीले ब्लाइण्ड राउण्डमा सबैको मन जितेका थिए । दोहोरी र केही समयदेखि गायन क्षेत्रमा नेपाली आवद्ध थिए । नेपालीले केही समय पहिले राजधानी काठमाण्डौंमा रहेको नैना रेशम दोहोरी साँझ नयाँ बसपार्क भित्र नगरबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए ।बडीमालिका नगरपालिका ९ मार्तडी तल्लोबाँडा स्थायी घर भएका नेपाली कक्षा २ मा पढ्दा बाल्यकालदेखि गीत संगीतमा गुनगुनाउने गर्थे। नेपाली सानैदेखि गायन क्षेत्रमा सक्रिय थिए ।
सानो उमेर देखि नै गित संगीत क्षेत्रमा रुची राख्दै आएका नेपालीले “द भ्वाइस अफ नेपाल” सिजन ६ को ब्लाइण्ड अडिसनमा उनको प्रस्तुतीलाई मन पराएर चार वटै कोचहरुले कुर्सि टर्न गरेका थिए । बाजुराको माटोमा जन्मेर बाजुराको कला,प्रतिभालाई सबैको सामु पुर्याउन तथा सबैको माया ममता,साथ सहयोग पाउन “द भ्वाइस अफ नेपाल” सिजन ६ को पर्दामा देखिएका नेपालीको सपना भने पुरा हुन सकेन् उनी ब्याटलबाटै आउट हुनु पर्यो । सुदुरपश्चिमेली बाजुराको दमदार आवाजबाट चार जना कोच फर्किनु नेपालीको मात्रै नभई सिंगो सुदुरपश्चिम र बाजुराको ठुलो सफलताको श्रेय मान्न सकियो । खेलमा एउटा जित अर्काको हार अवश्य हुन्छ । नेपाली ब्याटलबाट बाहिरिए पनि उनको प्रतिभा बाहिरिएको छैन् । “ भ्वाइस अफ नेपाल”को स्टेजबाट बाहिरिए पनि दर्शको श्रोताहरुको मनमा उनी अटल रहेका छन् ।
यो भन्दा अगाडी पनि “द भ्वाइस अफ नेपाल”को प्लेटफर्ममा बाजुराबाट राम्रा प्रतिभा भएका व्यक्तिहरु गएका थिए । कतिपय भोट कतिपय अन्य केही कारणले बाहिरिनु पर्ने थियो । यसै सिजनमा बाजुराबाट ब्लाइण्ड अडिसनमा गायक पविन्द्र सुनार पनि सेलेक्ट भएका छन् । सुनारले ब्लाइण्ड अडिसनमा “रुकुमै कोट”बोलको गित गाएका थिए । सुनारको ब्याटलमा पालो आउन बाँकी रहेको छ । ब्याटलको लागी आफुले राम्रो प्रयास गरिरहेको सुनारले बताएका छन् ।उनले भने, “खेलमा जित्नु,हार्नु स्वभाविक हो,सकेजति आफुले प्रयास गर्ने हो अन्ततहः नसकिए पछी अर्काको जित अवश्य नै हुन्छ” सुनारले भने । ब्याटल बाट बाहिरिएका नेपालीले भ्वाइसबाट बाहिरिए पनि आफ्नोगित संगीतको यात्रालाई जसरी पनि अगाडी बढाउँदै लैजाने बताएका छन् । यहाँसम्म पुग्नु पनि आफ्नो लागी अहोभाग्यको कुरा भएको बताउँदै आउट भएकोमा कुनै पश्चाताप नभएको झन अगाडी बढ्ने हौसला थपिएको उनले बताए ।
संगीतमा करिअर बनाउन चाहने नयाँ पुस्ताले भ्वाइस अफ नेपाललाई पछ्याई रहेका छन् ।देशभरका दूर-दराजका आवाज समेटेर द भ्वाइसले नयाँ गायन प्रतिभा जन्माएको छ । छैटौं सिजन सम्म आईपुग्दा शो ले विभिन्न प्रतिभा भएका ब्यक्ति जन्माएको छ भने कसैलाई ठुलो पहिचान बनाउने सम्म पुर्याएको छ । शोको प्रविधि र विषयवस्तुको गुणस्तरमा परिवर्तन हुँदै गईरहेको देख्न सकिन्छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर